कबिरको शरणमा परे पण्डित, बने चेला

भेदभाव मनको कल्पना

प्रकाशित मिति : २०७६ श्रावण ३० बिहिबार

काठमाडौं। महात्मा कबीरको नाम सुनेर सत्संग र दर्शनको लाभ उठाउन टाठाबाठा मानिसहरू उनको आश्रममा आउने गर्थे। माता लोई, कमाल र कमाली दिन-रात आउने पाहनाहरुको सेवामा लागिरहन्थे । जेठ महिनाको एक दिन बाह्र बजे खानेपानी सकिएपछि कमाली पानी ल्याउन कुवातिर गइन। कमालीले पानी भरिरहेकी थिइन, उताबाट एकजना पण्डित आए। बिचरा उनि धेरै टाढाबाट आएका थिए । तिर्खाले उनको ओठ सुकिरहेको थियो, थाकेर राम्रो हिड्न पनि सकिरहेका थिएनन्, यसकारण टाढैबाट उनले कमालीलाई पानी दिने इशारा गरे । कमालीले त्यहि समय पानी लगेर उसलाई पिलाई। पानी पिएपछि पण्डितको होश ठेगानमा आयो।

उनले कमालीलाई सोधे, 'तिमी कसकी छोरी हौ?'

कमालीले भनिन्, 'पण्डितज्यू! म मुसलमानकी छोरी हु। मेरो पिता कबीर जुलाहा हुन्।'

कमालीले पण्डितलाई सोधिन्, 'पण्डितज्यू! पानी पिएर जात सोध्नाले के फाइदा?'

मुसलमान नाम सुनेर पण्डितको फेरि एकपटक होश उड्यो । पछुताएर रुदै भन्न लागे, 'हे भगवान! तिमीले आफ्नो जात पहिले किन बताएनौ? मेरो त धर्म नै भ्रष्ट भयो । धर्म भ्रष्ट हुनुभन्दा त म तिर्खाले मरेकै भए राम्रो हुनेथियो। अब म कहिंको रहिन। यदि अब म घर गएँ भने मेरो परिवारको अरु मानिसहरूको पनि धर्म भ्रष्ट हुनेछ।'

तब कमालीले भनिन्, 'पण्डित ज्यु! यो माटोको घडामा यस्तो कुन चीज हालेको छ र धर्म भ्रष्ट भयो? आखिर पानी त कुवाकै थियो, केवल मेरो हातले छोएकोले तपाई भ्रष्ट हुनुभयो? ठीक छ पण्डितज्यु, यदि यहि कुरा हो भने, तपाईं मेरो पिताज्यु भएको ठाँउमा हिंडनुहोस्, मेरो पिताले तपाईंको धर्मलाई जस्ताको तस्तै पारि दिनुहुनेछ।'

मर्नेले के नगरोस, पण्डित रूँदै-पछुताउँदै कमालीको पछि-पछि लागे। घरमा पुगेर कमालीले कबीर साहबलाई सबै कुरा सुनाइन्। तब कबीरले पण्डितलाई भने-' हे पण्डित! तिमीले सोच-विचार गरेर पानी पिउनु थियो। जुन शरीर लिएर तिमि हिंडीरहेका छौ, त्यो पनि यहि माटोको बनेको छ। माटोले नै सारा सृष्टि बनेको छ । यसबाट हर समय अपवित्रता (गन्दगी, मैलाहरू) निस्किरहन्छ । कुमालेले बनाएको घडाको पानीलाई त पवित्र मान्छौ, तर कुमालेलाई अछूत मानेर घृणा गछौं । जुन माटाको घडाहरू बन्छन्, त्यहि माटोमा करोडौं ज्ञानी-ध्यानी र ऋषि-मुनिहरू पनि मिलीसकेका छन, अरु संसारी मानिसहरूको कुरा त के गर्नु? यो माटोमा कदम-कदममा पीर-पैगम्बर, सन्त-महापुरुषहरू गाडिएका जलाइएका छन्।'

कबीर भन्छन्, 'जुन गंगा जललाई अमृत समान मान्छौ, त्यो पानीमा गोही, माछाहरू पनि बस्छन, त्यसमा अनेकौं मरेको पशुहरूका सिनोहरू पनि सडी-गलिरहन्छ । गंगामा नदी-नाला र शहर-बजारका मैलाहरू पनि बगेर आउँदछ। तिमीले जुन दूध-दही खान्छौ, त्यो पशुहरूको हाड-मासुबाट झरेर आउँदछ। यस चीजहरूमा त तिमीले छुवाछुत मान्दैनौ, तिम्रो धर्म भ्रष्ट हुँदैन, तर एक मुसलमानको हातको पानी पिउँदा तिम्रो धर्म कसरी भ्रष्ट भयो, तिम्रो धर्म बिग्रियो? पण्डित, छोड यस किताबी धर्मको कुरा, हिन्दू र मसलमानको भेदभाव सबै मनको कल्पना हो।'

कबीर साहबको कुराले पण्डितको मनमा गहिरो असर पर्यो। उनले कबीरलाई आफ्नो गुरु धारण गरे अनि ज्ञानको नेत्र खुलेपछि ती पण्डित आनन्द-विभोर भए। साँचो ज्ञान प्राप्त भएपछि उनको सबै भ्रम नष्ट भयो।

नयाँ