- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौ। शाश्वत घिमिरेद्वारा लिखित उपन्यास होस्टल लोकार्पण भएको छ। १७ वर्षको उमेरमै शाश्वतले होस्टल नामक पुस्तक लेखेका हुन्। यस पुस्तकका बारेमा नेपाली कांग्रेसका नेता नरहरि आचार्यले सार्वजनिक गर्दै भने शाश्वतको वालमस्तिष्क कल्पनाशिल रहेछ। कार्यक्रममा बोल्ने बक्ताहरुले पात्र चिन्न खोजे। उपन्यासमा पात्र चिनिदैन। लेखकको कल्पनामा पात्र खडा हुन्छ। उसको भूमिका हुन्छ। त्यस भूमिकाका आधारमा पात्र चिन्न खोजिन्छ। जो पढ्छन् उनीहरुको आफ्नो विषय पाए पछि उनीहरु आफैलाई पात्र ठान्दछन्। शाश्वतको यो जीवन चमत्कारीक छ। अहिले ऊ हामीसँग एक सग्लै केही नभएको मानिस जस्तै छ। तर उ ठूलो दुर्घटनाबाट यहाँ आइपुगेको छ। उसको कल्पनाशीलले उपन्यासलाई स्तरीय बनाएको छ।
किताबको समिक्षा प्रा.डा.गणेशप्रसाद घिमिरेले गरेका थिए। १५ शिर्षकमा लेखिएको उपन्यास सुरुमा मनस्थितिबाट प्रारम्भ हुन्छ र होस्टलमा पुगेर समाप्त हुन्छ। लेखक होस्टल जाने मनस्थितिमा देखिन्छ। होस्टलमा बस्दा घटेका घटनालाई नलुकाई सरल रुपमा प्रस्तुत गर्छन्। होस्टलमा पैैसा हराउछ, ध्यानमा बस्दा अर्को साथीको पीठ्युमा निदाउछन्, साथीहरुका विचमा झगडा हुन्छ। कुनै विषय नलुकाई प्रस्तुत गर्नु यस उपन्यासको क्षमता हो। यति सानो मानिसले लेखेको योे उपन्यास अब्बल छ। शिर्षकले बेग्ला बेग्लै जस्तो देखाए पनि सुरु र अन्त्यसम्मकोे शिर्षक रखाईले यस पुस्तकलाई पूर्ण बनाएको छ। पढ्दै जादा स्कुल कस्तो रहेछ भन्ने सुरुमा जिज्ञासा आउँछ। पढेर सक्दा उत्तर मिल्छ, असल भएर बाहिर आउछ।
समिक्षक प्रा.टेकप्रसाद घिमिरे वैज्ञानीक शिर्षकमा गरिएको कल्पनाशीललाई महत्व दिएका थिए। आमाबाट दुई सन्तानका रुपमा जन्मन्छन् । जन्माउने आमालाई पनि थाहा हुँदैन । नर्सले पालेको केटाले आफ्ना बाबा आमालाई देख्छ र भाइ कस्तो होला भनेर कल्पना गर्दछ। यस पुस्तकमा लेखक कुन पात्र हो ठम्याउन सकिएन। लेखकलाई म सानो छदादेखि चिन्छु, उसको बानीबेहोर पनि थाहा छ। अहिले हाम्रै कलेज तक्षशीलाको विद्यार्थी पनि हो। सत्य साई शिक्षा सदनमा कक्षा १ देखि १० सम्म पढेको उसलाई स्कुल र होस्टलको सौम्य, सालिन र भलाद्मी किसिमले प्रभाव परेको देखिन्छ। किताब पढ्दा गुरुकुलीन स्कुल जस्तो लाग्छ । कोएजुकेशन एक ठाउँमा केटाहरुलाई पिसाव फेराउन सरले लैजानु हुन्छ भने केटीहरुलाई मिसले लैजानु हुन्छ। अन्य ठाउँमा कतै केटा केटीको झगडा केही देखिदैन। एकलठ्ठी नलगाई व्यवहारले नै सिकाउन शिक्षकको निरन्तरको प्रयास देखिन्छ । फेरि दृष्यमा शिक्षक छैन। यो सानो मान्छेले लेखेको राम्रो र सलल बगेको उपन्यास बनेको छ।
सत्य साई शिक्षा सदन स्कुलमा बसेर पढेको विद्यार्थीले लेखेको कितावमा मैले धेरै भन्नु केही छैन । उनीहरु जस्तै केटाकेटी बसेका छन्। आफ्नै क्षमता अनुसार पढेका छन्। हामी स्कुलमा काम गरिरहेका छौं। शाश्वतको यो भन्दा अघि पनि कविता सृजना सार्वजनिक भएको थियो । त्यस बखतमा पनि हामी उपस्थित भएका थियौं। स्कुल राम्रा नराम्रा हाम्रा विचको छलफल चलिनै रहेको विषय हो। हामीले हाम्रा विद्यार्थीहरुलाई कडा अनुशासनमा भन्दा पनि व्यवहारले पढाउन कोसिस गर्छौं । अरु उनीहरु आफै गर्दै आएका पनि छन् । हामीलाई सन्तोष पनि छ हामीले गरेको प्रयासमा शाश्वतहरु सफल पनि भएका छन् । होस्टल उपन्यास हो उपन्यास लेखकिय कल्पना पनि हुन्छ। त्यसैले यसमा मेरो धेरै कुुरा भन्ने भन्दा पनि शाश्वत र यो अवसर जुराई दिनु हुने उनका बाबा रामचन्द्र घिमिरेलाई बधाई दिन चाहन्छु ।
कार्यक्रममा शाश्वत सँगै बसेर पढेका अदिश कार्कीले पनि कितावको बारेमा बोलेका थिए। कार्यक्रमको सभापतित्व रुद्र तुल चन्द्र प्रतिष्ठान अध्यक्ष हरिमाया सिग्देलले गरेकी थिइन।
किताबमा भूमिका लेख्दै वरिष्ठ साहित्यकार कृष्ण धरावासीले प्रतिभाशाली बालकले ठीक समयमा उचित सहयोग र सल्लाह पाए भने निश्चय पनि आफ्नो रुचीको क्षेत्रमा प्रगति गर्न सक्ने बताएका थिए। शाश्वतले पनि असल अभिभावक पाएका रहेछन् । जसले यति सानैमा किताव लेख्न मात्र होइन प्रकाशनको समेत सुविधा पाउन सकेका छन् । उनको यो उपन्यास एउटा बाल उपन्यास हो, जो एउटा होस्टलमा शुरु भएर होस्टलमै सकिन्छ। होस्टलमा बस्ने बच्चाहरुको मनोविज्ञान र उनीहरुका फरक अनुभवहरु यो किताबमा मजाले लेखेको भेटे । साथीहरुसँगको प्रेम, सिक्ने रुचि, आफुले आफैलाई अनुशासनमा राख्ने तरिका सबै बच्चाहरुले कसरी सिक्दा रहेछन् भन्ने कुरा पनि यो कितावले बताएको छ। सरल भाषामा घटनाहरुको सलल वर्णन गरिएको यो उपन्यास उनका समकालीन पुस्ताहरुलाई पढ्न पक्कै पनि रमाइलो लाग्ने छ।