- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेइमारमाथि यौन हिंसाको आरोप लागेको छ । ब्राजिलको साओ पाओलोमा एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप दर्ता गरेकी हुन् ।
उनको निवेदनमा फ्रान्सको पेरिसस्थित एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप लगाइएको छ । नेइमारले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन पिएसजीबाट खेल्दै आएका छन् ।
कोपा अमेरिकाको तयारीका लागि ब्राजिलको राष्ट्रिय टिममा अभ्यासरत नेइमार यसअघि नै तनावमा छन् । उनको कप्तानी यसअघि नै खोसिएको थियो ।
२७ वर्षे नेइमारले पिएसजीको खेलका क्रममा एक फ्यानलाई कुटेका कारण फ्रेन्च फुटबल कमिटिले तीन खेलको प्रतिबन्ध लगाएको थियो ।