अर्जुनले श्रीकृष्णलाई गुरुहरूका गुरु भनेर किन पुकारे ?

सबै धर्मको मुलमा अनुभति

प्रकाशित मिति : २०७६ असार १८ बुधबार

काठमाडौं । आज हाम्रा अघि धेरै धर्महरु छन् । ईसाइ धर्म छ, जैन धर्म छ, हिन्दू धर्म छ, मुस्लिम धर्म छ। सिख धर्म, बौद्ध धर्म, पारसी धर्म लगायत धेरै धर्म हाम्रो सामु छन्। यी धर्मका जुन प्रणेता भए, महापुरुष र अवतारी पुरुष भए सबैले आफ्नो जीवन भित्र त्यस अनुभूतिलाई प्रतिपादन गरे।

कुरुक्षेत्रको मैदानमा भगवान कृष्णले कर्मको एक महान सिद्धान्तको उपदेश दिइरहनुभएको थियो। साथै उहाँले अर्जुनलाई अनुभूति पनि दिइरहनुभएको थियो।अर्जुन आफ्नो जीवनमा पहिलो पटक त्यस विराट स्वरुपको अनुभव गरिरहेका थिए। त्यसक्रममा श्रीकृष्णले विवेचन गर्दै अर्जुनलाई सिद्धान्तहरु बताइरहनु भएको थियो। त्यस सिद्धान्तको पछि-पछि एक अनुभूतिको आधारशिला पनि दिइदै थियो। जुन अनुभुतिको अघि अर्जुन नतमस्तक हुँदै प्रार्थना गर्छन्,'प्रभु मैले तपाईलाई यादव भने, साथी भने यसको लागि मलाई क्षमा गर्नुहोला किनभने तपाई त गुरुहरुको पनि गुरु हुनुहुन्छ ।'

तपाई पुरै संसारका गुरुहरुको पनि गुरु हुनुहुन्छ भन्दै अर्जुन द्वारिकाका शासक द्वारिकाधीश श्रीकृष्णलाई यो उपाधि दिइरहेका थिए। यहाँ विचार गर्नुपर्ने कुरा यो छ की यस उपाधि दिनुको पछाडि, अर्जुनले आफ्नो जीवनमा कुन चाहि त्यस्तो अनुभूति प्राप्त गरेका थिए। हो अर्जुनले प्राप्त गरेको त्यो अनुभूति नै धर्मको सार तत्व हो ।

त्यहि अनुभुति प्राप्त गरेपछि गुरु नानकदेवले तिम्रो-तिम्रो भनेर आफ्नो दोकानको सबै सामान, अन्नलाई जनता जनार्दनमा बाँडे ।

महात्मा बुद्धले सोहि अनुभूतिलाई प्राप्त गर्नको लागि संसारका सबै वैभवलाई त्यागे। बोद्धवृक्षको मुनि त्यस अनुभूतिलाई प्राप्त गरेपछि उनले भने,'यो संसार क्षणिक छ, निर्वाण प्राप्तिको लागि आत्मा साधना गर ।'

सन्त ईसामसीहले त्यस अनुभूतिलाई प्राप्त गरेपछि भने (God is spirit and they who worship him should worship him in spirit the truth)  भगवान जुन हुनुहुन्छ वहाँ आत्मारुपमा हुनुहुन्छ, जो उहाँको पुजा गर्न चाहन्छ, उनिहरुले आत्मामा नै, सत्यमा नै उहाँको पूजा गर्नुपर्छ ।

महावीर स्वामीले त्यस अनुभुतिलाई प्राप्त गरेर जब हिड्न थाले तब यति आनन्दमग्न भए की बाटोका काँडाहरुमा अल्झिएर उनका बस्त्रहरु च्यातिए, उनि निर्वस्त्र भए तर पनि उनि हिडिरहे। मानिसहरु सामु आफ्नो अनुभूतिको प्रचार गरे ।

हजरत मुसा पहाडमा गए, त्यहाँ बसेर जब उनले परमात्माको, खुदाको अनुभुति एक जल्दै गरेको झाडिको रुपमा, प्रकाश रुपमा गरे तब त्यस अनूभूतिलाई प्राप्त गरेपछि उनि पहाड मुनि आए र त्यसको उनले प्रचार गरे ।

तपाई कुनै पनि धर्मको गहिराइमा जानुहोस तब तपाई देख्नुहुनेछ कि त्यस धर्मका प्रणेता, ती महानपुरुषहरुले आफ्नो जीवनमा विशेष अनुभुतिलाई प्राप्त गरेका थिए। त्यसै अनुभूतिको प्रचार गर्नको लागि उनिहरु जनमानसमा निस्किए । यदि उनिहरुले पनि सो अनुभुतिलाई प्राप्त नगरेको भए उनिहरु पनि सामान्य मानिस सरह हुन्थे ।

यसकारण धर्मको जुन आधारशिल (foundation) छ त्यो हो आध्यात्मिक अनुभुति।  जसलाई आध्यात्मिक अनुभुति प्राप्त हुन्छ उसले धर्मको गुढ रहस्यलाई बुझ्दछ ।

नयाँ