arrow

'थैलो स्वर्गमा दिनु'

शाश्वत खजानालाई प्राप्त गर जसलाई अग्निले जलाउन सक्दैन

logo
गुरुनानक,
प्रकाशित २०७६ साउन २२ बुधबार
guru-nanak1.jpg

काठमाडौं । गुरु नानक देवले एक धनी सेठलाई एक थैलो दिएर भने, 'यसमा केहि अन्न छ, मलाई पछि फिर्ता गर्दिनु ।'
सेठले भने,' हुन्छ । कहा दिनु ?'  
गुरु नानकले भने, 'स्वर्गमा दिनु ।'
सेठले भने, 'महाराज यो थैलो स्वर्गमा कसरी जान्छ ?'
तब गुरु नाकनले भने,' सेठ जब यो थैलो स्वर्ग जान सक्दैन भने तिमिले जुन यत्रो धन संग्रह गरेका छौ । के यो तिमिसँग जानेछ ?'

गुरु नानक भन्छन्, 'सेठ सबै कुरा यहि रहनेछ र जे जति तिमिले गरेका छौ त्यसको हिसाब तिमिले प्रभुको सामु दिनुपर्नेछ । त्यहाँ तिम्रो कर्मको फिल्म तिम्रो सामु आउनेछ । तिमिले के राम्रो काम गर्‍यौ र के नराम्रो । त्यसबाट संसार भित्र रहेका कोहि पनि बच्न सक्दैन । यो घुस, भ्रष्टाचारका  काम यी सब यहाँ मात्र चल्छ। भ्रष्टाचार यहीको अदालतसम्म रहन्छ । यसभन्दा माथि चल्दैन ।  यसकारण आफ्नो कर्मलाई सुधार, आफ्नो बिचारलाई पवित्र बनाउ र प्रभुको नामको जुन माला छ त्यसलाई आफ्नो हृदय भित्र जान । त्यस खजानालाई प्राप्त गर, जुन शाश्वत छ, जसलाई अग्निले जलाउन सक्दैन । शरीर त जलेर खाक हुनेछ तर त्यो प्रभुको नामको कमाइ तिमिसँग जानेछ ।' तब सेठले गुरु नानकसँग क्षमायाचना गरे ।

हामी संसारमा किन आयौ, के प्रयोजन हो संसारमा आउनुको ? संसारका जे छ ती सबै संसारमै रहनेछ । मृत्यु हरेक चीजलाई अर्थहीन गरिदिन्छ। तपाईले निकै ठुलो महल बनाउनुभयो तर तपाईको मृत्यु भए त्यो महल के काम, तपाईले धेरै धन कमाउनुभयो तर तपाई नै नरहे त्यो धन तपाईको के कामको भयो ? तपाईले औषधीहरु जम्मा गर्नुभयो तर तपाई नरहे औषधीको के काम ? चाहे परिवार होस वा ठुला ठुला महल, चाहे धन होस वा औषधी मानिसको जब मृत्यु हुन्छ तब सबै बेकार बन्छन् यी कुनै जानेवाल छैंनन् । गुरु नानक देवले यहि सेठलाई सम्झाएका हुन् ।

एक सिकन्दर युद्ध लड्दै लड्दै जब मरुभूमिमा पुगे तब मरुभूमिमा तिर्खाले सबै सैनिक पछि छोडिए । उसले सोचे, 'म अघि गए सायद कुनै पानी मिल्नेछ ।' उनले गलत बाटो समाते । जब निकै टाढासम्म गए तब केहि मिलेन चारैतर्फ बालुबा नै बालुवा थियो । हिड्दा हिड्दै देखे एक फकीर आइरहेको छ। फकीरसँग एक गिलास पानी छ जसले सिकन्दरको प्यास बुझाउन सक्छ, सिकन्दरलाई त्यो पानीले प्राण दान दिन सक्थ्यो ।  

सिकन्दर त्यस फकीरसँग भन्छन्, 'मलाई यो पानी देउ ।'
फकीर भन्छन्, 'हे भाइ यो पानी त मेरो लागि हो, म यस पानीले मरुभूमिलाई पार गर्नुछ । आफ्नो यात्रा पुरा गर्नुछ।'
सिकन्दरले फकिरसँग भन्छन्, 'कृपा गरेर तपाई मलाई पानी दिनुहोस । म मर्नेछु ।'

फकीर भन्छन्,' भाइ कसरी दिउ मलाई पनि मरुभूमि पार गर्नुछ ।' सिकन्दर भन्छन्, 'जे मसँग छ, जे मेरो राज्यमा छ त्यो सबै म तिमिलाई दिनेछु तर मलाई यो एक गिलास पानी देउ ।'

फकीर हास्दै भन्छन्, ' कति धेरै लडाइ लडेर तिमिले यस राज्यलाई हासिल गर्‍यौ, यति ठुलो साम्राज्य बनायौ र आज त्यसको किमत बस एक गिलास पानी रह्यो ?' तब ती फकीरले सिकन्दरलाई पानी पिलाए ।

भन्नुको मतलब मानिसले त्यस मायाको अभिमान गर्नु हुदैन, जुन एकदिन छुट्नेछ। त्यस मायामा विलीन भएर आत्माको कमाइ गर्नुपर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ