arrow

अन्तरिक्षमै रहन्छन् भगवानहरु, तर मनुष्य पुग्नै सक्दैनन्

logo
प्रकाशित २०७६ साउन ११ शनिबार
antarichha-god.jpg

काठमाडौं । हामी यहाँ केवल भगवानको होईन, ईश्वर या परमात्मा वा ब्रह्मको कुरा गरिरहेका छौं । हाल आएर मानिसहरुलाई 'भगवान' शब्दलाई 'ईश्वर' सँग जोड्न थालियो । तर, कोही मानिस देवता या भगवान पनि बन्न सक्दछ ? यो विषयमा भने धेरैको चासो हुनेगरेको छ । माथि भनिएजस्तै भगवान जो कोही पनि बन्न सक्छ र ईश्वर केवल अजन्मा, अप्रकट र निराकार मात्रै हुन्छन्। परमात्मा वा ईश्वर सूर्यको प्रकाश जस्तो अन्तरिक्षमा अरबौं योजन टाढासम्म सत्यलोकमा रहनेगरेका छन् । 

१. गीतामा भनिएको छ यो सृष्टि उल्टे वृक्षको रुपमा बढिरहेको छ । यसको मतलब यो हो कि यस ब्रह्माण्डको बीज माथि रहेको छ भने फल तल लाग्ने गर्दछ । यी सम्पूर्ण ताराहरु, ग्रह र नक्षत्र, पशु, पक्षी, मनुष्‍य आदि फल हो। जहाँबाट बीज भयो त्यहाँ नै ईश्वर मौजूद रहेका छन् । यसको मतलब यो हो कि सृष्टिको २ किनाराहरु रहेका छन् । पहिलो किनारामा बीज र दोस्रोमा किनारामा फल रहेको हुन्छ । यसको मतलब यो हो कि यसको एक किनारमा ब्रह्माण्ड रहेको छ र अर्को किनारामा ब्रह्म (ईश्वर) रहेका छन् ।

२. मनुष्यको शरीर समेत एक उल्टो वृक्षको रुपमा रहेको हुन्छ । मस्तिष्क एक बीजको खोल हो। यसमा जहाँ शिरको शिखा हुन्छ त्यहिँ बीज स्थित हुन्छ । अर्थात जसले सहस्रार चक्र समेत भन्ने गरिन्छ । यस मस्तिष्कको भित्र केन्द्रमा आत्माको निवास हुन्छ । यसको मतलब यस शरीरको दुई किनाराहरु हुन्छ । एक किनारामा सहस्रार र दोस्रो किनारामा मूलाधार चक्र रहेको हुन्छ । बीचमा अनाहत चक्र रहेको हुन्छ।

३. यस ब्रह्माण्डमा विज्ञानका अनुसार ग्रह-नक्षत्र र कैयौं आकाश गंगाहरु (ग्यालेक्सी) रहेका हुन्छन्। तर, हिन्दू धर्मले यस ब्रह्माण्डलाई ३ भागमा विभाजित गरेको छ । 

१. कृतक त्रैलोक्य, 
२. महर्लोक र 
३. अकृतक त्रैलोक्य। 

यसैलाई वेदमा पञ्च कोषवाला सृष्टि भन्ने गरिन्छ । जड, प्राण, मन, बुद्धि र आनन्द।

* कृतक त्रैलोक्य- कृतक त्रैलोक्यको ३ भाग हुन्छ - भूलोक, भुवर्लोक, स्वर्लोक। यी तीनै नश्वर हुन्। यसको एक निश्‍चित आयु हुन्छ। जति दूरसम्म सूर्य, चन्द्रमा आदिको प्रकाश जान्छ । त्यो भूलोक, भूलोक र सूर्यको बीचको स्थानलाई भुवर्लोक भनिन्छ । यसमा सबै ग्रह-नक्षत्रको मण्डल रहेको हुन्छ । यसपछि सूर्य र ध्रुवको बीच जुन १४ लाख योजनको अन्तर हुन्छ, त्यसलाई स्वर्लोक या स्वर्गलोक भन्ने गरिन्छ । यसैबीचमा सप्तर्षिको मण्डल छ र ध्रुवलोक स्थित रहेको छ।

*महर्लोक- कृतक त्रैलोक्यमा स्थित ध्रुवलोकसँग १ करोड योजन माथि महर्लोक रहेको छ। कृतक र अकृतक लोकको बीच स्थित रहेको लोक हो 'महर्लोक', जो कल्पको अन्तको प्रलयमा केवल जनशून्य हुन्छ । तर, नष्ट हुँदैन । त्यसैले यसलाई कृतकाकृतक पनि भन्ने गरिन्छ ।

*अकृतक त्रैलोक्य- कृतक र महर्लोकपछि जन, तप र सत्य लोक तीनै अकृतक लोकको नामले चिनिन्छ । अकृतक त्रैलोक्य अर्थात् जो नश्वर होइन । अनश्वर हो। महर्लोकद्वारा २० करोड योजन माथि जनलोक रहेको छ। जनलोकद्वारा ८ करोड योजनमाथि तपलोक छ। तपलोकद्वारा १२ करोड योजनमाथि सत्यलोक रहेको छ। 

ईश्वर कहाँ रहन्छन् ?
भौतिक र गणित विज्ञानका आयाम अर्थात् डायमेन्शनको बारेमा धेरैले पढेका हुनसक्छन् । वैज्ञानिकहरुका अनुसार ब्रह्माण्डमा १० आयाम हुनसक्छ । तर, मोटामोटी हाम्रो ब्रह्माण्ड त्रिआयामी छ। पहिलो आयाम हो त्यसको माथि र तल, दोस्रो हो दायाँ र बायाँ, तेस्रो हो अघि र पछि । यसैलाई हामी थ्रीडी भन्दछौं । यस बाहेक अर्को एक चौथो आयाम पनि रहेको हुन्छ । समयलाई अघि बढिरहेको महसुस गर्न सकिन्छ । हामी यसमा पछि जान सक्दैनौं । 

हाम्रो यो सम्पूर्ण ब्रह्माण्ड यी चार आयामहरुमा आधारित रहेको हुन्छ । तर, हिन्दू धर्मका अनुसार यो नियम केवल कृतक त्रैलोक्यमा  नै लागू हुन्छ । अन्य मानिसहरुमा होइन । वेद र पुराणहरुमा अन्य ग्रह र अन्तरिक्षको बारेमा विस्तारसँग लेखिएको छ । माथि हामीले पहिले नै ३ लोकको बारेमा लेखिसकिएको छ । 

हिन्दू शास्त्रहरुका अनुसार भूलोक, भुवर्लोक, स्वर्लोक हाम्रो त्रिआयामी सृष्टिमा नै निवास गर्दछन् । चौथो आयाम हो समय । पाँचौं आयामलाई ब्रह्मा आयाम भन्ने गरिन्छ । यसै आयाममा ब्रह्मा निवास गर्दछन् । यसै आयामबाट कैयौं तरहको ब्रह्माण्डको उत्पत्ति हुन्छ । यहाँको समय अलग रहेको हुन्छ। जस्तो कि हामीले भनिसकेका छौं ब्रह्माको एक दिन एक कल्पको बराबर हुन्छ । यो स्थान चारै आयामहरु भन्दा बाहिर हुन्छ । 

त्यसपछि छैठौं आयाममा महाविष्णु निवास गर्दछन् । महाविष्णुभित्र ३ भाग हुन्छ - कारणोदकशायी विष्णु, गर्भोदकशायी विष्णु र क्षीरोदकशायी विष्णु। यसमा कारणोदकशायी अर्थात महाविष्णु तत्वादिको निर्माण गर्दछन् । जसद्वारा यी ५ आयामको निर्माण हुन्छ ।

त्यसपछि सातौं आयाम आउँछ । जसलाई सत्य आयाम या ब्रह्म ज्योति पनि भन्ने गरिन्छ । ब्रह्मा होइनन् ब्रह्म ज्योति, जस्तो सूर्यको ज्योति हुन्छ । त्यस्तै आठौं आयाम, जसलाई कैलाश भन्ने गरिन्छ । यस आयाममा भगवान शिवको भौतिक रूप विराजमान हुन्छ । उनको कार्य नै यी सात आयामहरुको सन्तुलन बनाइराख्नु हो । त्यसैले सिद्धयोगी भगवान शिवको आराधना गर्ने गरिन्छ । यस बाहेक नवौं आयाम बैकुण्ड र दशौं आयामलाई अनन्तको रुपमा मान्ने गरिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ