arrow

ब्रह्माण्ड समाप्त भएपछि के हुन्छ ?

यसरी हुन्छ परमात्माको अनुभूति

logo
गुरुज्ञान ११,
प्रकाशित २०७६ जेठ १५ बुधबार
universe.jpg

काठमाडौं । प्रकाशको गति करीब एक लाख साठी हजार माइल प्रति सेकेण्ड रहेको छ । विज्ञान भन्छ यस महाकाशमा यस्ता-यस्ता तारा रहेका छन् जो कयौ लाख बर्ष टाढा छन् । एक प्रकाश बर्षको मतलब त्यो दुरी हो जसलाई तय गर्नको लागि  प्रकाशलाई एक बर्ष लाग्छ ।

एक बर्षमा तीन करोड पन्ध्र लाख छत्तिस हजार सेकेण्ड हुन्छ । अब एक लाख साठी हजारलाई हजारले गुणा गर्दा पाँच खर्ब चार अर्ब सन्ताउन्न करोड साठी लाख (३१५३६०००x १६०००० =१०४५७६००००००) माइलको दुरीलाई एक प्रकाश बर्ष भनिन्छ।  प्रकाशले एक बर्षमा  यति दुरी तय गर्छ । यस्तो लाखौ बर्ष बितेपछि ती ताराहरुको प्रकाश हाम्रो पृथ्वीसम्म आइपुग्छन् । सूर्यको किरण पृथ्वीमा आइपुग्न आठ मिनेट २० सेकेण्ड लाग्छ । यहीबाट हामीले देखेका ताराहरु कति टाढा छन् भनेर थाहा हुन्छ ।

तपाई जब आकाशमा हेर्नुहुन्छ तब कयौँ पटक तारा चम्किन्छन् र निभ्छन् । यो ताराको खेल होइन । यति तीव्र गतिमा यात्रा गर्दा पनि त्यसको प्रकाश हामी भएको ठाँउमा आइपुगेको छैन । ब्रह्माण्ड यति अथाह छ र पृथ्वी यसको एक सानो कण मात्र हो ।

यस ब्रह्माण्ड अर्थात महाकाश (great sky) लाई वैज्ञानिक र हामी आखाँ  खोलेपछि देख्छौँ । तर, जब हामी आखाँ बन्द गर्छौं तब महकाश समाप्त हुन्छ र घटाकाश (Inner sky) को प्रारम्भ हुन्छ । हामी आखाँ बन्द गर्दा अध्यारो देख्छौ । त्यो घटाकाशको पछाडि एक लोक लुकेको छ । यसलाई हृदयकाश ( heart sky) भनिन्‍छ । यहाँ प्रवेश गरेपछि ज्योति देख्न सुरु हुन्छ ।

कयौ पटक हामी 'हृदय'  शब्दलाई यस बाहिरी (physical heart) सम्झन्छौ तर त्यो 'हृदय' भृकुटीको मध्यमा जुन स्थान छ त्यसको पछि छ । त्यो 'हृदय' मा परमात्मा आफ्नो वास्तविक स्वरुपमा विराजमान हुनुहुन्छ । त्यसैले जहाँ पदार्थवाद, भौतिकवाद समाप्त हुन्छ । त्यहाँबाट अर्को लोक (हृदयकाश) को प्रारम्भ हुन्छ । जसलाई ब्रह्मलोक भनिन्छ । जहाँ परमात्माको प्रत्यक्षानुभूति हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ