arrow

अमरदासबाट ब्रह्मचारीले लिएनन् दान, यसरी बने शिखहरुका गुरु

logo
अध्यात्म १०,
प्रकाशित २०७६ असार २९ आइतबार
Guru-Amar-Das1.jpg

काठमाडौं । शिखहरुका गुरु अमरदासले आत्मज्ञान खोजिमा धेरै यात्रा गरे, भ्रमण गरे । यहाँसम्म कि पच्चीस, छब्बिस पटक उनी खालि खुट्टा आफ्नो घरबाट हरिद्वारसम्म पैदल यात्रा गरे । अमरदास भित्र यस्तो लगन, श्रद्धा र भक्ति भाव  थियो । सधु सन्तको समाजमा पनि उनी जान्थे र दान पुण्य गर्दथे ।

यस्तो गर्दा गर्दै एकपटक उनी यात्रामा निस्किए तब उनको एक ब्रह्मचारी महराजसँग भेट भयो ।

 ब्रह्मचारीलाई जब उनले दान दिन थाले तब ब्रह्मचारीले सोधे,'तपाई दान त दिइरहनुभएको छ  तर पहिले यो बताउनुहोस कि तपाई कुन आशयले यो गरिरहनुभएको छ ?' अमरदासले भने,'म त भगवानको भक्त हुँ, यहाँ तपाईलाई देखेर प्रभावित भए, म चहान्छु कि तपाई मबाट दान ग्रहण गर्नुहोस ।'

ब्रह्मचारीले फेरी सोधे,' तपाईको गुरु महराज को हो ?' उनले भने,' मेरो उमेर त ज्याद भएको छ तर अहिलेसम्म मैले कुनै साचो गुरु भेटाइन जस कारण अहिले म निगुरा (गुरु नबनाएको ब्यक्ति) छुँ ।'
 तब ब्रह्मचारीले भने,'महराज त्यसो भए त यो जुन भिक्षा छ, म तपाईबाट ग्रहण गर्दिन किनभने निगुराको हातबाट भिक्षा लिनु पापभन्दा निष्कृष्ट हुन्छ, मलाई क्षमा गर्नुहोला, तपाईको भिक्षा म लिन सक्दिन ।'

अमरदास जी सोच्न थाले,'मैले थेरै यात्रा गरे तिर्थमा पनि गए, मैले व्रत पनि गरे, कति धेरै दान गरे तर यो कुन प्रकारको ब्रह्मचारी हो, जुन मेरो कुनै गुरु नहुनाले मबाट दान लिन चाहि रहेको छैन ।'

उनको मनमा ठेस लाग्यो ।  सन्तहरुको काम नै मानिसहरुलाई ठेस पुर्‍याउनु हो जसबाट उनीहरुले सत्यको ज्ञान गरुन् । ब्रह्मचारीको यस प्रकारको हर्कतले अमरदास भित्र आँधी चल्यो, हलचल मचियो, सोचे,' मेले सबै गरे, गराए ती सबै निष्फल हुन गइरहेको छ अब म के गरु?'

उनले अवश्य गुरु बनाउने संकल्प गरे।  तर जहाँ पनि उनी गए संतुष्टि भएनन् किनभने त्यहाँ केवल  बाहिरि कुराहरु (भौतिक बस्‍तु) लाई नै सम्झाइन्थ्यो । बाहिरको तालीम त मानिसले स्कूल र विद्यालयमा पनि हासिल गर्न सक्छन् तर कुरा रुहानी तालिमको थियो आफ्नो अर्न्तजगतमा कसरी प्रवेश गर्ने ।

धेरै खोज गरेपछि पनि उनले साचो महापुरुष पाएनन्, समयको रुहानी बादशाहको पत्ता लागेन तब थाकेर आफ्नो घरमा बसे । एक दिन उनको घरमा उनको भतिजा आफ्नो पत्नीसँग आए । भोलि पल्ट विहान भतिजाको पत्नी गुरुवाणीको पाठ गर्न थालिन् र त्यस गुरुवाणीमा जब विवेकपूर्ण, मर्मको कुरा निस्कन लाग्यो तब अमरदासले सोधे,'बुहारी यो कुन महापुरुषको बाणी हो र के यस्तो क्रियात्मक ज्ञान प्रदान गर्ने कुनै साचो गुरु छन् ?'

बुहारीले भनिन्,'बुवा यो बाबा नानकदेवको वाणी हो र समयका सद्गुरु श्री अंगददेव महाराज मौजुद हुनुहुन्छ । यदि तपाई उहाँ भएको ठाँउमा जानु भए तपाईलाई ईश्वरीय ज्ञान प्रप्त गर्न सक्नुहुनेछ ।'

अमरदासले जब यो थाहा भए, जो जीवनको लक्ष्य छ रुहानी तालीम त्यो मिल्न सक्छ, तब कसरी चुपचाप बस्न सक्थे । अमरदास जी पुगे गुरु महाराज भएको ठाँउमा उनले भने,'महराज मलाई केहि सेवा भन्नुहोस जसबाट मेरो मनको विकार समाप्त होस । जब म पवित्र भएर ज्ञानका अधिकारी बान्छु तब तपाईले मलाई कृपा गर्नुहोला ।'

उनले महराजको सेवा गरे । अंगददेवले उनको सेवाबाट प्रशन्न भएर आत्मज्ञान दिए ।  पछि उनी नै  शिखहरुका गुरु अमरदास भनेर चिनिए ।

गुरू अंगददेवले गुरू अमरदासलाई 'तृतीय नानक' को रूपमा मार्च १५५२ मा ७३ वर्षको उमेरमा स्थापित गरेका हुन् । गुरू अमरदास जीको भक्ति एवं सेवा गुरू अंगदजीको शिक्षाको परिणाम थियो ।

अमरदासले आफ्नो कार्यको केन्द्र एक नयाँ स्थान गोइन्दवाललाई बनाए । यही पछि एक ठुलो शहरको रूपमा प्रसिद्ध भयो । त्यहां उनले संगतको रचना गरेर सिख विचारधाराको प्रसार गरे । उनले त्यहां सिख संगतलाई प्रचारको लागि सुसंगठित गरे । विचारको प्रसारको लागि २२ धार्मिक केन्द्रहरु 'मंजियां' को स्थापना गरियो ।

हरेक केन्द्र वा मंजीमा एक प्रचारक प्रभारीलाई नियुक्त गरियो । जसमा एक रहतवान सिख आफ्नो दायित्वका अनुसार धर्मको प्रचार गर्दथे । गुरु अमरदासले स्वयं एवं सिख प्रचारकहरुलाई भारतको विभिन्न भागहरुमा पठाएर सिख पथको प्रचार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ