arrow

दीगो सरसफाईमा गाउँका महिला सक्रिय

logo
प्रेम रौले,
प्रकाशित २०७२ चैत १२ शुक्रबार
bajurzza.jpg.jpeg
बाजुरा । साप्पाटा–९ की बाँचु वि.क.उमेरले ६० पुगेपनि उनको घर भित्र र घर बाहिरको सक्रियतामा कुनै कमी आएको छैन् । विहान ५ बजे उठ्नु, धारामा जानु र छेउ–छाउको फोहर हटाउनु उनको नियमित काम जस्तै छ । घर वरिपरी र धारा वरिपरीको उनले प्राय नियमित सफाई गर्छिन् । अरुलाई पनि नियमित सफाई गर्न उनको अनुरोध हुन्छ । उमेरले पाको व्यक्तिले भनेपछि गाउँका अन्य महिलाहरुले मान्ने गरेका छन् । सबैमा एकनाशको बुझाई छ । सरसफाई अरुका लागि नभई आफ्ना लागि भन्नेमा । 
 
खुला दिसा मुक्त गाउँ घोषणाका लागि भएका कार्यक्रमबाट बढी जानकारी पाएको विकको भनाई छ । सरसफाईका नाममा कहिले कहाँ मात्र गर्ने गरेका थियौं, ग्रामिण जलश्रोतका सर आयापछि धेरै कुरा सिकायो, त्यहाँ पछि सरसफाईमा सबैले ध्यान दिन थाल्याका हौं, उनले भनिन् ।  वि.क धारा र घरआँगको मात्र सरसफाई गर्दिनन्, नाति नातिनाले गरेको खुला दिसा शौचालयमा फाल्छीन्, खाना खुवाउनु अघि हात धुवाई मात्र खान भन्छिन् । भनेजति सबै लागु नभएपनि केहीमा सुधार हुँदै गएका छ । पढाईका नाममा विद्यालय देखेकी छैनन् ।
 
दलित समुदाय बढी फोहर हुने, भन्ने पूरानो मान्यता विक लगाय अन्य गाउँका महिलाहरुको सक्रियतामा हटेको छ । खुला दिसा कमै देखिन्छ । प्रायः सबैले शौचालयकै प्रयोग गर्छन् । गाउँमा कहिले कहाँ पानी नहुँदा मात्र समस्या हुन्छ, अन्य समय शौचालयकै प्रयोग गर्ने गरेको उनको भनाई छ । यस बारे अरुहरुले पनि बुझेका छन् । गाउँमा सरसफाई अभियानको सुरुवादी जस्तै अवस्था भने छैन् । तर कमै व्यक्तिले भएपनि निरन्तरता दिएका छन् । जसले सरसफाईको दीगो व्यवस्थापनमा थोरै भएपनि सहयोग मिलेको भन्छन्, स्थानीय थुमा वि.क । 
 
बाँचु विक जस्तै सक्रियता वाई ४ की पत्थरकला महत्तराको पनि छ । उनी वडा नागरिक मञ्चको अध्यक्ष पनि हुन् । उनी गाविसका प्रत्येक कार्यक्रमहरुमा भाषण गर्दा सरसफाइका बारेमा बौलने गर्छिन्, उनी गाउँमा भएका जुनसुकै कार्यक्रममा महिलाहरुको सक्रियता देखाउदै आएकी छन् । गाउका महिलाहरुलाइ सपरसफाइ क्षेत्रलाइ निरन्तरता दिन पटकपटक सुझाव दिदै आएकी छन् । गाविस खुला दिसामुत्तः क्षेत्र भएको २ वषर्न पुग्न लागेको छ यसै अवसरमा अव हामीले पुर्ण सरसफाइलाइ अगाडी बढाउन पहल गर्न समुदायकी महिलालाइ अनुरोध गर्छिन् ।
 
तर सरसफाइ अभियानलाइ सरकारी तथा  गैर सरकारी संघ संस्थाहरुले कार्यक्रम गरी रकम खर्च गरे पनि पानीको अभावले चर्पी नै प्रयेग नहुने स्व्किार गरिन् । उनी आफु मात्र नभएर गाउँकी अरु महिलाहरुलाइ सरसफाइमा सक्रिय गराउदै आएको भनिन् । उनले अहिलेको समस्या भनेको  खानेपानीको रहेको बताइन् । खानेपानीका लागि घण्टौ कुर्नु पर्नै बाध्यता रहेको भनिन् । आनेपानीको अवस्था भने जस्ताको त्यस्तै रहेको छ । उनी mपढलेखमा विद्यदालय नदेखेकी महत्ततरा अहिले  आएर सरसफाइमा अग्रसर हुननै महिलाहरुको नेतृत्व सफल भएको स्थानिय गंगराज गिरीले भने । गिरी भन्छ्न्, महतरा घरको काम भन्दा पनि समाज र सरसफाइको कामलाइ बढी महत्व दिने गरेको छ । 
 
महतरा भन्छन्,खुला दिशा गर्न पाइदैन यस्ता मान्ठ चाहिदैन नारा लगाएर गाविसलाइ जिल्लाको ११औ स्थानमा ल्याउन सफल भएकी  हुँ । म अहिले पनि गाउका महिलाहरुलाइ खुला ठाउमा दिशा गर्न हुदैन भन्ने सन्देश विभिन्न कार्यक्रममा भन्दै आएकी छु ।  तर चर्पी प्रयोग गर्नाका लागि पानी अभाव भन्दा पनि जनतामा जनचेतना र चर्पी प्रयोग गर्ने बानीको अभाव भएको छ । अहिलेको समाजमा एक अर्कालाइ जुनसुकै सामाजिक कार्यमा सहयोग गर्दै जानु मानवताको भावना हो । 
 
पुरानो सोच भएका बुढापाकाहरु भने छाउपडी भएकी महिलाले प्रयोग गरेको चर्पी प्रयोग नगर्नु भनेकै नै गलत प्रवृत्ती भएको हो । बुहारी गएको चर्पी प्रयोग गर्नु हुदैन भन्ने मान्यता रहेका समाजमा जनचेतनाका कार्यक्रम गर्न जरुरी रहेको भनिन् । जनचेतना अभावका कारणले गर्दा समाजका केही बुढापाकाहरु ससुरा  बुहारी एउटै चर्पी नगर्ने गरेका छन् । परम्परागत रुपमा मान्दै आएको चालचलनले गर्दा महिलाहरुलाइ यो समस्या कायमै रही आएको छ ।
 
खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि गाउँ खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति वाइ निश्क्रिय हुदै आएकाले सरसफाइ अभियान सुस्ताउन थालेको भन्दै चिन्ता गरिन् । आफुले प्रत्येक घरधुरीमा गएर चर्पी लगाइ प्रयोग गर्न आग्रह गरको बताइन् । ६ सय ८० घरधुरी भएका गाविसमा सोही अनुसारका चर्पी बनाएको बताइन् । चर्पी बनाउन लागेपनि पानी नभएका कारण समस्या भएको बताइन् । सरसफाइलाइ राम्रै गर्ने सोच भएपनि पानीको समस्या भएको स्वीकार गरिन् । 
 
वि.क.र महतरा जस्तै चन्द्रा वि.क. पनि सरसफाइ अभियानकी एक महिला हुन् । उनी दलित समुदायमा बसोबास गर्दै आएकी भएपनि सरसफाइका लागि भने घरको काम जस्तै लागि रहेकी छन् । उनी एक दलित समुदायको तर्फबाट उनी अगुवाइको भुमिकामा छन् । सरसफाइ  अन्य क्ष्त्रा काममा सक्रिय हुदै आएकी छन् । उनी भन्छिन्, गाविसलाइ खुला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि सधैं लागि रहे तर अहिले आएर सरसफाइ अभियान सुस्ताएको होकी भन्ने चिन्ता गरिन् । उनी भन्छन् दलितले सरसफाइका कुरा गर्नु राम्रो नभएको भन्दै होच्याउने गरेको स्वीकार गर्छिन् । आफुले गरेको सरसफाइका कुरामा भने समुदायले त्यति चासो नदेखाएको भन्छिन् । 
 
अहिले गाउ घरमा दिसा नदेखिए पनि दाउरा घाँस ल्याउन जाने महिला र अन्य मासनसहरुले खुला दिसा गर्दै आएका छन् । खोला र झारीमा केही रुपमा दिसा देखिन भन्छिन् । गाविसमा रहेको गाउँ खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति अहिले निश्क्रिय हुदै आएको स्वीकारेकी छन् । गाउँमा भएका खानेपानी र चर्पीको अवस्था पुरानै हुन लागेको बताएकी छन् । गाविसलाइ खुला दिसामुक्त गरिसकेपछि सरसफाइ अभियान सुस्ताएको भएपनि अहिले गाविसमा सरोकारवालाहरुको एक समिति बनाइ समुहमा विभाजन गरी अनुगमन गरिदै आएको बताइन् । 
 
उनी भन्छिन् एक्काइसौं शताव्दीमा आएर पनि गाउँका मानिसहरु विरामी भएपनि धामीझाक्रीमा जाने गरेको बताइन् । उनी २५ प्रतिशत महिलाहरुले मात्र चर्पी प्रयोग गर्दै आएकी बताएकी छन् । छाउ भएका बेलामा भने चर्पी प्रयोग गर्न नपाइने हुदा बाहिर खुला दिसा हुन थालेको बताएकी छन् । छाउपडीले चर्पी प्रयोग गरेमा धामी झाक्रीले प्रयोग नगर्ने हुदा सुत्केरी र छाउपडी महिलाले खोला र झाडीमा दिसा गर्न थालेको बताइन् ।
 
सरसफाइ संगै खानपानीको उत्तिकै महत्व भएपनि अहिलेसम्म गाउँमा खानेपानीको हाहाकार हुदै आएको स्वीकार गरिन् । खानेपानी ल्याउनका लागि १-२ घण्टा लाइन बस्नु पर्ने बाध्यता रहेको वि.क.ले सुनाइन् ।  नजिकै धारा भएपनि पानीका लागि एक अर्काको आलोपालो गर्दा १-२ घण्टापछि पानी पाउने गरेको बताइन् ।
 
जुकोट गाविस सह–लेखापाल करवीर शाहीले भने गाविसमा ६ सय २६ घर धुरी मध्ये आधा प्रतिशत मात्र चर्पी प्रयोग गर्ने गरेको बताएका छन् । छाउपडीले प्रयोग गरेको चर्पी अरुले प्रयोग गर्न हुदैन भन्ने मान्यतालाइ अन्य गर्नका लागि जनचेतना कार्यक्रम गर्न जरुर रहेको बताए । सरसफाइ र खानेपानीका लागि गाविसले सकारात्मक भुमिका खेल्दै अगाडी बढन थालेको बताएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ