arrow

सत्यको मर्यादाको लागि टाउको कटाए गुरु तेगबहादुरले

ढोंग गर्दैनन् असल गुरु

logo
गुरुज्ञान १५,
प्रकाशित २०७६ जेठ ३० बिहिबार
guru-tekbahadur1.jpg

काठमाडौं ।  सिखहरुको इतिहासमा हरिराय पछि हरिकिशन गुरु भए । सानै अवस्थादेखि हरिकिशनलाई ठेउला रोगले सताएको थियो । उनको पुरै शरीरमा सो बिषालु रोग फैलिएको थियो । जब उनि शरीर त्याग्ने अवस्थामा पुगे तब मानिसहरुले सोधे,'महाराज अब तपाई पछि गुरु परम्परा के हुनेछ, को गुरु हुनेछ ?'

तब उनले तीन पैसा र एक नरिवल लिएर भने, 'बकाले, बकाले' यति भनेर उनको प्राण त्यागे । मानिसहरुले भने गुरु कहाँ छन् सबलै भने गुरु बकालामा छन् ।  सब बकाला पुगे। तब त्यहा रहेका साधुहरु सबैले भने म नै गुरु हुँ । सबैले दावी गर्दा त्यहाँ २४ गुरु पुगे । ती सबैले भने हामी नै बाबा बकाले हौ ।  तर त्यहाँ जुन साचो वादशाह थिए, जो सदगुरु थिए, उनि चुप रहे, सोचे जे हुन्छ हुन देउ । यस प्रकार सबै गुरु भनिन थाले ।

एक नगरसेठ पनि गुरु महाराजका शिष्य थिए । उनि आफ्नो जहाजमा सामान लिएर समुन्द्रमा गइरहेका थिए । समुन्द्रमा आँधी आयो । जब उनको जहाज डुब्न लाग्यो तब उनले हृदयबाट गुरु महाराजलाई पुकारे र प्राथना गरे कि महाराज मेरो जहाजलाई बचाउनुहोस म पाँच सय असर्फीको सेवा गर्नेछु । जब उनले यस्तो प्रतिज्ञा साचो हृदयबाट गरे तब उनको जहाज बच्यो । उनि किनारामा पुग्ने वित्तिकै कुद्दै कुददै गुरु भेटन गए । त्यहाँ जाँदा थाहा पाए गुरु बकालामा हुनुहुन्छ । बकाला पुगेर उनले भने, 'म गुरु महाराजको दर्शन गर्न चाहन्छु ।' मानिसहरुले भने, 'यी सबै बसेका गुरु महाराज हुन् ।'  दर्शन गर्न चौबिस गुरुहरुका आआफ्ना शिष्यहरु आफ्नो गुरु भएको ठाँउमा गए  ।

ती नगर सेठ सोच्न लागे, 'की म पाँच पाँच सय असर्फी दिनेछु त म कंगाल हुनेछु ।' उनले सबै गुरुको दर्शन गरे र सबैको चरणमा दुई दुई असर्फी राखे । ती सबै गुरुले मनमनै भने,'हेर हामीलाई सुनको असर्फी दिइरहेको छ निकै चिनजानको भक्त रहेछ।' सबैले उनलाई मुठ्ठि भरेर प्रसाद दिए ।

जब सबै गुरुहरुलाई दुई-दुई असर्फी दिएपछि उनले सोचे मैले यी सबै गुरुहरुको सेवा त गरे तर यी सबै नक्कली थिए। असली गुरुमहाराज त भेटिएनन् लाग्छ उनि गुरु शक्ति हामी मानिसहरुलाई छोडेर कतै अन्यन्त्र जानुभयो होला । उनले मानिसहरुसँग सोधे,' भाइ यती नै गुरु हुन् कि अरु पनि कतै छन् ?' उनलाई एक जनाले भने, 'अब त कुनै बिशेष बचेका छैनन । सबै महान महान गुरुहरुको त तपाईले दर्शन गरिसक्नुभयो । तर एक पागल जस्तो बाँकी छन् ।' उनले भने,' बाबा बाकले छन् त्यहाँ झुपडीमा बसेका छन् ।' नगरसेठले सोचे जब मैले सबैलाई दिइसकेको छु भने त्यहाँ पनि केहि दिए जसरी सेवा गर्छु । उनि झुपडीमा पुगे यता उता हेरे तब एक बुढि महिला काम गर्दै थिइन् अरु कोहि थिएनन् । सोचे यी कस्ता गुरु हुन जोसँग एकमात्र बुढि महिला छिन् । उनले सोधे, 'बाबा भित्र हुनुहुन्छ ? म दर्शन गर्न चाहन्छु ?' महिलाले भनिन् म आइहाले । भित्र गइन र भनिन्,' तपाईलाई भेट्न कोहि आएको छ ।' गुरुमहाराजले भने,' पठाइ देउ ।'

ती शिष्य जसै भित्र पसे उनले दुई असर्फी राखे र प्रणाम गरेर बसे । गुरु महाराज जो असली थिए, साचो बादशाह थिए । उनले सोचे,' यदि मैले आफैलाई अब प्रकट नगरे यी शिष्य भित्र रहेको साचो बादशाहप्रतिको विश्वास हट्नेछ । यही भन्नेछ की सबै ढोग हो । भ्रम हो । हाम्रो समाजमा अब त्यो साचो रुहानियत शक्ति छैन । अत मैले आफै प्रकट गर्नु पर्नेछ ।'  उनले भने,' भाइ तिमिले पाँच सय असर्फी दिने वचन दिएका थियौ र अहिले दुईबटा असर्फीमा टार्दैछौ ।'

सो सुनेर सेठको सारा शरीरमा कम्पन उत्पन्न भयो उनि अनुहार अडाएर ठूलाठूला आखाँले हेरीरहे । गुरु महाराजले कुर्ता हटाएर आफ्नो ढाड देखाउदै भने, 'हेर तिम्रो जहाज बचाउदा बचाउदै मेरो ढाडमा चोट लागेको छ अब तिमि आफ्नो प्रणबाट हट्न चाहन्छौ ।' उनले सबै असर्फीको थैलो राखेर भने, 'महाराज म त तपाईलाई नै खोजी रहेको थिए ।'

यसपछि उनि बाहिर निस्किएर एक घरको माथि चढेर ठूलो स्वरमा कराउन थाले असली बादशाह यहाँ छन् बाकी सबै नक्कली हुन् । उनले जति पनि बकालामा गुरु बनेर बसेका थिए सबैलाई खेदाए र असली गुरुमहाराजलाई त्यहाँ राखे ।

बाबा बकालेलाई पहिले मानिसहरु पागल भन्थे सोहि दिनबाट उनि गुरु तेगबहादुरको नामबाट प्रसिद्ध भए। तबदेखि मानिसहरुलाई थाहा भयो कि सदगुरुको रुहानियत शक्ति उनि भित्र हुन्छ भनेर।

गुरु तेगबहादुरमा यति धेरै त्यागको भावना थियो कि जब औरंगजेबले उनलाई बोलाए तब उनि गए । संसार भर घुमि घुमि ज्ञानको प्रचार गरे, मानिसहरुलाई जगाएपछि उनि पक्राउ परे । पक्राउ गरेर उनलाई दिल्ली ल्याइयो र थुनेर यातना दिइयो । उनको टाउको काटियो तर पनि उनि सत्यमा अडिग रहे । विचलित भएनन्।  

भन्नुको अभिप्राय यो हो कि सत्यको मर्यादामा चल्ने साँचो महापुरुष हरेक समय संसारमा रहेका छन् । संसार त्यस्ता महापुरुषबाट कहिले खाली भएको छैन र हुने पनि छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ