योगको सुरुवातबारे मतभेद : योगका प्रणेता आदियोगी या पतञ्जलि ?

प्रकाशित मिति : २०७६ असार ६ शुक्रबार
तस्वीर : फाइल

काठमाडौं । हामी अहिले पनि एउटा भ्रममा छौं । हामीलाई थाहा छ कि पतञ्जलिले योगको रचना गरेका हुन् भन्ने तर यसमा सत्यता छैन । आदियोगीले सबैभन्दा पहिले आफ्ना सात शिष्यहरुलाई योगको शिक्षा दिएका थिए । जसलाई हामी सप्त ऋषिको नाममा चिन्दछौं । यिनै सप्तऋषिले प्रसार गरेपछि यो अझ विकसित भएको थियो । 

समयको साथ यसमा यति धेरै विशेषज्ञता आयो कि मानिसहरु योगमा अलग-अलग तरहको विशेषज्ञता खोज्न थालियो । यसैको एक उदाहरणलाई आधुनिक रुपमा देखिएको मेडिटेसनलाई लिन सकिन्छ । जस्तो कि आज मेडिकल साइन्स विकसित छ। यो एकदमै धेरै विशेषज्ञता प्रधान बन्न पुगेको छ । आज भन्दा पच्चिस(तीस वर्ष पहिले हाम्रो स्वास्थ सम्बन्धी कुनै पनि समस्या आयो भने एकै डाक्टरले सबै उपचार गराउने गरेका थिए । तर आजसम्म आइपुग्दा दिलको लागि अलग डाक्टर डाक्टर, नाकको लागि अलग डाक्टर, हर अंगको लागि एक अलग डाक्टर बन्न थालेका छन् । निकट भविष्यमा नै एउटा मेडिकल चेकअपको लागि सय भन्दा धेरै डाक्टरहरुकहाँ जान नपर्ला भन्नु पर्दैन । त्यो दिन निकट भविष्यमा नै आउनेवाला छ । 

यस्तै योगको साथ पनि भएको छ । सप्तऋषिहरुले योगको शिक्षा सात अलग-अलग धारामा बाँडेर प्रचार गर्न थाले । त्यसपछि यी सातको पनि सयौं शाखा बनाइयो । एक समय यस्तो आयो कि योगको लगभग साढे तीन हजार भन्दा अधिक शाखाहरु प्रचलनमा थियो । यी सबैमा यति धेरै उल्झन भरियो कि सबै शाखाहरुलाई न कोही जान्दथे । न अभ्यासमा ल्याउँथे । जब पतञ्जलि आए । उनले समस्त ज्ञानलाई आफू भित्र समाहित गरे । ती सबैलाई लगभग २ सय योगसूत्रहरुमा समेटेर योग सूत्र नामक पुस्तक तयार पारे। यो उनको सबै सप्त ऋषिहरुलाई दिइएको आदियोगीको उपदेशको संक्षिप्त स‌ंगालो मात्रै हो योग सूत्र । 

"योग सूत्र" पुस्तक होइन यन्त्र हो 
योग सूत्रको अर्थ जान्नुको जरूरत कुनैपनि योग साधकको लागि छैन । किनकी यो एक अस्तित्वपरक बस्तु हो । यो केवल केही शब्दहरुको र उनीहरुको अर्थमा मेल छैन । एकातर्फ यसमा एक यन्त्र मौजूद छ । त्यसैले योग सूत्र, यानी पतञ्जलि योग सूत्रलाई एक किताब भन्दा पनि एक यन्त्रको रुपमा मान्ने गरिन्छ । किनकी यसमा किताबमा हुने भन्दा धेरै ठूलो ज्ञान छ । यो यन्त्रको एक जटिल व्यवस्था छ। यस्तो शानदार यन्त्रलाई यति बुद्धिमानीका साथ व्यवस्थित गरिएको छ कि यसरी कुनैपनि दोस्रो बस्तु मिल्नु कैयौं वर्षसम्म पनि सम्भव छैन । यदि यस्तो कहिलै भयो भने पनि त्यो एकदमै मुस्किलले हुनसक्छ । 

योगसूत्रको परिचय
पतञ्जलिको सम्पूर्ण योग सूत्रमा कूल १९५ सूत्रहरु रहेका छन् । यसमा कूल ४ पाद रहेको छ । १. समाधिपाद, २. साधनपाद,  ३. विभूतिपाद,  ४. कैवल्यपाद । जस मध्ये समाधिपादमा ५१ सूत्र, साधनपादमा ५५ सूत्र, विभूतिपादमा ५५ सूत्र रहेका छन् । जस मध्ये पहिलो पाद अर्थात् समाधिपादमा योगानुशासनको अवधारणा, योग लक्षण एवं यसको परिणाम र समाधिको प्रकार उल्लेख छ।
  
त्यस्तै दोस्रो हो साधनपाद । साधनपादमा निम्न विषयहरु उल्लेख छ । 
क्रियायोगको अवधारणा
क्लेशको सिद्धान्त 
दुखवादको अवधारणा
द्रष्टा- दृश्य निरुपणम
प्रकृति पुरुष संयोग 
अष्टाङ्ग योग संक्षिप्त परिचय
आसन प्राणायामको अवधारणा एवं सिद्धि
प्रत्याहार की अवधारणा एवं इसकी सिद्धि

तेस्रो र चौथोपाद हो क्रमश: विभूति पाद एवं कैवल्य पाद । यसबारे उल्लेख भएका विषय निम्नानुसार छन्  
धारणा, ध्यान एवं समाधि परिचय 
संयम एवं यसको सिद्धि
तीन प्रकारको चित्त परिणाम
भूत जय, इन्द्रिय जय एवं उनको सिद्धि 
विवेक ज्ञान निरुपण

कैवल्य
पाँच प्रकारका सिद्धि एवं जत्यान्तर परिणाम 
निर्माण चित्तको अवधारणा 
कर्मका चार प्रकार
वासनाको अवधारणा एवं
बाह्य पदार्थको अवधारणा

नयाँ