arrow

मर्छु भन्ने जान्दाजान्दै कर्णले दिए कुण्डल र कवच

कर्ण जान्दथे इन्द्रले कवच र कुण्डल माग्ने कुरा

logo
महाभारत,
प्रकाशित २०७६ साउन २८ मंगलबार
karna-indra.jpg

काठमाडौं ।  महाभारतको वनपर्वका अनुसार पाण्डवहरुले वनवासको १२ वर्ष पूरा गरेका थिए र अज्ञातवासको सुरुवात भएको थियो । देवराज इन्द्र पाण्डवहरुको लाभ चाहन्थे। यसकारण उनि कर्णसँग उनको कवच र कुण्डल दानमा माग्नेवाला थिए । सो कुरा कर्णका पिता भगवान सूर्यलाई थाहा थियो । कुण्डल र कवच रहुञ्जेल कर्णलाई हराउन सकिँदैन भन्ने कुरा पाण्डव र कृष्णलाई राम्रोसँग थाहा थियो ।

आफ्नो  छोराको भलाईको लागि सूर्य कर्णसँग यस कुराको सावधान गर्न चाहन्थे। कर्ण ब्राह्मणहरुको सेवा गरेर सुतिरहेका थिए । तब भगवान सूर्य ब्राह्मणको रूप धारण गरेर कर्णको सपनामा आए ।

उनले सपनामा इन्द्रद्वारा कवच र कुण्डल दान माग्ने कुरा बताएका थिए । उनि जान्दथे कर्ण दानवीर छन् । उनि मागेको कुनै पनि दान अवश्य दिनेछन् । यसकारण उनले इन्द्रसँग कवच र कुण्डलको बदलामा एक अमोघ शक्ति माग्नलाई भनेका थिए । आफ्नो बुवाले भनेपछि कर्णले सोहि अनुसार गरे । युद्धमा उनले इन्द्रसङ्ँग मागेको शक्तिबाट घटोत्कचको वध गरेका थिए ।

दानवीर कर्ण
महाभारत युद्धको अन्त्यमा कर्ण मृत्युको शैय्यामा थिए । सो समय अर्जुनलाई भगवान श्रीकृष्णले भन्नुभयो, 'आज धरतीबाट सबैभन्दा दानवीर कर्ण प्रस्थान गर्दैछ ।'

तब अर्जुनले भने, 'प्रभु ! तपाईले कर्णलाई सबैभन्दा ठुलो दानवीर कसरी भन्नुभयो ?'

भगवानले भन्नुभयो, 'हे पार्थ तिमी हेर्न चाहन्छौ कि कर्ण कसरी दानवीर हो, त्यसो भए मसँग हिड ।'

भगवान ब्राह्मणको भेषमा युद्धको मैदानमा पुग्नुभयो । कर्णलाई बोलाउनुभयो तब एक कुनाबाट कर्णले भने, 'मलाई कसले बोलाउदै छ, म यहाँ छु ।'

भगवान कर्ण भएको ठाँउमा पुगेर भन्नुभयो, 'भाइ दानवीर कर्ण म तपाईसँग केहि माग्न आएको हु ।'

कर्णले भने, 'यहाँ मसँग केहि पनि छैन, कागज दिनुहोस म लेखेर दिन्छु, मेरी श्रीमतीसँग गएर तपाई जे चाहनुहुन्छ लिनुहोला ।' भगवान भन्न थाल्नुभयो, 'मलाई यज्ञ गर्नुछ । यज्ञको लागि थोरै सुन चाहिएको हो ।' त्यस समय अचानक कर्णले दाँतमा सुन लगाएको सम्झिए । उनको अघि एउटा ढुङ्गा थियो । त्यो ढुङ्गा उठाएर आफ्नो दाँतमा हानेर दाँतलाई भाचे । ब्राह्मण रुपी श्रीकृष्णलाई भने, 'यो लिनुहोस सुन ।'

भगवान भन्नुहुन्छ, 'यसमा त रगत लागेको छ ।  म रगत लागेको दाँत सहितको सुन लिन्न । सुनलाई दाँतबाट अलग गरि सफा गरेर देउ ।' कर्णले भने, 'मेरो धनुष बाण त्यहाँ अगाडि छ त्यो ल्याएर मलाई दिनुहोस।' भगवान भन्नुहुन्छ, 'म त ब्राह्मण हुँ, अस्त्र शस्त्रहरुलाई हात लगाउदिन ।' तब कर्ण घिस्रदै घिस्रदै आफ्नो अस्त्र शस्त्रसम्म पुग्छन् । कर्णले बाणलाई धर्ती हानेर धर्तीबाट पानी निकाल्छन् । सुन तथा दाँतलाई अलग गर्छन् तब भगवान कृष्णलाई अर्पण गर्छन् ।

भगवानले भन्नुहुन्छ, 'हेर अर्जुन मैले भनेको थिए नि आज सबैभन्दा दानवीर धर्तीबाट जादैछन् भनेर ।' सोहि समय भगवान आफ्नो चतुर्भुज रुपमा प्रकट हुनुहुन्छ । कर्णसँग भन्नुहुन्छ, 'माग तिमीलाई के चाहिन्छ ?' कर्ण भन्छन्, 'हे प्रभु ! तपाई दर्शन दिइरहनुभएको छ यो भन्दा माथि म के माग्न सक्छु ।' जो साचो भक्त हुन्छन् उनिहरु यहि भन्छन् ।

त्यसो त भगवान श्रीकृष्ण पहिले पनि कर्णलाई सम्झाउन पुग्नुभएको थियो । श्रीकृष्ण भन्नुहुन्छ, 'तिमी कुन्ती पुत्र हौ सूत पुत्र हैन । तिमी दूर्यौधनको साथ छोडेर आफ्ना भाइहरुको साथ आउ । आफ्नो भाइहरुसँग रहे पाण्डवको विजय निश्चित छ । तब दुर्योधन युद्ध पनि गर्ने छैन दुर्योधनको बल तिमी नै हौं ।'

कर्ण भन्छन्, 'भगवान तपाई मलाई वचन दिनुहोस कि तपाई युधिष्ठिरलाई यो कुरा बताउनु हुने छैन ।'

कर्ण भन्छन्, 'यदि युधिष्ठिरलाई म उसको दाजु हु भन्ने थाहा भयो भने युधिष्ठिरले युद्ध छोडेर मलाई राज्य दिनेछ । यदि मलाई राज्य प्राप्त भयो भने त्यो राज्य दुर्योधनलाई सुम्पनु पर्नेछ । म चाहन्न कि सत्यको हार होस । दुर्योधनसँग म केवल यसकारण साथ दिइरहेको छु की उनले मेरो स्वभिमानलाई ठेस पुग्न दिएनन् । मलाई राज्याभिषेक गराए । मेरो सत्कार गरे ।'  यसप्रकार कर्णले पनि यो चाहे कि 'सत्यमेव जयते' सत्यको जित होस् ।

कर्णको मृत्युको कारण
कुन्ती पुत्र कर्ण पराक्रमी योद्धा थिए । तर उनले युद्ध कला झूठो बोलेर प्राप्त गरेका थिए । जसको परिणाम उनले युद्धमा आफ्नो मृत्युको रुपमा भोग्नु पर्‍यो । जन्मेसँगै आफ्नी आमा कुन्तीले कर्णलाई त्यागेकी थिइन् । उनलाई एक सूतले आफ्नो पुत्रको रूपमा अपनाएका थिए ।

यसैकारण कर्ण सूतपुत्रको रूपमा चिनिन्थे। कर्ण परशुरामसँग शिक्षा लिन चहान्थे तर परशुराम ब्राह्मणहरुलाई मात्र शिक्षा दिन्थे । यो कुरा बुझेर कर्णले परशुरामसँग आफु ब्राह्मण भएको झूठ बोले र उनिबाट कयौ दिव्य अस्त्र-शस्त्रहरुको ज्ञान लिए । साथै ब्रह्मास्त्रको पनि शिक्षा प्राप्त गरे ।

जब परशुरामलाई कर्ण सूतपुत्र भएको सत्य थाहा पाए तब उनी क्रोधित भए । परशुरामले कर्णलाई युद्धको सबैभन्दा महत्वपूर्ण समयमा उनले आफ्नो सारा ज्ञान बिर्सिएर जाने र कुनै पनि अस्त्र शस्त्र चलाउन सक्नेछैनस भनि श्राप दिए ।  कुरुक्षेत्रको युद्धमा यहि श्राप कर्णको मृत्युको कारण बन्यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ