arrow

१६ संस्कारमध्येको अन्त्येष्टि : यस्तो छ धार्मिक र वैज्ञानिक महत्व 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७६ असार २८ शनिबार
Sorhah-sanskar.jpg

काठमाडौं । हिन्दू संस्कारको १६ संस्कार मध्येको अन्तिम संस्कार हो मृत्यु संस्कार एवं अन्त्येष्टि संस्कार । हिन्दू सनातन धर्ममा पार्थिव शरीरलाई अन्त्य गर्नको लागि आ आफ्नै नियमहरु रहेका हुन्छन् । सनातन धर्ममा साधुको लागि गरिने संस्कार र सामान्य मानिसको लागि गरिने अन्त्येष्टि संस्कारको स्वरुप र विधि भिन्न भिन्न हुन्छ । अन्तिम संस्कारलाई पितृमेध – अन्त्यकर्म – दाहसंस्कार – श्मशान कर्म तथा अन्त्येष्टि कर्म नामले चिन्न गरिन्छ । मृत्युपश्चात गरिने यो संस्कारलाई हिन्दू संस्कारहरुमा विभिन्न किसिमले परिचित गराउने गरिन्छ । जस अनुसार निम्न शास्त्रहरुमा निम्न उल्लेखहरु गरिएका छन् । 

स्कन्दपुराण :
तीराद् गव्यूतिमात्रं तु परितः क्षेत्रमुच्यते । 
अत्र दानं जपो होमो गंगायां नात्र संशयः ।। 
अत्रस्थास्त्रिदिवं यान्ति ये मृता न पुनर्भवाः ।

लिंगपुराणे :
शालग्रामसमीपे तु क्रोशमात्रं समन्ततः । 
कीकटेपि मृतो याति वैकुण्ठभवनं नरः ।। 

छान्दोग्योपनिषद्
सर्वखल्विदं ब्रह्म तज्जलानिति शान्त उपासीताथ खलु क्रतुमयः ।
पुरुषो यथाक्रतुरस्मिँल्लोके पुरुषो भवति तथेतः प्रेत्य भवति स क्रतुं कुर्वीत ।।

छान्दोग्योपनिषद्
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् । 
यः प्रयाति स मद्भावं याति नास्त्यत्र संशयः ।। 
यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् । 
तं तमेवैति कौन्तेय सदा तद्भाव भावितः ।।

मृत्यु संस्कारको प्रकार 
विधिको हिसावले अन्त्येष्टि संस्कार दुई किसिमको हुन्छ । 

१. साधारण मानिसको अन्त्येष्टि 
२. सन्यासीको अन्त्येष्टि
साधारण मानिसको मृत्यु र वैतरणीको चर्चा 
नदीं वैतरणीं तर्तु दद्याद्वैतरणीं च गाम् ।     
कृष्णस्तनी सकृष्णांगी सा वै वैतरणी स्मृत ा।। गरुड पुराण

अर्थात, यमकोद्वारमा वैतरणी नामको नदी छ, जो रगत एवं पिप अस्त्रहरुबाट परिपूर्ण छ । जसको मृत्यु हुने समय गौदान गर्दछ त्यस नदीलाई गाईको पु्च्छर समातेर पार गर्न सक्दछ । 

स्कन्दपुराणमा पनि वैतरणीको चर्चा गरिएको छ । 
मृत्युकाले प्रचच्छन्ति ये धेनुं ब्राह्मणाय वै । 
तस्याः पुच्छं समाश्रित्य ते तरन्ति च तां नृप ।।

अन्त्येष्टि संस्कारका नियमहरु
श्रौतसूत्र एवं गृह्यसूत्रहरुले आत्महत्या गरेका र दूर्घटनाका कारण मृत्युभएकाहरुको लागि भिन्न संस्कार व्यवस्था गरेको छ । 
–    सूर्यास्त भन्दा पूर्व दाहसंस्कार गर्नुपर्ने,
–    साधुहरुबाहेक अरुको जलाउनु पर्ने, साधुको भने समाधि हुन्छ ।
–    यदि प्रेत वा मृतक पुरुष भए पुरुष र स्त्री भए स्त्रीहरुले श्मसान लैजान‘ पूर्व स्नान गराउनु पर्दछ । 
–    स्नान पछि सुगन्ध लेपन र नवीन वस्त्र धारण गराउनु पर्दछ । 
–    यदि शव बोक्ने पालकी छैन भने बाँस काटेर त्यसलाई व्यवस्थित पालकी जस्तो बनाईन्छ । 
–    –मृत्युस्थलबाट शवलाई उठाउने बेलामा मृतकका निकटस्थ (भएसम्म छोरा)ले पहिले काँध दिनुपर्छ ।
–    घरमा गर्ने सबै कर्महरु सकेपछि इष्टमित्रहरुले उठाएर विस्तारै विस्तारै मशानघाट तिर लैजान्छन् । यसरी घाटमा लैजाने समयमा पनि पुरुष सुक्त वा अन्य वेदको मन्त्रहरु पाठ गर्दै जाने गरिन्छ ।
–    शव यात्राको क्रममा यजुर्वेदका मन्त्रहरु ‘ॐ कृतो स्मर’ वा ‘ॐ खं ब्रह्म’ भन्ने मन्त्र वाचन गर्दै जाने गरिन्छ। 
यसरी अन्त्यष्टि संस्कारमा मृतकको घरबाट १०० गजसम्मको घरका मानिसहरुलाई अन्तिम संस्कारमा सामेल हुनु अनिवार्य छ । वेदी निर्माण गर्दा कुनै पुरुष खडा भएर माथि हात उठाउँदा जति माथि पुग्छ । त्यति अग्लो हुनु पर्दछ । त्यो वेदीमा थोरै पानी छर्किएर सम्भव भएसम्म गोबरले लिपेर मात्रै शवलाई राख्नु पर्दछ । 

पार्थिव शरीर परिक्रमाको नियम  
श्मसानमा लिएर जानु पूर्व घरमा कुटुम्बहरुले मृत व्यक्तिको पार्थिव शरीरको परिक्रमा गर्ने गर्दछन् । पछि दाह संस्कारको समयमा दाहसंस्कार गर्ने व्यक्तिले एउटा प्वाल परेको घडामा जल लिएर चितामा राखेको पार्थिव शरीरलाई परिक्रमा गर्दछ । जसको अन्तमा त्यो घडालाई फुटाउने पनि चलन छ । यस्ता मृत व्यक्तिको शरीरबाट मोहभंग गराउनको लागि यस्तो गरिन्छ । यसको अर्थ यो पनि भनिन्छ कि हाम्रो जीवन यो क्षेदरुपी घडा समान हुन्छ । जसमा आयु रुपी पानी हरपल खसिरहन्छ र त्यसको अन्त्यमा सबैकुरा छाडेर जीवात्माको परमात्मामा लीन हुने समय आउँछ भन्ने कुरा पनि जन विश्वासमा पाईन्छ । 

पार्थिव शरीरको दिशा अनुसारको व्यवस्थापन
सधैंभरी पार्थिव शरीरलाई लिएर जाने समय शवको शिर अगाडि र खुट्टा पछाडि पारिन्छ । फेरि एक ठाउँमा विश्रान्त स्थल  हुन्छ र त्यहाँ मृत देहको एक वेदीमा  राखिन्छ । त्यसकारण अन्तिम पटक व्यक्ति यस संसारलाई देखोस् । त्यसपछि देहको दिशा बदलिन्छ । विश्रान्ति पछि खुट्टा अगाडि र शिर पछाडि पारिन्छ । यसको अर्थ हुन्छ मृत शरीर श्मशानलाई देख्दै अघि बढ्न सकोस् । चितामा राख्ने समयमा पनि शिरलाई चितामा दक्षिणपट्टि राखेर जलाइन्छ । 

मरणासन्न व्यक्तिको शिर उत्तरपट्टि फर्काइन्छ । त्यस्तै मृत्यु भइसकेका व्यक्तिहरुको शिर दक्षिणपट्टि फर्काइन्छ । मान्यता यो छ कि यदि कुनै पनि व्यक्तिको प्राण जानमा कस्ट भयो भने पनि मस्तिष्क उत्तर दिशा तर्फ राख्दा गुरुत्वाकर्षणको कारण प्राण शीघ्र र कम कष्टपूर्ण रुपमा नै जान्छ भन्ने विश्वास छ । त्यही मृत्यु पश्चात दक्षिणको तर्फ शिर राख्नुको कारण भनेको शास्त्रानुसार दक्षिण दिशा मृत्युको देवता यमराजको हो । यस्तो हामी पार्थिव शरीरलाई मृत्यु देवतासामु समर्पित गर्दछौं । 

अग्नी प्रज्वालन विधि
सबै विधि पूरा भएपछि सामान्य व्यक्तिको हकमा  आफ्ना निकटस्थ आफन्त, ज्येष्ठ पुत्र, पति या अरु कोही मित्रले अग्नि प्रज्वालन गर्नु पर्दछ । सन्यासीको हकमा प्रधान शिष्य, घिउको बत्ति बालेर कपुर लगाएर शिरबाट जलाउन सुरु गरिन्छ । त्यो भन्दा पहिले दक्षिणबाट चार पटक परिक्रमा गरि मन्त्र उच्चाहरण गरी आगो लगाईन्छ । 

श्मसानमा दाहसंस्कारको विधि 
यदि श्मसानमा पुरानो वेदी बनाईएको छैन भने नयाँ वेदी भूमिमा खनेर वेदी निर्माण गर्नुपर्छ । त्यो स्थान आफ्नो बस्तीबाट दक्षिण तथा आग्नेय (दक्षिण पूर्व) अथवा नैऋत्य (दक्षिण पश्चिम) कोणमा हुनु पर्दछ । मृतकको खुट्टा दक्षिण नैऋत्य अथवा दक्षिण आग्नेय कोणमा रहन्छ । शिर उत्तर इशान वा वायव्य कोणमा हुनु पर्दछ । वेदीमा खुट्टा केही तल र शिर केही माथि हुनु पर्दछ ।

स्नान तथा मृत्यु स्थानमा यज्ञ
आहुति दिएपछि सबै आफन्त र इष्टमित्रहरु सबै एकै ठाउँमा जम्मा भएर सबै जीवको नियामक यम नाम थरेका परमेश्वरसँग मृत पुरुषको सद्गतिको प्रार्थना गरिन्छ । जब शरीर भस्म हुन्छ । त्यसपछि पुनः जनै शस्त्र समेत धोएर उनीहरु स्नान गरेर फर्किनु पर्दछ । फर्किएपछि सके सोही दिन नभएपनि भोलिपल्ट मृत्यु स्थानमा शुद्ध गरी यज्ञ गर्नु पर्दछ । त्यसको लागि इश्वरोपासना, स्वस्तिवाचन, शान्तिकरणको मन्त्रद्वारा  यज्ञ गरिन्छ । त्यसपछि सुगन्धआदि मिलेको घिउले आहुति दिनु पर्दछ । यसको कारण मृतकको दूर्गन्ध घरमा नफैलियोस् भन्नको लागि हो । यो कर्म मृत्यु भएको दिन र दोस्रो दिन गरिन्छ ।  

अस्तु चयन तथा भस्म प्रवाह
तेस्रो दिन मृतकका पुत्र तथा कोही अरु सम्बन्धित व्यक्ति श्मसानमा गएर अस्तु उठाएर शुद्ध बस्त्रमा त्यसलाई एकत्रित गरी सोही श्मसान भूमिको केहि टाढा राखिदिनु पर्दछ वा नदिमा प्रवाह गरिदिनु पर्दछ । त्यसपछि पछि मृतकको लागि कुनै पनि कर्म आवश्यक छैन । यो दयानन्द सरस्वतीको मतमा हो । अरुले भने एक वर्ष, ४५ दिन वा १३ दिनसम्म बस्नै पर्ने भनेका छन् ।

विज्ञानको कार्यकारणको नियम र मृत्यु संस्कार 
विज्ञान र वेदान्तमा पनि कार्यकारणको नियम रहेको छ । अर्थात् जहाँ कार्य हुन्छ त्यहाँ अवश्य पनि कारण हुन्छ । दार्शनिक परिभाषामा कारण कार्यको नियमको स्वरुप दर्शाउन गीतामा भनिएको छ नासतो विद्यते भावः नाभावः विद्यते शत: अर्थात् जो असत् छ । उसको सत्ता हुनै सक्दैन र जो सत् छ उसको अभाव हुनै सक्दैन । यही अखण्ड नियम अनुसार नै हिन्दूहरुको अन्त्येष्टि संस्कार तयार पारिएको देखिन्छ । 

स्वजनको मृत्युमा मुण्डन संस्कार किन
हिन्दू र जैन धर्ममा मुण्डन संस्कार ३ समयमा गरिन्छ । पहिलो बच्चा हुँदा, दोस्रो गायत्री मन्त्र या दीक्षा लिने समयमा र तेस्रो कुनैपनि स्वजनको मृत्यु हुँदा । यसका अलावा यज्ञादि विशेष कर्म र तीर्थमा जाँदा पनि मुण्डन गर्ने गरिन्छ । दाह संस्कारको समयमा मुण्डन गराउनुको पछि पनि दुई कारणहरु रहेका छन् । पहिलो यो मृत व्यक्तिको प्रति श्रद्धा र सम्मान हो भने दोस्रो सबै किसिमका संक्रमणहरुबाट बच्नको लागि पनि कपाल काट्ने गरिन्छ । 

अन्त्येष्टि संस्कार कति दिनसम्म ? 
भस्मापिन्त शरीरम् । यजुः अ. ४० । म. १५ ।। १
निषेकादिश्मशानान्तो मन्त्रौर्यस्योदितो विधिः । २ मनु

अर्थ : यस शरीरको संस्कार(भस्मान्तम्) अर्थात् भस्म पर्यन्तसम्म मात्रै हो । तर, गरुडपुराण आदिमा दशगात्रा, एकादशाह, द्वादशाह, सपिण्डी कर्म, मासिक, वार्षिक, गयाश्राण् आदि क्रिया लेखिएको छ । वेदसँग बाझिएको हकसम्म सबै ग्रन्थ असिद्ध सावित 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ