arrow

सबै कुरा प्राप्त गरेर पनि मानव किन अशान्त र दु:खी

सर्वे भवन्तु सुखिन: भाग १

logo
अध्यात्म,
प्रकाशित २०७६ साउन ८ बुधबार
life-after-death.jpg

काठमाडौं । आज विज्ञानले ठूलाठूला चमत्कार गरेको छ। वैज्ञानिकहरुले धेरै आश्चर्यजनक चीजहरुको निर्माण गरेका छन्। तर सबैभन्दा ठूलो चमत्कार  मानिसले आफ्नो नक्कल उतार्न सकेको छैन।

वैज्ञानिकहरुले चमेराको नक्कल गरेर राडर बनाए। पंक्षीहरुको नक्कल गरेर विमान बनाए, माछाको नक्कल गरेर पनडुब्बी बनाए तर आजसम्म मनुष्यको नक्कल उतार्न सकेको छैन । कम्युटर, रोबर्ट आदि अनेको चीज विज्ञान बनाइरहेको छ तर पनि मानवको पूर्ण नक्कल गर्न विज्ञान असमर्थ छ ।

वास्तवमा इश्वरको सृष्टिको जुन क्रम छ,  सुत्र छ, प्रकृतिको जुन रहस्य छ, तिनिहरुको खोज गरि त्यसकै आधारमा चीजहरुलाई मिलाएर विज्ञानले धेरै चीज बनायो । फलामबाट कारहरु बनाए, तामाबाट बिजुलीको तार बनायो  तर फलाम र तामा जुन मूलभुत धातु हुन् यसलाई बनाउन सकेन। सबैभन्दा ठूलो कुरा त विज्ञानले जान्न सकेन कि हामी के हौं र को हौं भनेर।

आज हामीले संसारको कुना कुना खोज्यौ, रकेटद्वारा चन्द्रमा पुग्यौ, जमीनलाई प्वाल पारेर तेल निकाल्यौ, खनिज पदार्थ निकाल्यौ, हीरा मोती आदि प्राप्त गर्‍यौ। समुन्द्रको गहिराइ नाप्यौ तर आफैले आफैलाई चिन्न सकेनौ। यही मानवको सबैभन्दा ठूलो कमी हो । मानव आफैले आफैलाई विर्सियो ।    

एक पटक चार साथीहरु नदी पार गरिरहेका थिए। नदी पार गरेपछि उनिहरुले भन्न थाले हामी कति छौ गन्नु पर्छ। नदी तर्दा हामी मध्ये कसैलाई पानीले बगाएको नहोस । किनकि नदिको धार तेज थियो । पहिलो व्यक्तिले गन्न सुरु गरे एक, दुई, तीन । उनले भने,'भाइ गन्दा त हामी तीन जना छौ । एक त डुबेछ्न् त।'

दोस्रोले भने, 'तिम्रो गन्तीमा गल्ती भएको हुन सक्छ । म गन्छु एक, दुई, तीन र भने सचै हाम्रा एक मित्र पानीमा डूबे ।'

अब ती मानिसहरु काल्पनिक डुब्ने मित्रको लागि विलाप गर्न थाले ।

उनिहरु भन्न थाले हाम्रो एक मित्र डुब्यो भगवान उसको आत्मालाई शान्ति देउ  यसैबीच त्यहाँबाट एक साधु महाराज जादै थिए ।

उनिहरुलाई रोएको देखेर सोधे,'के भयो किन रोएको ?' उनिहरुले भने, 'हाम्रो एक मित्र पानीमा डुबे ।'

उनले सोधे, 'तिमिहरु कती जना थियौ ?'

उनिहरुले भने,'हामी चार मित्र थियौ । अब हामी तीन भयौ ।'

साधु महाराज हास्न थाले। उनले बुझे कि उनिहरु भित्र कमि के छ। गन्नेवालाले आफैले आफैलाई गनि रहेको थिएन। साधु महाराजले उनिहरुको भूलको महशुस गराएर जब उनिहरुले आफैले आफैलाई गने तब चार पुग्यो। गल्ति ठिक भयो। उनको जो डुबेको काल्पनिक मित्र थियो त्यो मिल्यो। उनिहरुले बुझेकी कुनै मित्र पानीमा डुबेको छैन ।

यसैगरी हामीले भने आफैले आफैलाई गनेकौ छैनौ । यहि हालत हाम्रो भएको छ । आज हामी चन्द्रमा, मंगल ग्रह, संसार, तत्वलाई  गन्न थाल्यौ तर आफैलाई हेर्न बिर्सियौ। केवल संसारको जनसंख्यालाई गनि रह्यौ। यही मानवको दुर्भाग्य हो । दुखको मुल कारण यहि हो । जसकारण सबै कुरा प्राप्त भएपछि पनि मानव अशान्त छ, दुखी छ ।

आज विज्ञानले धेरै कुरा दिएको छ तर मानिसलाई शान्ति  दिएन। विज्ञानले कार बनायो, रेल र हवाइजहाज बनायो । दुर्घटना नहोस भनेर तिनिहरुमा ब्रेक बनायो। तर विज्ञानसँग मानवको मन रोक्ने कुने ब्रेक छैन। मानवको मन चंचल र अशान्त छ। जबसम्म मन चंचल र अशान्त रहनेछ मावन कहिले पनि सुख शान्तिलाई प्राप्त गर्न सक्नेछैन। धनी देशका मानिसहरु पनि अशान्त  छन्। कोहि राजा बनेर पनि दुखी छन् त कोहि गरीब भएर सुखी बन्ने आशामा छन्। संसारको कण कणमा खोजौ सुखी कोहि मिल्ने छैन। सबै दुखी छन् ।

सुखी तीनै छन् जसले आफ्नो मनको निरोध गरेर आफैले आफैलाई चिने, आत्मालाई चिने । केवल जसले मनलाई रोके, चित्तवृतिको निरोध गरे, त्यही सुखी छन्, बाँकी सबै जग दुखी छ ।

यसैमा एक रमाइलो प्रसंग छ। केहि मानिस सुखी को छ भनेर खोज्न निस्किए -

तब उनिहरु भगवान शिव भएको ठाँउमा पुगे तब उहाँ निकै उदास बस्नुभएको थियो । उहाँले भन्नुभयो, ' मेरो छोरा कार्तिकेय जब मयुरमा बसेर आउछ तब उसको मयूरले मेरो सर्पलाई खानलाई कुद्छ मेरो गलाको सर्प भाग्छ मलाई यो दुख लाग्छ।

गणेशजी भएको ठाँउमा जादा उहाँ पनि उदास देखिनुभयो । सोधियो तब उहाँले भन्नुभयो , 'म आफ्नो पिता भएको ठाँउमा जान्छु तब उहाँको गलाको सर्प मेरो वाहन मुसालाई खान खोज्छ। मुसा पनि ज्यान बचाउन त्यहाँबाट भाग्छ मलाई यसै बिषयमा दुख लाग्छ ।'

अघि गएर उनिहरुले ब्रह्माजीलाई भेटे । सोधे तपाई किन अशान्त बस्नु भएको छ ?  उहाँले भन्नुभयो,'सारा जगतलाई उत्पन्न गर्ने वाला नर-नारीहरुलाई बनाउनेवाला म एक गंगोत्रीको रुपमा स्थित छु तर मलाई दुख छ कि मेरो छोरो नारद कसैसँग विवाह गर्दैन ।'

त्यहाँबाट उनिहरु अघि गए तब देखे भगवान बिष्णु पनि उदास बस्नुभएको छ । कारणमा उहाँले भन्नुभयो,' मेरो जति दुख कसैलाई पनि छैन। मेरो पत्नी देवि लक्ष्मी मानिसहरुको घरघरमा घुमि रहन्छिन् । सेठहरुको तिजोरीमा बसि रहन्छिन् त्यो भन्दा ठूलो अर्को दुख के हुन सक्छ।'

भन्नुको तात्पर्य संसारमा दुखै दुख छ । त्यसको निवारणको लागि पहिले आफुले आफुलाई चिन्नु पर्नेछ । सुख आफै भित्र छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ