- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पानी जब नदीको स्वरूपमा बग्न थाल्छ तब त्यसको दुई किनारा हुन्छ। यसैप्रकार यो सृष्टिको सृजनारुपी नदी जब बग्छ तब त्यसमा दुई किनारा स्वभाविक रुपमा हाम्रो अघि आउँछ । एक किनारा शक्तिको छ जसलाई हामी चेतना (consciousness) भन्छौ। दोस्रो किनारा त्यो अचेतन जगत अर्थात पदार्थको हो जसलाई हामी जड (unconsciousness) भन्छौ । त्यसो त सारा सृष्टि शक्ति (energy) बाट बनेको छ । सृष्टि भित्र बिस्तारै बिस्तारै चेतनाको जब बिकास क्रम भयो 'एकोsहं बहुस्यामि' को संकल्प जब त्यस शक्ति भित्र आयो तब आफुबाट अरु बनाउनको लागि बिस्तारै बिस्तारै पदार्थ जगतको रचना भयो । सुप्रसिद्ध वैज्ञानिक आयन्सटाइनले पनि आफ्नो फर्मुला E=mc2 बाट यो सिद्ध गरेका छन् कि यो जुन सारा भौतिक पदार्थ छ, यो शक्तिबाट नै प्रकट भएको हो।
यदि हामी चेतनाबाट हटदै जान्छौ अलि अलि गर्दै पदार्थ तत्व बढ्दै जानेछ। पदार्थ (matter) को बन्न (garmation) बढ्दै जानेछ। यस प्रकार बढ्दै बढ्दै जब हामी दोस्रो किनारामा पुग्नेछौ तब त्यहाँ हामीसँग केवल मात्र पदार्थ बाकी रहनेछ र पदार्थ भित्र जब बिल्कुल पनि चेतना रहनेछैन तब त्यसलाई हामीले स्थुल पदार्थ (unconscious matter) भन्छौ।
अत: शक्ति उर्जा (energy) को दुई रुप छ । त्यसको विकसित जुन रुप छ त्यसलाई विशुद्ध चेतना (pure consciousness) र त्यसको अर्को जो स्थूल रुप छ त्यसलाई अचेतन पदार्थ (unconscious matter) भनिन्छ। त्यस अचेतन पदार्थलाई लिएर कलाकारहरुले त्यसलाई विभिन्न आकार दिए। कसैले त्यसलाई लिंगाकार बनाए, कसैले त्यसलाई मूर्ति बनाए, कसैले त्यसलाई खुदाखाना बनाए र फेरी त्यसको पूजा प्रारम्भ भयो जो केवल मात्र प्रेरणा थियो। 'हे ! मानव यस अचेतन पदार्थबाट माथि अब त चेतन पदार्थ तर्फ बढ ।' र जब हामी बिकास क्रममा अघि बढे, तब विस्तारै हामी यस पदार्थ जगतलाई छोडेर विशुद्ध जुन चेतना शक्ति हो त्यसतर्फ अग्रसर हुदै जनेछौ ।
नदी जब बग्छ तब त्यसको बहाव समुन्द्रतर्फ हुन्छ। किनभने समुन्द्रबाट त्यसको सृजना भएको हो । मानव जगत भित्र विकास क्रम के छ भने जसले त्यसको सृष्टि गरेको छ वा सृजना गर्नेवाला छ, त्यसैतर्फ अघि बढ्छ। यो हाम्रो विकास हो र यस विकासक्रमलाई यदि मानव योनीमा हामीले अपनाएनौ भने हामी पशुतुल्य बनेर त्यस ज्ञानबाट त्यस चेतनाको अनुभुतिबाट अनभिज्ञ रहनेछौ र हाम्रो बिकास रोकिनेछ ।
विश्वका जति पनि देशका मानिसहरुलाई तपाई लिनुहोस उनिहरुभित्र तपाई यो पाउनुहुनेछ कि भौतिक जगतमा उनिहरुले धेरै चिज प्राप्त गरेका छन् तर उनिहरुको आत्मा भोको छ, उनिहरु तड्पी रहेका छन्, त्यो आफ्नो सृष्टिसँग मिल्न चाहन्छ। यसकारण मानव जातिको इतिहासमा जब जब मानव भौतिकबादी बन्यो चेतनाको पक्षलाई छोडेर केवल आफुलाई शरीर मान्यो, आत्मालाई केहि मानेन, यस प्रकारका मान्यताहरु जब जब समाजमा हाबी भए तब तब मानवको विकास रोकियो र मानव केवलमात्र पशु बनेर रह्यो ।
यसको विपरित जब जब मानव समाज भित्र चेतनाको विकास भयो, जबजब मानव समाजले म शरीर होइन आत्मा हुँ र आत्मारुपमा आफुलाई जान्न कोशिश गर्यो यी विचारहरुको जब जब विकास भए तब जो मानव दानव बनेको थियो, उसलाई देवत्व प्राप्त भयो। मानव समाजको चेतना भित्र परिवर्तन आयो, त्यसको विकासक्रम सुरु भयो परमपिता परमात्माको तर्फ ।
सनातन धर्मभित्र एक परम्परा छ। जब शिवरात्री हुन्छ तब मानिसहरु देवालयमा स्थापित शिवलिंगमा जल चढाउछन् । अब शंकर भगवान कैलाश पर्वतमा बस्नुहुन्छ र माथि स्वर्गबाट गंगा उत्रिएर सबैभन्दा पहिले उहाँको जटामा प्रवेश गर्छिन् यसरी हेर्दा पानीको शिव जीलाई कुनै कमी छ र भन्ने प्रश्न खडा हुन्छ? भारतबर्षमा बग्ने गंगा भगवान शंकरको शिरबाट बगिरहेकी छन् । यदि स्वर्गमा पानीको कमी भए भगवान शंकरकोमा कमि हुदैन किनभने कैलाश पर्वतको चारैतर्फ बरफ नै बरफ छ पानी नै पानी छ। भन्नुको अर्थ यो हो कि जब त्यहाँ जलको कमि नै छैन भने फेरी हामी जललाई शिवलिंगमा किन चढाउछौ ? विचार गरौ यसको रहस्य के हो ?
सबै नदीहरुको जुन उदगम स्थल छ त्यो नगाधिराज हिमाल हो । भगवान श्रीकृष्ण गीतामा भन्नुहुन्छ - सारा नदीमा म गंगा हुँ। गंगालाई सबै नदीहरुमा सर्वोपरी र सबैभन्दा महत्वपूर्ण मानिएको छ। गंगाको उद्गमस्थल पनि भगवान शंकरको जटा छ। चन्द्रमा जो भगवान शंकरको जटामा स्थित छ, उसको गुणको चंचलताको कारण पानी पनि चंचल हुन्छ । छालहरुलाई हेरौ कति चंचल हुन्छI अत: जलको स्रोत को हो ? त्यसको गंगोत्री को हो ?तब तपाई भन्नुहुनेछ कि भगवान शिव भगवान शिवको धाम हिमालयबाट नै अधिकांश नदिहरु भारतबर्षमा निस्कन्छन् । यसकारण भगवान शंकरलाई जलको स्रोत मानिन्छ ।
अब हामी शिवलिंगमा जल यसकारण चढाउछौ कि त्यस जललाई हामी त्यसको स्रोतसम्म पुर्याउन चाहन्छौ । जस्तै कुनै हराएको बच्चा भेटिए उसको आमा भएको ठाँउसम्म पुर्याउने प्रयास हुन्छ। हामी जललाई शिवलिंगमा चढाउछौ तर त्यसको अंशलाई हामीसम्म पुर्याउने जुन प्रेरणा जुन शिक्षा मिलेको छ त्यसमाथि विचार कम गरेका छौं । यो जान्दैनौ कि मेरो उदगम को हो, मेरो को सृजक हो, म कसको अंश हुँ । रामायणमा तुलसीदास लेख्नुहुन्छ-
ईश्वर अंश जीव अविनाशी ।।
चेतन अमल सहज सुखराशी ।।
मनुष्य ईश्वरको अंश हो इश्वर उसको अंशी हुन् । पानी जो अंश हो त्यसलाई हामीले उसको अंशी भगवान शिवसम्म पुर्यायौ तर आफ्नो जीवलाई आफ्नो आत्मालाई परमेश्वर सम्म कहिले र कसरी पुर्याउने, आत्माको विकासक्रमलाई कहिले अपनाउने कहिले यसमाथि विचार गर्नुभयो ? यसकारण यी सबै मान्यताहरु हामीलाई प्रेरणा दिइरहेका छन् कि ईश्वरको तर्फ अघि बढ। उसको खोजी गर त्यसको अनुभुती गर । तिमि उनैको अंश हौ र उनि तिम्रो अंशि हुन् ।