arrow

गुलरियाः पाठशालाको अनुभव

logo
शरद ओझा,
प्रकाशित २०७२ चैत १० बुधबार
sharad-ojha.jpg.jpeg
 नेपाल नेपालै हो त्यसमा पनि काठमाडौंमा बस्नेका नजरमा त मेरो आफ्नै क्षेत्र पश्चिम; म सुदूरपश्चिमबासि भएकाले तर यथार्थ निकै फरक निकै भिन्न र निकै बिपरित। एक बन्द कोठाबाट कसैको आकांक्षा नबुझी यो यता उ उता भनेका निर्णयहरु सप्पै सोचे अनुरुप त के हुन सक्दथे! कुरा हो मेरो कल्पना विपरीत बर्दिया, गुलरीयामा एक बहुराष्ट्रिय कम्पनीमा नियुक्ति हुँदा बन्द कोठामा भनिएका कुरा अनि यथार्थ गुरीया बिचको अन्तरको। 
 
साना साना घरहरु, मुट्ठी भित्र अटाउन सक्ने बजार, हिड्दा लुगाले सहजै रंग परीवर्तन गर्ने सडक, राम कृष्ण र अल्लाह अल्लाहको गुन्जन, पुराना पुराना हिन्दी सिनेमा देखाउने जस्तै गल्ली र घरहरु अनि विभिन्न जात जातीका मानिसहरुको सुझबुझ पूर्ण बसाई नै बर्दिया जिल्ला सदरमुकाम गुलरीयाको परिचय हो, मेरो बुझाईमा । मार्च ४ मा राजधानीमा निरन्तरको ६.५ बर्षको बसाईलाई स्थगन गरी केहि सिकौं, समाज बुझौं अनि आफुमा निखार ल्याउ भन्ने अपेक्षा साथ बर्दियाको यात्रामा निस्केको थिए र अहिले सोहि भिन्न र निकै फरक यात्रालाई आफु अनुकुल बनाउने प्रयत्नमा छु र कहिँ कतै आफुलाई नै परिवर्तन पनि गर्दैछु। 
 
राजधानीबाट नेपालगञ्ज हुदै गुलरिया पुगेको छु, नेपालगञ्जको यात्राको क्रममा मैले फेसबुकमा बस भित्रको तस्बिर कैद गरी लेखेको थिए, “यातायातको सुबिधामा निकै सुधार हुदै, नेपाल परिवर्तन हुदैछ तर अझै सडकको अवस्था उस्तै”नभन्दै सुविधासम्पन्न बसका बावजुद हामी यात्रुले स्तरीय सेवा पाउन सकेनौं। कलंकीदेखि चितवन पुग्न लागेको करिव ८ घण्टाको समयले यात्रुलाई निकै ब्याकुल बनायो र पुर्व अनुमानित समय भन्दा निकै ढिलो गरी नेपालगञ्ज पुगियो।
 
नेपालगञ्ज सहरप्रति मेरो त्यती उत्साह थिएन किनभने यो मेरो दोश्रो पटकको यात्रा थियो तर यात्राको उदेश्य भिन्न थियो पहिलो पटक केवल नेपालगञ्ज हेर्नु थियो भने अहिले बुझ्नु पनि। पहिलो यात्राका क्रममा मैले केवल नेपालगञ्जको आवरण बुझन र जान्न सकेको रहेछु तर अहिले केहि भए पनि भित्री पाटो बुझ्ने र जान्ने अवसर पाए। महेश्वर जोशी दाईले सडकका भित्री गल्लीतर्फ लैजादा लाग्थ्यो म यात्रा होइन पुराना सिनेमा हेर्दै छु, दृश्य रंगिन त थिएनन् तर निकै मनमोहक, निकै मन छुने। नेपाली सिनेमाले आफ्नो क्यामरामा कैद गर्ने हो भने मेरो जस्तै तमाम ब्यक्तीको मन छुने थियो, मनग्य थिए कथाहरु निकै थिए व्यथाहरु। सहर सुन्दर हुदाँ हुदै पनि अस्तव्यस्त फोहर व्यवस्थापनले सहरको सुन्दरतासंगै यसको महत्त्व पनि कुण्ठित गरीरहेको भान हुदै थियो। साएद मैले एक्लै यात्रा गर्नु पर्ने हुन्थ्यो त निमेषमै नेपालगञ्जमा भित्री कथाहरु देख्न पाउने थिइन होला, महेश्वर दाईले गरेको सत्कार र सहयोगको लागी उहाँप्रती निकै आभारी छु । 
 
बाँके जिल्लैबाट मुलुकले प्रधानमन्त्री पनि पायो तर किन हो नेपालगञ्जको सुन्दरता फर्कन सकेन, यो सहरले फोहरी सहरको बिल्ला मेटाउन सकेन, अवसर भएर पनि सम्वृद्धि आत्मसात उल्लेख्य गतीमा गर्न सकेन। सरकारले यो सहरलाई उपमहानगरपालिका घोषित गरेको छ तर सडक र सरसफाईको अवस्था हेर्दा यो सहर नगरपालिका भन्न पनि योग्य छैन तर यसबाहेक अन्य क्षेत्रमा प्रचुर सम्भावना छ। निजि क्षेत्रले मनग्य लगानी गरेको छ, ठुल्ठुला होटल, रेष्टुरेन्ट, उधोग, सपिङ कम्प्लेक्स खुलेका छन्। ४०-४२ डिग्री सेन्टिग्रेड सम्मको तापक्रमका बावजुद पनि बिकास भएको छ। यदी राज्यले सहरको सुन्दरतामा ख्याल गर्ने हो भने यो सहरको स्वरुप नै परीवर्तन हुन सक्नेछ। 
 
मेरो कार्यक्षेत्र गुलरीयाको यात्रा सुरु भयो मार्च ६ बिहान १०:३० मा, नेपालगञ्जको बिपी चोकबाट मोटरसाइकलको यात्राका बाबजुद पनि निकै आत्मीय भई सिनियरले सहयोग गरेका हुनाले यात्रा रतीभर पनि अनौठो लागेन। मलाई तोकिएको कार्यक्षेत्र अन्तर्गत पर्ने स्थानहरु थिए गुलरीया, खजुरा अनि राजापुर। उक्त स्थानहरु र अहिलेको बजारको अवस्थाबारे जानकारी दिने अनि वितरकसंग परिचय गराई मेरो काममा सहजता ल्याउने कार्य गरेका कम्पनीका सिनियर तुलसी पराजुलीप्रती निकै आभार प्रकट गर्दछु। 
 
सोचेको भन्दा विपरीत स्थान भए पनि मानसिक तवरले म काठमाण्डौ छोड्दा नै केहि समय काम गर्छु भन्नेमा आफ्नो मनस्थिति बनाउदै थिए र सोहि निर्णयमा पनि पुगीसकेको थिए गुलरीया पुग्दा। तर नयाँ ठाउँ, पूर्ण अपरिचित मानिस अनि बजार र अवस्थितीको जानकारी नहुँदा सहजै व्यवस्थित हुन सकिने अवस्था थिएन। सम्बन्ध सधै नै सहयोगी हुन्छ भन्ने मान्यतालाई सहि साबित गर्दै शंकरदेव क्याम्पसमा संगै पढेको साथि नबिन पौडेलको आफ्नै दिदि-भिनाजुको उलेख्य सहयोगले म कुनै नयाँ ठाउँमा आएको छु भन्ने अनुभव नै हुन दिएन। आफ्नो व्यस्त समयका बावजुत भिनाजु होमनाथ अधिकारीको सहयोग अविष्मरणीय छ। अन्जान हुँदापनि पूर्ण परिचित झैँ उहाले गर्नु भएको अथक सहयोगका लागी कृतज्ञ छु। सहयोगी हातहरु बढ्दै जादाँ गुलरीया आगमन र बसाई सहज हुँदैछ। होटलमा एक ग्राहकका तवरले बसेको ब्यक्तीलाई आफ्नै छोरा सरह सहयोग गरेका अतित एंड आषिस होटल संचालक, गुलरिया बितारका सलमान, मतीन लगाएतका परीवारका सम्पुर्ण अनि खजुरा बितरकका प्रेमजीहरु र राजापुर वितरकका बिदुर जी हरुको सहयोगले मेरो काम र जिम्मेवारी सहज र सरल हुदै गरिरहेको छ र यो सहरले पनि मलाई आफ्नो मान्न थालेको अनुभुती हुदैँ छ। 
 
गुलरीया एक पुरानो बजार हो अनि पुरानो नगरपालिका पनि तर अहिले गुलरीया आउने जो कोहि पनि गुलरीया पुरानो नगरपालिका हो भनेर पत्याउन सक्दैनन् किनभने पुरानो बजार भएको र सदरमुकाम पनि हो भन्नलाई गुलरीयासंग सरकारी कार्यालय बाहेक अन्य कुनै प्रमाण छैनन्। यो ठाउँ मलाई सहर कम अनि गाउँ बढ्ता लाग्दै छ। नगरपालिका त छ तर कुनै पनि क्षेत्रका सडकहरु नगर अनुरुपका छैनन्, ढल निकासको कुनै व्यवस्था नै छैन, सहरमा सरसफाइलाई ध्यान दिने कुनै निकाए छैन। ५% लाई छोड्ने हो भने बाकी होटल र चिया पसल सफा होइन कम फोहर खोज्नु पर्ने अवस्था छ, न राम्रो कुनै खेल मैदान छ नत गुणस्तरीय स्कुल नै, केवल कागजी तवरले नगर भनेको छ, कर उठाउन नगर बनेको छ, कर्मचारी बढाउन नगर बनेको छ भन्ने अनुभुती हुन्छ सहरका विभिन्न क्षेत्रमा अवलोकन गर्दा। 
 
बजारमा जारको पानि त छ तर त्यसमा न कुनै लेवल छ न उत्पादकको नाम न उपभोग्य मिती न केही। जार भित्र पानी छ, बजारमा बिक्रि हुदैछ न प्रशासनले केहि गर्न सकेको न त कसैले। यहाँ यस्तो अवस्था हेर्दा लाग्छ कोहि र कसैलाई बिकासको चासो छैन परिवर्तनको चाहना छैन। मेरो बुझाईमा जनतामा पनि कुनै ठुलो आशा नै छैन, ‘गुलरीयामा सालौ देखि यस्तै छ यहाँ केही हुने वाला छैन’भन्छन् जनता। सम्बन्धित निकाएलाई झक्झकाउने कोहि छैन। गुलरीयामा बिकासको लागी लाग्नु भन्दा स्थानान्तरण रोजाई बन्दैछ नागरीकको। 
 
बजार र बिकासको लथालिङ्ग अवस्था हुदाँ पनि केहि निकै कर्मसिल ब्यक्तीहरु बारे जान्न पाईयो जुन कुरा निकै सन्तोषको बिषय हो। औपचारिक शिक्षा उल्लेख नभए पनि अहिले गरिरहेको काम अनि बिचार र चेतनाको स्तर निकै उचो भएका ब्यक्तिसंग पनि परिचित हुने अवसर दिलायो गुलरीयाले। उनले ५००० देखी सुरु गरेको व्यवसाय अहिले केवल १७-१८ बर्षमै करोडौको स्तरमा पुगेको छ। उनको मेहनत, लगन अनि धैर्यतालाई निकै कदर गर्न चाहन्छु। त्यस्तै गरी आफु केवल शिक्षित मात्रै भएर पनि सानै होटलको कमाईले छोरीलाई भारतमा बिएसस्सी नर्सिङ पढाएका, छोरालाई राजधानीको महँगो कलेजमा बिबिए अनि अर्को छोरालाई राजधानीमै पढाउदै गरेका दम्पतीको सोच, साहस अनि बिबेकलाई सलाम गर्ने चाहन्छु।
 
व्यापार र व्यापारीबारे म त्यती परिचित थिएन। व्यापारीहरु राज्य संग कर छली गर्छन भन्ने सुनेको थिए तर अहिले र व्यापारीको सोच अनि उनीहरुको भित्री लालसा बुझ्ने र चिन्ने अवसर पाउँदै छु। निष्चय नै व्यापारको उद्देश्य नाफा आर्जन गर्नु हो नै तर मैले देखका नाफा कमाउने विकल्पहरु न त नैतिक थिए न त पूर्ण कानुनी नै; ति हुन् सकेसम्म ,
१. ग्राहक बाट बढी पैसा असुल्न खोज्नु 
२. राज्यलाई कम कर तिर्ने बाटो बनाउनु 
 
यी दुवै कार्य गर्न सरकारी कर्मचारीको मिलेमतो बिना सम्भव हुदैन। सामान्य त २०% भन्दा बढी नाफा लिन खोज्नु कालोबजारी हो अनि राज्यलाई पूर्ण कर नतिर्नु राज्य बिरुद्धको अपराध। राज्य र नागरीकको हितका लागी काम गर्छु भनेर सफत खाएका ब्यक्तीहरु राज्य कोषको दोहन गर्दै व्यतीगत आकांक्षा पुर्ती गर्नमा तल्लिन छन्। एक सानो बजारमा त यसरी करोडौको भष्टाचार हुदैछ भने ठुला सहरको अवस्था के होला? कर र स्थानीय प्रसासनका गाडीहरु जव बजारमा दौडन्छन् सहजै बुझ्न सकिन्छ ब्यापारीले आफै मात्रै कमाउन खोज्दै छ भनेर। 
 
मलाई पहिलो पटक गुलरीया आएपछि सरकारी जागिरप्रती मोह लाग्यो। उनीहरुले गरीरहेको राज्य कोषको दोहन देखेर होइन (गर्छन् भन्ने थाहा नै थियो ) बजारमा उनीहरुप्रतीको आमनागरिकको सम्मान र सद्भाव देखेर। जनतामा सरकारी कर्मचारी भष्टाचार गर्छन, नितीनियम मान्दैन र  यिनीहरुलाई तिरस्कार गर्नुपर्छ भन्ने कुनै सोच नै छैन। सप्पै कुरा मिलाएर नै चल्दै छ लाग्छ देशका कुना कुनाको हबिगत नि यस्तै छ। राज्यलाई बुझाउने पर्ने भन्दा निकै कम बुझाईदैछ। मौन छन् हरेक ब्यक्ती अवस्था ज्ञात हुँदै पनि अनि भनिन्छ: ‘भगवान भरोसामा चलेको छ यो देश’।     
 
मानिसलाई चिन्न, बुझ्न अनि ब्यबहार गर्न, पैसाकै लागी कती सम्म तिगडम लगाउछन् र गिर्न नै सक्छन भनेर देखाउदै सिकाउदै छ यो बसाईले। समग्रमा मेरा लागी जागीर कम र सिक्ने, जान्ने अनि यथार्थ बुझ्ने अवसर हुदैछ यो गुलरीया बसाई।
snepalmail@gmail.com   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ