तुरीयावस्था नै सर्वश्रेष्ठ

अध्यात्म, प्रकाशित मिति : २०७६ श्रावण २४ शुक्रबार

काठमाडौं । हामी जब सुत्छौ तब परिवार पनि विर्सन्छौ सबै सम्पदा छुटछन् । राजा जनकले एक रात भिखारी बनेको सपना देखे । उनको राजमहल छुट्यो, दास दासी छुटे, नोकर चाकर छुटे, उनि टाढा टाढा गएर भिक्षा मागिरहँदा असाध्यै भोक लागेर तड्पिरहेका थिए। धेरै याचना पछि मुस्किले उनले दाल र चामल पाए र निकै संघर्ष गरेर उनले खिचडी पकाए।

खिचडी पाकेसँगै एक पातमा हालेर सेलाउन पर्खेसँगै दुई साँढे जुध्दै आउँदा त्यो खिचडी पोखिएर माटोमा मिल्यो। सपनीमै राजा जनक हाहाकार गर्न थाले र त्राहिमाम त्राहिमाम भन्दै जमीनबाट उठे। उनी आफ्नो भोक कसरी शान्त हुन्छ भनेर चिन्तित भए। उनि विलाप गर्न थाले, 'म यो खिचडि खाएर भोकलाई शान्त गर्ने थिए तर यस भन्दा पहिले नै साढेले त्यसलाई माटोमा पोखाइदियो । अब म कसरी आफ्नो भोक मेटाउ अनि कसरी जीवित रहुँ।'

यसै विलापको अवस्थामा राजा जनकको आखाँ खुल्यो । आखाँ खुलेसँगै उनले आफु राजमहलमा भएको थाहा पाए। उनि दरिद्रको रूपमा नभई राजा रहेको राजमहल भित्र आराम गरिरहेको तथा चारैतर्फ उनका नोकर चाकर उनको आज्ञा मान्न तत्पर खडा देखे ।

राजा जनक भित्र दुविधा उत्पन्न भयो, 'जे मैले सपनामा देखे, अनुभव गरे, त्यो सत्य हो या जे म अहिले आखाँले देखिरहेको छु, यो मेरो राजाको पदवी यो राजमहल, यी मेरा नोकर चाकर सबै यस लौकिक संसारमा दृष्टिगोचर भइरहेको छ यो सत्य हो ?'

सत्य के हो ? यो जान्नको लागि राजा जनक व्याकुल भए । यसका लागि उनले एक विशाल सभाको आयोजना गरे । जसमा देशभरमा ठुला ठूला विद्वान, प्रशिद्ध दार्शनीक, ऋषि महर्षीहरुलाई आमन्त्रीत्र गरियो । ती सबैलाई बोलाएर राजा जनकले आफ्नो दुविधा राखे । उनले भने, 'जो मेरो प्रश्नको ठिक उत्तर दिने छैन । मलाई सन्तुष्ट गर्न सक्ने छैन त्यो कारागारमा जानेछ ।'

ती विद्वानहरु मध्ये केहिले भने, 'महाराज तपाईको सपना नै सत्य हो किनभने जे तपाईले सपनामा अनुभव गर्नुभयो त्यो अनुभव यती गहिरो थियो, यति सशक्त थियो कि तपाई आफुले आफुलाई निर्धन सम्झन थाल्नुभयो ।'

अर्का ऋषिले भने, 'होइन महाराज पछि तपाईको निन्द्रा त टुट्यो र तपाईले आफुलाई राजमहल भित्र पाउनुभयो र अत: तपाईको जागृत अवस्था नै सत्य हो र तपाईको सपना असत्य हो ।'

यसप्रकार कसैले जागृत र कसैले स्वप्न अवस्थालाई सत्य बताए । अन्य विद्वानहरुले पनि अनेक प्रकारले सत्यको विवेचना गर्न थाले तर कसैबाट पनि राजा जनक सन्तुष्ट हुन सकेनन् ।

केहि काल खण्डपछि अष्टबक्र पनि आफ्ना बुवाको खोजी गर्दै राजा जनकको दरबारमा आइपुग्छन्। अष्टबक्रका बुवा राजा जनकको प्रश्नको सन्तोषजनक उत्तर दिन नसकेका कारण जेलमा रहेका थिए । जब अष्टबक्र राजदरवारको सभामा पुगे त्यहाँ उपस्थित सबै हाँस्न थाले । उनको शरीरका अंग टेढो मेढो थियो त्यहि कारण उनलाई कुब्बड मुनि पनि भनिन्थ्यो ।

सबै हासेको देखेर अष्टबक्र भन्छन्, 'राजा जनक ! तिमीले यो जुन सभा बोलाएका छौं यो त चमारहरुको सभा हो । यो विद्वानको सभा होइन । यो सुनेर राजा जनकलाई ठुलो धक्का लाग्यो । जनक सोध्छन् , 'महाराज तपाई यिनीहरु सबैलाई यस्तो किन भनिरहनुभएको छ ?  यी त ठूला विद्वान हुन् ।'

अष्टबक्र भन्छन्,' राजन ! जो छालाको काम गर्छ र जसको बुद्धी पनि छाला र रूपरङ्गसँग जोडेर देखिन्छ त्यो चमार हो। यी मानिसहरु मेरो टेढो मेढो शरीर अंग देखेर हाँसे यसबाट थाहा हुन्छ कि यीनिहरुको ज्ञान छालासम्म सिमित छ, यिनिहरुको केवल छालासम्मको ज्ञान छ। किनभने मेरो अंग टेढो मेढो छ यसैले यिनिहरुले सोचे कि यसले के उत्तर दिन सक्छ ? तर उखु टेढो मेढो भएपनि त्यसको रस टेढो मेढो हुदैन । यो शरीर पनि टेढो मेढो छ तर ज्ञान टेढो मेढो छैन ।'

राजाले सोचे कुरो त ठिक हो शरीरबाट ज्ञानको पहिचान हुदैन । राजा जनकले आफ्नो मन्त्रीलाई आफ्नो प्रश्न अष्टबक्र सामु राख्न इशारा गरे । मन्त्री जसै राजाको व्यथा सुनाउन लागे तब अष्टबक्र भन्छन्,'मन्त्री जी ! के तपाईको राजाको जिब्रो छैन जो स्वयं आफ्नो प्रश्न सोध्न सक्दैनन। जसलाई तिर्खा लागेको हुन्छ त्यसैले पानी पिउँछ ।'

राजा जनकले आफ्नो गल्ती बुझे र आफै उभिएर आफ्नो दुविधा बताए। उनि प्रश्न गर्छन, ' हे महाराज ! जागृतावस्था र स्वप्नावस्था यी दुवैमा कुन सत्य हो, सत्य के हो ?'
 
अष्टबक्र भन्न थाले,' हे राजा ! यी दुवै सत्य होइनन् न तिमी राजा हुनु सत्य हो । न त तिमी सपनामा भिखारी हुनु सत्य हो । किनभने जब तिमी आफुले आफुलाई भिखारीको रुपमा देखिरहेका थियौ पेटमा धेरै भोक लागेको थियो त्यस समय तिमीलाई राजा हुनुको ज्ञान थिएन। जब निन्द्रा टुट्यो तिमीलाई राजा भएको आभाष भयो तब त्यो दरिद्र भिखारी हुनुको ज्ञान असत्य लाग्न थाल्यो। यसकारण दुवै एक अर्काको सामु निरर्थक हुन्। जागृतमा हामी संसारलाई हेरिरहेका छौ तर जब हामीलाई स्वप्न आउन थाल्छ, यो संसार हाम्रो लागि मिथ्या हुन्छ। सत्य त त्यो हो जो हरेक अवस्थामा अर्थात जागृत, स्वप्न, सुषुप्त, तुरीया यी चारै अवस्थामा विद्यमान रहन्छ।'

जब हाम्रो आखाँ खुल्ला हुन्छ तब जे देखिन्छ सो समय त्यो सत्य प्रतित हुन्छ । तर आँखा बन्द गरेर हामी स्वप्नत्व हुन्छौ तब संसार असत्य प्रतित हुन्छ र सपनामा जे देखिन्छ त्यो सत्य प्रतित हुन्छ । तब राजा जनकले बालक अष्टावक्रसँग विधिवत दीक्षा लिएर ज्ञानको शिक्षा लिए । सबैभन्दा पहिले अष्टावक्रले भने ' जे जे अज्ञान छ त्यसलाई जान्नु नै ज्ञानको सुरुवात हो ।

वयोवृद्ध राजा जनक, बालक अष्टावक्रसँग सोध्छन् - हे प्रभु, ज्ञानको प्राप्ति कसरी हुन्छ, मुक्ति कसरी प्राप्त हुन्छ, वैराग्य कसरी प्राप्त गर्न सकिन्छ ?

अष्टावक्र उत्तर दिन्छन् - यदि तपाई मुक्ति चाहानुहुन्छ भने तपाईले आफ्नो मनबाट विषय (वस्तुहरुको उपभोगको इच्छा) बिष जस्तै त्याग्नुपर्नेछ। क्षमा, सरलता, दया, संतोष तथा सत्यलाई अमृत जस्तै सेवन गर्नुहोस ।
 
धर्म, अधर्म, सुख, दुःख मस्तिष्कसँग जोडिएका छन्, सर्वव्यापक तपाईसँग हैन। न तपाई कर्ता हो न त भोग्ने वाला, तपाई सधै मुक्त नै हुनुहुन्छ । अष्टावक्र र राजा जनकबीचको संवादलाई  'अष्टावक्र महागीता' को नामले जानिन्छ।

अब हेर्नुस स्वप्नको अवस्थामा राजाको महल समाप्त भयो । नोकर चाकर रहेनन्, मन्त्री परिषद रहेन सबै गयो । तब यी सबै सत्य होइन । जागृत अवस्थामा हामी जे देख्छौ त्यो सपनाको अवस्थामा मिथ्या हुन्छ र स्वप्न नै सत्य लाग्छ । हामी निर्धन बन्यौ, धनवान बन्यौ, राजा बन्यौ, कोढी बन्यौ, यो बन्यौ त्यो बन्यौ आदि सबै जे पनि समय अनुभव हुन्छ त्यो बिलकुल प्रतीत हुन्छ।

त्यसपछि जब मानिस बिल्कुल प्रगाढ निन्द्रामा पुग्छ तब उसलाई कुनै होस हवास रहदैन। निर्धनले आफ्नो निर्धनता विर्सिन्छ । जे उसको समस्याहरु थिए त्यसलाई विर्सन्छ। त्यस स्थितिमा हामी भन्छौ, 'यो पत्थर जस्तै सुतिरहेको छ । यो मदहोस भएर सुतिरहेको छ । यसलाई त केहि पनि होश छैन।' त्यसलाई सुषुप्तिको अवस्था भनिन्छ । जसमा उसले सबै कुरा बिर्सिन्छ, समस्याहरुलाई बिर्सिन्छ, जात पातको अभिमानलाई बिर्सिन्छ । तर यति सबै विर्सिएपछि पनि उ आफु भित्र विराजमान त्यस इश्वरीय शक्तिलाई चिन्न सक्दैन ।

तर जुन तुरीयावस्था छ त्यसमा मानिस संसारका सबै भुलेर आफु भित्र स्थित त्यस परमशक्तिलाई जान्दछ । आफुले आफैलाई जानेर आफ्नो आत्माबाट आफ्नो आत्मामा सन्तुष्ट रहन्छ। त्यस कैवल्य पदलाई प्राप्त गर्दछ र यसकारण तुरीयावस्था नै सर्वश्रेष्ठ हो जसमा व्यक्ति वास्तविकतालाई वुझ्दछ। त्यस शक्तिलाई जान्दछ जुन मरेपछि पनि साथ रहन्छ ।

बाँकी यो जुन संसारका नाता सम्बन्ध छन् यी क्षणिक हुन्, यी हामीसँग जानेवाला छैनन । जुन दिन हाम्रो मृत्युको समय आउनेछ त्यो दिन हामी यस संसारलाई छाडेर जानेछौ। त्यो दिन हामीसँग कोहि पनि जानेवाला छैन । र यो मृत्यु यस्तो बाटो हो जसमा हामी सबैले चल्नुपर्नेछ । यो त एकै मात्र जानेको बाटो हो । यस वान वे ट्राफिक बाटोमा सबैले चल्नुपर्ने । चाहे कुनै ठुलो मन्त्री होस, चाहे निर्धन होस, चाहे राजा होस,चाहे भिखारी होस सबैले यस मृत्युको बाटोमा एक दिन अवश्य चल्नुपर्नेछ। यमराज एक दिन हामी सबैलाई लिन आउनेछन्  । उनले कसैलाई पनि छोड्ने छैनन् ।

यमराज

एक दिन ‘यमराज’ एक मनिस सामु पुगे । यमराजले भने, 'म काल हुँ, मृत्यु तेरो समय आएको छ । अब म तलाई लिन आएको हुँ ।'  सो व्यक्तिले भने, 'यमराजजी केहि रकम लेउँ र यहाँबाट जाउँ ।' जसरी यो कलिकालमा घुस चल्छ त्यस्तै उसले भने, 'चिया पानीको पैसा लिएर जाउँ फेरी आउनु ।'

यमराजले भने, 'कुरा यस्तो छ कि त स्पष्ट बोल्छस् सीधा सीधा बोल्छस । म तेरो स्पष्टवादितासँग खुशी छु, त्यसैले अहिले म जान्छु र जुन त घुसको कुरा गर्दैछस यो तेरो मुद्रा, तेरो यो सय-सय र हजार-हजारका नोट मेरोमा चल्दैन त्यसैले यो रिश्वत त आफुसँग राख । पैसा त मलाई लिन आउदैन तर एक कुरा यादमा राख । म तलाई चारबटा चिठ्ठी पठाउनेछु । पाँचौ चिठ्ठी आउने छैन । सो समय म आफै लिन आउनेछु ।'

त्यो व्यक्तिले भने, 'लौ ठिक छ । तपाईको ठुलो दया भयो । ठुलो कृपा भयो मलाई तपाई चार चिठ्ठी पठाउनु होला ।' उसले सोच्यो चार चिठ्ठी आउनमा धेरै समय लाग्नेछ । पहिले एउटा आउनेछ, फेरी दोस्रो आउनेछ, तेस्रो आउनेछ अनि चौथो आउनेछ त्यसपछि बिचार गर्नेछु । यो सोचेर उ संसार भित्र माया भित्र आसक्त हुन थाल्यो, परमात्मालाई भुल्न थाल्यो ।

एक दिन अचानक यमराज आइपुगे । सो व्यक्ति भन्न लाग्यो, 'यमराज जी तपाई त निकै झुठो बोल्नुहुदो रहेछ । तपाईले त भन्नुभएको थियो कि चार चिठ्ठी पठाउनुहुनेछ । तर तपाईले त एकै चिठ्ठी पनि पठाउनुभएन । तपाई कसरी मलाई लिन आउनुभयो ?'

यमराजले भने, 'मानव मैले तलाई चार चिठ्ठी पठाइ दिए ।'
उसले भने, 'कसरी ?'
यमराजले भने, 'यो भन कि तेरो कपाल सेतो भयो कि भएन ?'
उसले भने,'हजुर कपाल त मेरे सेतो भयो तर मैले त्यसमाथि कालो रंग लगाइदएि त्यो फेरी कालो भयो ।'

यमराजले भने, 'जुन सेतो कपाल भयो त्यो मेरो पहिलो चिठ्ठी थियो । अब यो भन कि तेरो आँखा कमजोर भयो कि भएन ?'
उसले भने, 'कमजोर त भयो, देख्न कम भयो तर मैले पावर बाला चस्मा लगाए जसकारण अहिले ठिकसँग देख्न थाल्या छु ।'

यमराजले भने, 'त्यो मेरो दोस्रो चिठ्ठी थियो । अब भन तेरो दाँत झर्‍यो कि झरेन ?'
भने, 'दाँत त झर्‍यो तर मैले नक्कली दाँत लगाए ।'
यमराज भन्छन्,'त्यो मेरो तेस्रो चिठ्ठी थियो । अब भन तलाई सुनाइ कम भयो कि भएन ?'
उसले भने,'हजुर सुनाइ त निकै कम भएको थियो तर मैले सुन्ने मेसीन लगाए जसले अब ठिकसँग सुन्न सक्छु ।'

यमराजले भने, 'हेर यी चार चिठ्ठी पुरा भए । अब म स्वयं तलाई लिन आएको छु । तैले सामाधान त गरिस् नक्कली चिज लगाएर काम चलाइस तर अब म तेरो स्वास निकाल्दै छु । यस ठाँउमा कुन चाहि हावा भर्छस् ?' यमराजले यति भनेर मानिसको हंसलाई निकालेर गए ।

नयाँ