- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आज मानिसहरु धर्मको बिषयमा ठूला ठूला व्याख्या गर्छन् तर वास्तवमा धर्म के हो बुझेका छैनन् । धर्म शब्द 'ध' धातुबाट बनेको हो। जसको अर्थ धारण गर्नु हो, अपनाउनु हो । जब जब महापुरुषहरु यस संसारमा आए उनिहरुले आफ्नो समयमा मानिसहरुलाई जुन धर्मको ज्ञान प्रदान गरे, त्यो ज्ञान पुस्तकीय ज्ञान थिएन आत्मा शक्तिको ज्ञान थियो, अध्यात्मको ज्ञान थियो। त्यस ज्ञानलाई जब व्यक्तिहरुले आफ्नो हृदयमा धारण गरे, आफ्नो हृदयमा त्यसको प्रत्यक्ष अनुभूति गरे तब त्यो धर्म बन्यो । अत: धर्म कुनै पुस्तकीय ज्ञान होइन यो अन्तर्जगतमा परमात्माको अनुभुति हो, आत्मज्ञान हो ।
एक गुरुको चीनमा आश्रम थियो । साथै उनि वृद्ध हुदै गएका थिए । उनले सोचे, 'म केहि दिनपछि देह त्याग्न जादैछु। मेरो अनुपस्थिकिमा यो मेरो आश्रम कुनै योग्य व्यक्तिले संचालन गरोस् ।' उनि सुयोग्य व्यक्तिको खोजिमा थिए । उनका एक से एक निकै पारंगत विद्वान र पढेलेखेका शिष्य थिए ।
एक दिन उनको आश्रममा एक व्यक्ति आएर भने,' गुरुदेव म तपाईको आश्रममा संन्यासी हुन चाहन्छु ।'
ती गुरुले निकै अनुभवपूर्ण कुरा सोधे,' भाइ तिमि संन्यासी हुन चाहन्छौ कि सन्यासी भएको देखाउन चाहन्छौ ?'
उनले भने,'महाराज यदि मलाई संन्यासी बनेर देखाउन हुन्थ्यो भने बजारबाट केहि रंग किनेर लुगा रंगाएर सजिलै संन्यासी बन्न सक्थे तर मलाई संन्यासी देखाउन नभइ मलाई अन्तरात्माबाट संन्यासी बन्नु छ, कृपया गरेर मलाई यस्तो मार्गदर्शन दिनुहोस कि म संन्यासी बन्न सकुँ ।'
गुरुले भने,'ठिक छ मेरो आश्रममा आटा पिस्ने चक्की छ तिमि त्यसलाई चलाउ। जब सबैले खाना खानेछन् तब चुल्हो चौकाको सफाइ गर्नु। सुन म भएको ठाँउमा नआउनु, मलाई जब आवश्यकता हुनेछ म तिमि भएको ठाँउमा आउनेछु । तिमि आफ्नो काममा केन्द्रीत हुनु ।'
जहाँ ठुला ठुला विद्वान शास्त्रार्थ गर्दथे, ज्ञानको चर्चा गर्दथे त्यहाँ एक व्यक्ति संन्यासी हुनको लागि पुगेका थिए। तर त्यहाँ ति व्यक्ति आफ्नो गुरुको आज्ञाबाट चक्की चलाइ रहेका छन्, चुल्हो चौकाको सफाइ गरिरहेका छन्, सम्पिएको सेवा कार्य गरिरहेका छ्न् । समय बित्दै गयो र ती व्यक्ति मनलाई एकाग्र गरेर निष्ठाले निश्चषात्मक बुद्धिबाट, दृढ धारणाबाट आफ्नो काममा लागि रहे। उनलाई यस कुराको संदेह थिएन गुरुले मलाई भुल्नुभयो मलाई संदेश मिलेन। यी समस्त चिन्ताहरुलाई छोडेर उनि आफ्नो कार्यमा संलग्न भइरहे ।
केहि दिनपछि गुरुले सोचे, 'निकै समय वित्यो मैले उत्तराधिकारीको चयन गर्नुपर्नेछ ।' तब उनले घोषणा गरे ,' जो तीन पंत्तिहरुमा धर्मको सारलाई लेखेर दिनेछ, त्यसलाई म आफ्नो उत्तराधिकारी घोषित गर्नेछु ।' ठुला ठुला विद्वान आए र आश्रममा चर्चा हुन थाल्यो ।
एक निकै विद्वान व्यक्तिले धेरै सोच बिचार गरेर अनेक शास्त्रहरुलाई हेरे पश्चात धर्मको सारलाई तीन लाइनमा एक पर्खालमा लेखे,'आत्मा एक दर्पणको भाति छ । त्यसमाथि विकारहरुको धुलो जम्छ । त्यस धुलोलाई सफा गर्ने साधन नै धर्म हो । ' निकै सुन्दर कुरा लेखे । धर्मको गहन विषयलाई गागरमा सागर भाति तीन पंत्तिहरुमा समेटेर राखिदिए । पुरै आश्रममा उनको प्रशंसा हुन थाल्यो, धेरै किताव हेरेपछि, अध्ययन गरेपछि यो सारांश लेखिएको थियो ।
प्रात: कालमा गुरुमहराज निस्किए पर्खालमा लेखिएको पंक्तिहरुलाई हेरेर भने,'यो कचडा यो बेकारको कुरा कसले लेखेको हो ?'
सबै शिष्य आश्चर्यचकित थए भने,'विचित्रको कुरा छ सबै पुस्तकहरुको सारांशलाई गुरुमहाराजले कचडा भन्नुभयो, त्यो भन्दा राम्रो अरु के नै लेख्न सकिन्छ ।' यस प्रकारको चर्चा आश्रममा भइरहेको थियो ।
तब ती व्यक्ति जो चक्की चलाउथे, सफाइ गर्दथे उनले पनि चर्चा सुने । उनले भने,'भाइ गुरुमहाराजले ठिक भन्नुभएको हो, वास्तवमा कचडा नै लेखिएको छ ।'
अरु शिष्यहरुले भने,'अरे तिमि चक्कि चलाउनेवाला त धर्मको रहस्यलाई के सम्झन्छौं ? तिमि आश्रममा छौं वा छैनौं यो कसैलाई पनि थाहा छैन र आज तिमि धर्मको बारेमा बोलिरहेको छौं।'
उनले भने, 'तपाई सबैजना मेरो गुरुभाइ हुनुहुन्छ तर विचार गर्नुहोस आत्मा लेख्नेको बिषय होइन । जसले धर्मलाई लेखे, उसले धर्मलाई जानेन् र जसले धर्मलाई जान्दछ उसले धर्मलाई लेख्न सक्दैन । जसरी लाटाहरुले गुण खाएपछि उसले त्यसको स्वादको बिषयमा सोधे के बताउछ ?'
शिष्यहरुले भने, 'तिमि त ठुला ठुला कुरा गर्दैछौं, ठिक छ तिमिले हामीलाई भन धर्मको सार के हो ? हामी लेखिदिन्छौ।'
उनले भने, 'भाइ अनुभव गर्ने धर्मलाई बताउन सकिदैन तर फेरी पनि तिमिहरु भन्छौ भने म बताउनेछु । तिमिहरूले लेखिदिनु।' तीन लाइनमा उनले भने, 'कसले भन्छ आत्मादर्पण छ, शीश छ ? जब दर्पण नै छैन भने तब त्यसमा धुलो लगाउने प्रश्न नै उठदैन । जसले यसको सारलाई जान्यो, उसले धर्मलाई जान्यो ।' अर्थात आत्मा चेतनाको बिषय हो, त्यसको तुलना हामी पदार्थसँग कसरी गर्न सक्छौ, जसले चेतनाको अनुभूति गर्यो, उसले पदार्थसँग कहिले तुलना गर्ने छैन। जसले चेतनालाई जान्यो, उसले धर्मको सारलाई जान्यो ।
विहानपख गुरु महराज उठे । ती तीन पंक्तिहरुलाई हेरेर भन्न थाले, 'यो व्यक्ति धर्मको सारलाई जान्दछ, यही मेरो उत्तराधिकारी बन्नेछ ।' भनिन्छ -
कहा सुनी की हे नही, देखा देखी बात ।
दूल्हा दुल्हन मिल गये, फीका पडि बारात ।।
जस प्रकार दुलहा दुलहीको मिलनपछि जन्ती खल्लो हुन्छ यस्तै जीवनमा जब चेतनाको अनुभुति हुन्छ जब आत्मा रुपी दुलही परमात्मा रुपी दूल्हासँग मिल्छ तब यो संसार रुपी जन्ती खल्लो बन्दछ। फेरी कथनीमा त्यति स्वाद आउदैन ।
जब व्यक्तिलाई आत्माको, चेतनाको अनुभूति हुन्छ तब उसलाई यो संसारको सबै विषय भोग फिका लाग्छ। त्यो व्यक्ति धर्मको बारेमा कथनीमा मात्र सिमित रहदैन। कथनी केवल जिब्रोको बिषय हो जबकि त्यो जुन अनुभुति छ त्यो आत्माको बिषय हो । त्यहाँ तर्कको कुनै स्थान रहदैन । त्यहाँ केवल त्यस परमपिता परमात्माको, त्यस परमानन्दको अनुभुति नै अनुभूति हुन्छ। र त्यो अनूभुति नै 'धर्म' हो ।