arrow

आफै बनेको हो ब्रम्हाण्ड ?

कहाँ छ त प्रकृतिको निर्माता ?

logo
अध्यात्म २,
प्रकाशित २०७६ जेठ २७ सोमबार
Gods-hands-holding-crystal-ball.jpg

काठमाडौं । हामीले संसारलाई हेर्दा हजारौं बस्तुहरु देख्छौ । त्यसो त हामीलाई सबै कुराहरु देखेका हुदैनौ त्यसलाई हाम्रो वैज्ञानिकहरुले माइक्रोसकोपबाट हेर्छन् तब एक कण भित्र हजारौ ससाना कण, हजारौ जीवन लुकेको देख्छन् । पोखरीबाट पानीको एक थोपा लिएर हामीले हेर्‍यौ भने त्यस भित्र करोडौं जीव पाइन्छ । आखिर यत्रो ठुलो प्रकृति भित्र, यती ठुलो रचना गर्ने कुनै महामस्तिष्क (mastermind) अवश्य छ। विज्ञानको सुत्र (formulas) ले  बताउछ, अन्तरिक्ष प्रणाली (solar system) को फर्मुलाले तपाई ठिकसँग यस समयमा चन्द्रग्रहण र सूर्य ग्रहण लाग्ने बताउन सक्नुहुन्छ ।

तर त्यो बनाउनेले यति पूर्ण सिद्धान्त (perfect system) नबनाएको वा भनौं यस्तो पूर्ण ब्रम्हाण्ड नबनाएको भए तपाई कसरी हिसाब गर्नुहुन्थ्यो । जसरी कुनै स्थानमा रेल समय भन्दा ढिलो चल्छ । त्यसै प्रकार यदि यी सबै ग्रह पनि ढिलो भए यसको चालमा आफूखुशी भएको भए तपाई केहि गर्न सक्नुहुने थिएन । तपाई मन मन्थन गरेर बस्नुपर्थ्यो । तर यस्तो हुदैन किनभने यसलाई नियन्त्रीत्र गर्ने अवश्य कुनै शक्ति छ । एक (master mind) छ । एक यस्तो शक्ति छ जसले यी सबै चीजहरुलाई बनाएको छ र जसले यीनिहरुलाई प्रत्येक समय सम्हाली रहेको छ । त्यसै शक्तिलाई हाम्रो शास्त्रमा भगवान भनियो । इश्वर भनियो ।

एक बालकले आफ्नो बुबालाई सोधे, 'बुवा यो सृष्टिको प्रारम्भ कसरी भयो ?'
पिता बैज्ञानिक विचारका थिए तथा नास्तिक पनि । उसले सम्झाउन सुरु गरे,'छोरा पहिले पृथ्वी बनियो । यसमा केहि ताप उत्पन्न भयो ।  ताप उत्पन्न हुनाले अग्नी, पानी, वायु आदिको सृजना भयो । यी एक रुप हुनाले मानवको शरीर बन्यो । यसै प्रकार यी तत्वको अणुहरुको आपसी संयोगले यो सृष्टि बन्यो । यसमा कुनै इश्वरको हात छैन ।'

छोराले सोधे,'पिताजी यत्रो ठुलो सृष्टि आफै बन्यो ?' बुवाले भने,' हो छोरा यी सबै उष्णता र गती (heat and motion) बाट संभव भएको हो ।

छोरालाई केहि दिन पछि एक सुन्दर चित्र बनाएर बुवाको कोठामा राखेर चारैतर्फ रंग फैलाए। चित्र निकै सुन्दर थियो । पिताले जब सोधे कि चित्र कसले बनायो तब छोराले भने,' पिताजी यो जुन पंखा चलिरहेको थियो । यसको हावाबाट यी रंग यी डब्बाबाट निस्किएर कागजमा दलिएर यो चित्र बन्यो ।'

छोराको उल्पटयाङ कुरा सुनेर बाबुलाई रिस उठ्यो । छोरालाई कुट्दै भने,'मलाई मूर्ख बनाउछस् । यो रंग आफै यस कागजमा विना कसैले नलगाइ  यति व्यवस्थित ढंगले, सुन्दर तरीकाले कसरी लाग्छ । यसको पछाडि त बुद्धि चाहिन्छ, चेतना चाहिन्छ ।'

तब छोराले भने,'पिताजी दुई चार फिटको चित्र तयार गर्नको लागि तपाई चेतना र बुद्धिको कुरा गर्नुहुन्छ भने यत्रो ठुलो सृष्टि बनेको छ के यसको पछि कुनै महाचेतना या महाबुद्धि छैन होला ?' तब बुवाले आफ्नो गल्तीलाई महसुस गरे उनले यस कुरालाई माने कि यस संसारको पछि पनि यस्तो चेतना छ जसकारण यस संसारको सृजना भएको छ ।'  

त्यसै चेतना शक्तिलाई सन्तहरुले इश्वर, भगवान, परात्मा आदि नामहरुबाट सम्बोधित गरे र उनिहरुले यो पनि प्रेरणा दिए कि त्यो शक्तिलाई खोज तथा त्यसको क्रियात्मक अनुभव आफ्नो जीवनमा प्राप्त गरे ।

जसरी बीजगणित Algebra मा पढाइन्छ जुन चीज तिमीलाई थाहा छैन तर थाहा पाउन चाहन्छौ भने त्यसको पहिले अज्ञात अंक (unknown figure) मान । त्यसको लागि भनियो let it be 'x' त्यसलाई 'एक्स' मान । त्यसपछि हामी जब सबै प्रश्नको हल गर्छौ तब अन्तिममा त्यस 'एक्स' को मान के हो, त्यसको मतलब के हो त्यो निकाल्छौ ।

यसरी नै अध्यात्मवादी सन्तहरु भन्छन्, 'जसलाई तिमी जान्दैनौ, जसलाई तिमी बुझ्न सक्‍दैनौ, त्यस ब्रह्मलाई, शक्तिलाई पहिले मानेर हेर अनि फेरी खोज, त्यसलाई प्राप्त गर्ने चेष्टा गर ।'

जसरी हामी चुम्बकलाई देख्न सक्छौ तर चुम्बकको शक्तिलाई देख्न सक्दैनौ तर त्यसको प्रभावलाई हेर्न सक्छौ । चुम्बकको रंग रुप फलामको जस्तो हुन्छ । फलाम र चुम्बकमा फरक के छ भने चुम्बकले फलामलाई आफुतर्फ आकर्षत गर्छ । तर फलाम जुन छ त्यसले अर्को फलामलाई आफुतर्फ आकर्षित गर्दैन ।

चुम्बकको जुन चुम्बकीय क्षमता (magnetic quality) छ त्यसलाई हामी आफ्नो आखाँले देख्न सक्दैनौ  । आकाशमा जुन ताराहरु चम्किरहेका छन् त्यसलाई हातले छुन सकिदैन  तर दृष्टिबाट त्यसलाई देख्न सकिन्छ । त्यसको अनुभव गर्न सकिन्छ ।

सन्त महापुरुषहरु पनि यहि भन्छन् ,' हे मनुष्य केहि समयको लागि तिमी मान कि परमात्मा जुन हुनुहुन्छ तिम्रो सिमाबाट, तिम्रो दृष्टिबाट निकै टाढा हुनुहुन्छ  तर त्यसलाई मान (presume) राखेर, जब तिमी त्यसको खोजी गर्नेछौ, साधना गर्नेछौ तब सर्वप्रथम जुन जुन फल (result) बताइएको छ , त्यो पुरै (fulfill) हुदै जानेछ अर्थात तिमीलाई परम प्रभुको भक्ति गर्नाले शान्ति मिल्नेछ र साधना गरिरहनाले तिमीलाई त्यसको क्रियात्मक अनुभव पनि प्राप्त हुनेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ