arrow

संस्कृत ग्रामको लागि ५ गाउँमा काम सुरु, केही वर्षमा नै ३ दर्जन गाउँमा सबैले संस्कृत बोल्ने

logo
प्रकाशित २०७६ असार २३ सोमबार
sanskrit-gram.jpg

नयाँ दिल्ली, प्रेट्र। भारतको मानव संसाधन विकास मन्त्रालयका निर्देशनपछि राष्ट्रिय संस्कृत संस्थान (आरकेएस) ले सबै मानिसलाई संस्कृतमा बोल्न सक्ने बनाउनको लागि पाँचवटा गाउँमा काम सुरु गरिसकेको छ । देशभरका विभिन्न पाँच गाउँलाई पहल सुरु भइसकेको भारतको समाचारपत्र दैनिक जागरणले समाचार लेखेको छ । 

राष्ट्रिय संस्कृत संस्थान, दिल्ली, लाल बहादुर शास्त्री राष्ट्रिय संस्कृत विद्यापीठ र तिरुपति स्थित राष्ट्रिय संस्कृत विद्यापीठ यी तीनै केन्द्रीय संस्थान संस्कृत भाषा प्रचारको लागि सक्रिय छ । जसले अहिले पनि ३५०० सालभन्दा पनि अधिक पुरानो भाषा संस्कृतलाई अघि बढाउनको लागि रणनीतिक रुपमा काम अघि बढाइरहेको छ । 

मानव संसाधन विकास मन्त्रालयले तीनै संस्थानको हरेक शाखामा कम्तिमा पनि दुई यस्ता गाउँ विकास गर्नको लागि निर्देशन दिएका थिए । जहाँ केवल मानिसहरु संस्कृत मात्रै बोल्न सकुन् । अहिले संस्थानको भारतभरी कूल १२ वटा केन्द्र रहेको छ । जसमध्ये पहिलो चरणमा ५ गाउँमा संस्कृत ग्रामको निर्माणका लागि पहल सुरु भएको हो। मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, 'आरकेएसले त्रिपुरामा जुबार्ता, हिमाञ्चल प्रदेशमा मसोत, कर्नाटकमा चित्तेबैल, केरलमा अदात र मध्य प्रदेशमा बराई गाउँलाई संस्कृत ग्राम बनाउने निर्णय लिएको हो ।' संस्कृतको विकासका लागि नै यस्तो गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

संस्थान बाहेक अरुले अहिलेसम्म गाउँ निर्धारण गरिसकेका छैनन् । उनीहरुले विस्तारै यसको खोजी गर्ने बताउँदै आएका छन् । गत महिना मात्रै मानव संसाधन विकास मन्त्री रमेश पोखरियाल 'निशंक' को अध्यक्षतामा भएको केन्द्रीय भाषा संस्थानको प्रमुखको बैठकमा संस्कृतलाई अघि बढाउनको लागि कम्तिमा पनि हरेक शाखाको वरिपरि २ गाउँहरु चयन गर्नको लागि निर्देशन दिइएको थियो । 

यी तीन संस्थाले निर्देशन अनुसार संस्कृत ग्राम बनाउन सकेको खण्डमा नयाँ र पुराना गरी अबको १/२ वर्षमा नै तीन दर्जन जति संस्कृत ग्रामहरु बन्ने मन्त्रालयको विश्वास छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ