अणु र परमाणुको स्वरुप र महत्व, यसको सौरमण्डलसँग कस्तो छ सम्बन्ध ?

प्रकाशित मिति : २०७६ असार १४ शनिबार

काठमाडौं । हामी केही विज्ञान जानेकाहरुलाई पनि जानकारी भएकै कुरा हो के हो अणु र के हो परमाणु भन्ने कुरा । विशेष रुपमा भौतिक विज्ञान नपढेकाहरुले पनि कक्षा नौ र १० मा पढेको विज्ञानमा अणु र परमाणुको केही जानकारी त अवश्य पनि भएको हुनुपर्छ । अणुको काम र स्वरुप एवं परमाणुको ज्ञान बारेपनि हामीहरु केही न केही त जानकार अवश्य नै हुनुपर्छ । 

जसरी थोपा थोपा पानीबाट एउटा सागर बनेको हुन्छ । त्यसैगरी अणुका कण कणको संयोजनमा नै यो दुनियाँ बनेको छ । अणु र परमाणुलाई आधुनिक विज्ञानले हरेक बस्तुको एक कणको रुपमा परिभाषित गर्ने गरेका छन् । यसरी समग्रमा भन्दा परमाणुहरुकै संयोज्य रुप हो यो दुनियाँ । यसैको आधारमा हामी अणु र परमाणुको बारेमा भिन्नता छुट्याउने प्रयासमा छौं । 

परमाणु के हो ? 
हामीले विद्यालयमा पढेको कुरालाई नै आधार मान्ने हो भने परमाणु नै रसायन विज्ञानको सबैभन्दा मूल कुरा हो । रसायन विज्ञानको लागि सबैभन्दा मूल कुरा भनेको नै परमाणु हो भने परमाणु भनेको के हो ? यस विषयमा पहिले जानकारी लिनु आवश्यक हुनसक्छ । परमाणुको विषयमा यदि सरल भाषामा कुनै कुरा जान्नु छ भने, ”यो यस पूरा ब्रह्माण्डमा मौजूद कुनैपनि पदार्थको मौलिक इकाईलाई नै परमाणु भनिन्छ । केवल ऊर्जा छोडेर दुनियाँमा मौजूद बाँकी सबै बस्तुहरु परमाणु हो ।” 

परमाणु पनि आफैंमा तीन प्रकारको हुन्छ । जसलाई उपपरमाणु भनिन्छ । सोही उपपरमाणु प्रोटोन, न्यूटोन र इलेक्ट्रोन । 

परमाणुको संरचना 
माथि उल्लेख गरिएजस्तै एक परमाणु मुख्य रुपले प्रोटोन, न्यूटोन र इलेक्ट्रोनद्वारा नै बन्ने गरेको छ । यसको लागि सबैभन्दा पहिले हामी तीन कणको संज्ञाको बारेमा सबैभन्दा पहिले जान्नुपर्ने हुनसक्छ । 

इलेक्ट्रोन 
इलेक्ट्रोन एक परमाणु हो । जो नकारात्मक चार्जको मौलिक इकाई हो । यो कणिका धातुहरुमा नकारात्मक चार्जको परिवहन गर्दछ । 

न्यूट्रोन 
न्यूटन एक उपपरमाणु हो । जसले एक परमाणुमा सकारात्मक चार्जको परिवहन गर्दछ । प्रोटोनमा मौजुद हुने उर्जाको मात्रा इलेक्ट्रोनसँग समान हुन्छ । तर, यो इलेक्ट्रोनको भन्दा विपरित सकारात्मक चार्जको रुपमा यो भित्र रहने गर्दछ । 

प्रोटोन 
प्रोटोन एक उपपरमाणु हो । जोकी परमाणसमा सकारात्मक चार्जको परिवहन गर्दछ । प्रोटोनमा मौजुद उर्जाको मात्रा इलेक्ट्रोनसँग समान हुन्छ । तर, इलेक्ट्रोनसँग विपरित यो उर्जा सकारात्मक चार्जको रुपमा यसको भित्र रहन्छ । 

के छ अणु र परमाणुमा फरक ?

यदि परमाणुको संरचनाको कुरा गर्ने हो भने प्रोटोन र न्यूटोन मुख्य रुपले परमाणुको केन्द्रमा आफ्नो सहि रुप दिन्छ । पेट्रोल र न्यूटोनद्वारा बनेको कुनैपनि परमाणुको केन्द्रलाई न्यूक्लियस नामले चिनिन्छ । 

न्यूक्लियसको चारै तर्फ इलेक्ट्रोन सूर्यमण्डलमा मौजूद ग्रहको परिक्रमा गर्दछ र इलेक्ट्रोनले एक विशेष कक्षमा न्यूक्लियसको परिक्रमा गर्दछ । जसलाई हामी सेल भन्छौं। एक साधारण परमाणुमा इलेक्ट्रोन र प्रोटोन दुबैको संख्या एक समान रहन्थ्यो । समयसमयमा यसमा वदलाव आउँन सक्छ । न्यूटनको संख्या पनि बाँकी दुबै कणको रुपमा एक समान रहन्छ । 

अणु र परमाणुमा आधारित यस लेखमा अघि बढ्दा परमाणुसँग सम्बन्धित केही मौलिक कुरालाई जान्नु आवश्यक छ । जस्तो कि पहिले बताए जस्तै परमाणु कुनैपनि पदार्थको सबैभन्दा सानो र मौलिक कण हो । यसबाट हामी न त खण्ड खण्डमा बाँड्न सकिन्छ  न त यसलाई काट्न नै सकिन्छ । तर, अणुलाई हामी अवस्यपनि परमाणुमा परिवर्तन गर्न सकिन्छ । 

जब अणु र परमाणुको बारेमा जानकारी पाइन्छ । त्यसपछि कुरा उठ्न सक्छ कि आखिर अणु र परमाणुमा के अन्तर छ ?धेरै मानिसहरु यो दुबै कण आकारमा एकदमै साना आकारका हुन्छन् । यसकारण यसलाई हामी बिना कुनै उपकरण खुल्ला आँखाले देख्न सक्दैनौं । हामी कुनैपनि परमाणुको भित्र कुनैपनि प्रकारका आकृति देख्न सक्दैनौं । तर एक अणुमा हामी धेरै किसिमका आकृतिहरु सजिलै देख्न सक्छौं । 

यदि दुई समान प्रकारका परमाणु आपसमा मिल्छ भने उनीहरु समय समयमा अनेक प्रकारका अणुको निर्माण गर्न सकिन्छ । उदाहरणको लागि दुई अक्सिजनको परमाणुले 02 को निर्माण गर्दछ र तीन अक्सिजन परमाणुले ओजोन (03) को निर्माण हुन्छ । तर यदि समान प्रकारको अणु आपसमा मिल्छ भने यसले दुबै एक समान प्रकारको परिणाम दिन्छ ।

प्रायजसो परमाणु जो हुन्छ त्यो धेरै अस्थिर हुन्छ । किनकी परमाणुको भित्र रहेको इलेक्ट्रोनले यसलाई धेरै अस्थिर बनाउँछ। आमतौरले हेर्दा परमाणुहरुमा इलेक्ट्रोनको संख्यामा असन्तुलनको साँटो यो स्थिर हुन सक्दैन । तर, एक अणुमा परमाणुहरुको इलेक्ट्रोन आदानप्रदानको कारणले यो ज्यादातर स्थिर हुन्छ । यसको लागि यदि कुनैपनि अणुको संरचनालाई राम्रोसँग हेर्ने हो भने यसमा हामी यिनीहरुको स्थिरता अस्थिरता स्पष्ट देख्न सकिन्छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ