- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । समाधि योग पतञ्जलिको योगसूत्र नामक पुस्तकमा उल्लेख गरिएको महत्वपूर्ण योग विधि हो । मोक्षलाई जैन धर्ममा कैवल्य ज्ञान र बौद्ध धर्ममा निर्वाण मान्ने गरिएको छ । योगमा यसलाई समाधि भन्ने गरिएको छ । यसको कैयौं स्तर हुन्छ । यसबारे पतञ्जलिको योगसूत्रले लेखेका केही विषय यहाँ उठाउने प्रयास गरेका छौं । समाधि योगको सबैभन्दा अन्तिम विधि हो। समाधिको प्राप्ति तब हुन्छ, जतिबेला सबै योग साधनाहरु गरेपछि मनलाई बाहरी वस्तुहरुद्वारा हटाएर निरन्तर ध्यान गर्दै ध्यानमा नै लीन हुने योग नै समाधि योग हो ।
समाधिको अवस्था :
जो व्यक्ति समाधि प्राप्त गर्दछ उसलाई स्पर्श, रस, गन्ध, रूप एवं शब्द यो ५ विषयको इच्छा हुँदैन । उनीहरुले यो इच्छालाई नै जितेका हुन्छन् । भोक-प्यास, सर्दी-गर्मी, मान-अपमान तथा सुख-दु:ख आदि कुनै पनि अनुभूति हुँदैन । यस्तो व्यक्ति शक्ति सम्पन्न बनेर अमरत्व प्राप्त गर्दछ । उसको जन्म-मरणको चक्र समाप्त हुन्छ ।
के हो समाधि :
मोक्ष या समाधिको अर्थ अणु-परमाणुहरुद्वारा मुक्त साक्षीत्व पुरुष बन्नु हो । तटस्थ या स्थितप्रज्ञ अर्थात् परम स्थिर, परम जाग्रत हुनु हो । ज्ञाता, ज्ञान र ज्ञेयको भेद मेटिएर जानु हो । यत्तिमा परम शक्तिशाली हुनुको 'बोध' लुकेको छ । जहाँ न भोक छ न प्यास, न सुख, न दुख, न अन्धकार न प्रकाश, न जन्म नै छ न मरण तथा न कुनैपनि प्रभाव। हरेक रुपले बन्धनबाट मुक्ति। परम स्वतन्त्रता अतिमानव या सुपरमेन बन्नु नै समाधि हो।
सम्पूर्ण समाधिको अर्थ हो मोक्ष अर्थात प्राणीको जन्म र मरणको चक्रबाट छुटकारा पाएर स्वयम्भू र आत्मवान हुनु हो । समाधि चित्तको सूक्ष्म अवस्था हो जसमा चित्त ध्येय वस्तुको चिन्तनमा पूरा रुपमा लीन हुनु हो । जो व्यक्ति समाधि प्राप्त गर्छ उसलाई स्पर्श, रस, गन्ध, रूप एवं शब्द यी ५ विषयको इच्छा रहँदैन तथा उसलाई भोक-प्यास, सर्दी-गर्मी, मान-अपमान तथा सुख-दु:ख आदि कुनैपनि अनुभूति हुँदैन ।
समाधि की परिभाषा :
तदेवार्थ मात्र निर्भासं स्वरूप शून्यमिव समाधि।।
न गंध न रसं रूपं न च स्पर्श न नि:स्वनम्।
नात्मानं न परस्यं च योगी युक्त: समाधिना।।
भावार्थ : ध्यानको अभ्यास गर्दा गर्दै साधक यस्तो अवस्थामा पुग्छ कि उसलाई स्वयंको ज्ञान हुँदैन । केवल ध्येय मात्र रहन्छ । यस्तो अवस्थालाई समाधि भनिन्छ । समाधिको अवस्थामा सबै इन्द्रिय मनमा लीन हुन्छ । व्यक्ति समाधिमा लीन हुन्छ ।
समाधि समयको स्थिति :
जब पूर्ण रूपले सासमा नियन्त्रण हुन्छ र मन स्थिर तथा सन्तुलित हुन्छ । तब समाधिको स्थिति कहलाइन्छ । प्राणवायुलाई ५ सैकेन्डसम्म रोकेर राख्नु 'धारणा' हो, ६० सेकेन्डसम्म मनलाई कुनैपनि विषयमा केन्द्रित गर्नु 'ध्यान' हो । १२ दिनसम्म प्राणको निरन्तर संयममा राख्नु नै समाधि हो।