- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मिस युनिभर्स बनिसकेकी सुस्मिता सेन सधैं जीन्दगीका आफ्नो शर्तमा जित्दै आएकी छन् । उनले मिस युनिभर्स बनेसँगै धर्मपुत्री पाल्ने निर्णय होस् वा आफ्नो सम्बन्धलाई सहजै स्वीकार गर्ने मामिलामा होस् उनी आफ्नो तरिकाले निर्णय लिँदै आएकी छिन् ।
सुस्मिता सेनले ऐश्वर्या रायलाई हराउँदै फेमिना मिस इन्डियाको उपाधि जितेकी थिइन् । यसपछि सन् १९९४ मा मिस युनिभर्स पनि बनेकी थिइन् । ऐश्वर्या र सुस्मिताको बीचमा एक किसिमको शीतयुद्ध थियो भन्ने गरिन्छ ।
सुस्मिता सेनले हालसालै दिएको एक अन्तर्वार्तामा ऐश्वर्या रायसँगको मनमुटावको विषयमा खुलाएकी छिन् । उनले समाचारमा आएको जस्तो कुनै पनि किसिमको मनमुटाव नरहेको बताएकी छिन् ।
उनले आफ्ना पिताले सधैं यो उपाधि जितेसँगै आफ्नो जिम्मेवारी बढेको बताउने गरको उनले बताइन् । ऐश्वर्याको विषयमा लागेको आरोप अस्वीकार गर्दै उनले यो बकवास मात्र रहेको बताइन् ।
उनले ऐश्वर्यासँगको मित्रताको विषयमा भने आफूहरुले धेरै समय सँगै नबिताएको तर एकले अर्काको सहयोग गर्दै आएको बताइन् ।