arrow

श्रीमतीप्रति आशक्त रामबोला यसरी बने गोस्वामी तुलसीदास

तुलसीदासको कुटिमा स्वयम राम-लक्ष्मणको पहरा

logo
रामचरितमानस,
प्रकाशित २०७६ साउन २३ बिहिबार
tulsidas-ram.jpg

काठमाडौं । गोस्वामी तुलसीदासको जन्म संवत् १५५४ मा भएको हो । जन्म लिएपछि बालक तुलसीदास रोएनन् उनको मुखबाट रामको शब्द निस्कियो। जन्मदेखिनै उनको मुखमा बत्तीस दाँत थिए । बाल्यवास्थामा यिनको नाम रामबोला थियो। काशीमा शेषसनातनजीसँग रहेर तुलसीदासजीले वेद-वेदांगहरुको अध्ययन गरे।

संवत् १५८३ मा तुलसीदासको विवाह भयो। उनि आफ्नो श्रीमतीलाई धेरै माया गर्थे। एकपटक उनकी श्रीमती आफ्नो माइत गइन् तब उनि पछि लागे र ससुराली पुगे। श्रीमतीले जब यो देखिन् तब उनले तुलसीदासलाई भनिन्, 'जति तपाईलाई मप्रति आशक्ति छ, त्यसको आधी पनि यदि भगवानमा भएको भए तपाईको कल्याण हुने थियो । श्रीमतीको यो कुरा सुनेर तुलसीदासमा वैराग्य उत्पन्न भयो र उनले घर-परिवार छोडेर सन्त बने ।

तीर्थाटन गर्दै तुलसीदासजी काशी गए। त्यहां उनिसँग एक प्रेतको भेट भयो, जसले उनलाई हनुमानजीको ठाँउ बतायो। हनुमानजीसँग भेटेर तुलसीदासजीले श्रीरामको दर्शन गराउन प्रार्थना गरे। तब हनुमानजीले भन्नुभयो,' तपाईको चित्रकूटमा श्रीरामको दर्शन हुनेछ।' यो सुनेर तुलसीदासजी चित्रकूट गए। त्यहाँ उनको श्रीरामको दर्शन भयो तर उनि भगवानलाई चिन्न सकेनन्।

तब हनुमानजीले भने, 'बिहान फेरी तपाईलाई श्रीरामको दर्शन हुनेछ।' संवत १६०७ को मौनी अमावस्यामा श्रीराम बालक रूपमा प्रकट हुनुभयो र उहाँले तलुसीदाससँग चंदन माग्नुभयो। तब हनुमानजीले तोतेका रूप धारण गरेर यो दोहा भने- 'चित्रकूट के घाट पर भइ संतन की भीर। तुससीदास चंदन घिसें तिलक देत रघुबीर।'

तुलसीदासले बुझे कि यही श्रीराम हुन्। श्रीरामले स्वयं आफ्नो हातबाट तुलसीदासजीको निधारमा चंदन लगाउनुभयो र अन्तर्धान हुनु भयो ।

एक रात जब तुलसीदासलाई सपनामा भगवान शंकरले आदेश दिनुभयो, ' तिमि आफ्नो भाषामा काव्य रचना गर।' तुरुन्तै तुलसीदासजीको निन्द्रा खुल्यो र उनि उठेर बसे। तब त्यहाँ भगवान शिव र पार्वती प्रकट हुनुभयो र भन्नुभयो, ' तिमि अयोध्यामा गएर बस र काव्यको रचना गर। मेरो आशीर्वादबाट तिम्रो रचना सामवेद समान फलवती हुनेछ ।' भगवान शिवको आज्ञा मानेर तुलसीदासजी अयोध्या गए ।

संवत् १६३१ को रामनवमीको विहान तुलसीदासजीले श्रीरामचरितमानसको रचना प्रारम्भ गरे। दुई बर्ष सात महिना छब्बीस दिनमा ग्रन्थको समाप्ति भयो । संवत् १६३३ को मार्गशीर्ष शुक्लपक्षमा रामविवाहको दिन यस ग्रन्थको सात काण्ड पूर्ण भए र भारतीय संस्कृतिलाई श्रीरामचरितमानसको रूपमा अमूल्य निधि प्राप्त भयो ।

यो ग्रन्थ लिएर तुलसीदासजी काशी गए। राति तुलसीदासजीले पुस्तक भगवान विश्वनाथको मन्दिरमा राखे। बिहान जब मन्दिरको पट खुल्यो तब त्यसमा सत्यं शिवं सुंदरम् लेखिएको थियो। र तल भगवान शंकरको हस्ताक्षर थियो । त्यस समय उपस्थित मानिसहरुले सत्यं शिवं सुंदरमको आवाज पनि आफ्नो कानले सुने ।

अन्य पण्डितहरुले जब यो कुरा सुने तब उनिहरुको मनमा तुलसीदासजीप्रति ईर्ष्या भयो। उनिहरुले दुई चोरलाई श्रीरामचरितमानस चोर्नको लागि पठाए। चोर जब तुलसीदासको कुटि नजिक पुगे तब उनिहरुले देखे दुई वीर पुरुष धनुष बाण लिए पहरा दिइरहेका छन्। उनिहरु निकै सुन्दर थिए। उनिहरुको दर्शनबाट चोरहरुको बुद्धि शुद्ध भयो र भगवानको ध्यान गर्न थाले ।

एकपटक पण्डितहरुले श्रीरामचरितमानसको परीक्षा लिने बिचार गरे। उनिहरुले भगवान काशी विश्वनाथको मन्दिरमा सबैभन्दा माथि वेद, त्यसको तल शास्त्र, शास्त्रहरुको तल पुराण र सबैभन्दा तल श्रीरामचरितमानस ग्रन्थ राखेर मन्दिर बन्द गरे। विहान जब मन्दिर खोलियो तब श्रीरामचरितमानस वेदहरुभन्दा माथि थियो। यो देखेर पण्डितहरु लज्जित भए। उनिहरुले तुलसीदाससँग क्षमा मागे र श्रीरामचरितमानसलाई सर्वप्रमुख ग्रन्थ माने।

तीनै गोस्वामी तुलसीदासको साउन महिनाको शुक्ल पक्षको सप्तमी तिथिमा जन्म भएको थियो। जुन हिजो बुधबार परेको छ। उनैले श्रीरामचरित मानस लगायत १२ ग्रन्थ लेखेका हुन्। श्रीरामचरितमानसपछि विनय पत्रिका उनको एक अन्य महत्वपूर्ण काव्य हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ