arrow

श्रीकृष्णलाई पाण्डवहरुले भगवान देख्दा दुर्योधन र शिशुपाललाई किन लाग्थ्यो साधारण मनुष्य ?

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
shree-krishna-arjuns.jpg

काठमाडौं। शास्त्रहरूमा बताइएको छ कि जसले मनुष्य भएर भगवानको नाम जप्दैन, त्यो पशुभन्दा पनि नीच हो । भगवान श्रीकृष्णले पनि गीतामा सबै मनुष्यलाई यो उपदेश दिनुभएको छ-

कर्मजं बुद्धियुक्त हि फलं त्यक्त्वा मनीषिणः।
जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम।।

कर्मफलको इच्छा नराखि गर्ने योग्य सबैभन्दा उत्तम कर्मत परमात्माको भजन-ध्यान नै हो । जब मनुष्यले भगवानको भजन-ध्यान नै निष्काम भावले गर्न सक्दैन भने संसारको अर्को कुन काम निष्काम या फलको इच्छा नराखि गर्न सक्छ ?

केवल अग्निलाई त्याग्ने संन्यासी, निष्काम कर्मयोगी हुन सक्दैन । आजकल धेरै संन्यासीहरुले अग्निलाई (आगोलाई) छुदैनन, तर आगोमा पकाएको खाना भने खान्छन् । रुपिया-पैसा छुदैनन, तर सुन-चाँदीको पालकीमा बसेर हिंड्छन्, सुन-चाँदी मढेको लट्टी लिएर घुम्छन् । के यो पाखण्ड होइन ?  तर आजको अन्धा संसारले यस्त पाखण्ड गर्नेहरुलाई नै संन्यासी, योगी, ब्रम्हाचारी सम्झन्छन् । तर कर्म तथा अग्नि त्याग्नुको नाम संन्यासी होइन । सन्यासी त्यहि हो जसको कामनाहरू शून्य भएका छन् । यो अवस्था त्यहि समय हुन्छ, जब मनले भगवानको चिन्तन सिवाय अरु कुनै कुराको चिन्तन गर्दैन ।

 संकल्पहरूलाई त्यागेर परमात्माको चिन्तन गर्नु नै निष्काम कर्मको हेतु हो । सबै संकल्पहरुको अभाव भएपछि मात्र जीवको कल्याण हुन्छ । जुन समय न त भोगहरुको कामना रहन्छ न कर्महरूमा आसक्ति हुन्छ, त्यो समयमा समता बुद्धियोग अर्थात् सबै प्राणीहरूमा परमात्मा-बुद्धि उत्पन्न हन्छ । यस्ता पुरुष सबै संकल्पहरूलाई त्यागेर परमात्माको स्वरूपमा स्थित हुनजान्छ । यसकारण प्रत्येक मनुष्यले आफैंद्वारा आफ्नो साँचो हित गर्न पर्छ।

चौरासीमा जानुबाट आफूलाई रोकेर परमात्मासंग लगाए, तब स्वयं आफ्नो मित्र बन्यो, तर जो परमात्मादेखि विमुख भएर भोगहरुतिर लागे, उनीहरुले आफ्नो नोक्सान आफैंले गरे, जसरी आफ्नो खुट्टामा आफै वञ्चरो हाल्नेले आफै खुट्टा काटेर दुःख भोग्छ । जीवको न त संसारमा कोहि सम्बन्धी, मित्र या प्यारो छ, न कुनै शत्रु नै छ अनि जो गुरु-सेवा, सत्संग, भजन-सुमिरणमा लागेको छ, ऊ स्वयं आफ्नो परम मित्र हो । संकल्पहरूको पूर्ण रूपले अभाव भएपछि मनुष्यको न त कोहि मित्र रहन्छ औ न कोहि शत्रु नै रहन्छ । नामदेवले कुकुरमा पनि भगवानलाई देखे, सन्त एकनाथले गधामा पनि भगवान शिवको दर्शन गरे । तर आजकलका भक्तहरूलाई मुर्तिहरूमा र पुस्तकहरूमा त भगवान नजर आउछ, तर मनुष्य तथा अन्य देहधारी प्राणीहरूमा भगवान नजर आउँदैन । यो कुनै आजको होइन, पहिलेदेखि नै यस्तो हुँदै आएको छ।

पाण्डवले त श्रीकृष्णलाई भगवान मान्थे, तर दुर्योधन र शिशुपाललाई साधारण मनुष्य लाग्थ्यो । गोपिनीहरूले भगवान सम्झेर प्रेम गर्थिन, तर यज्ञ गर्ने पण्डितहरू भगवानलाई ग्वाला सम्झन्थे । कंसले साक्षात भगवानलाई शत्रुताको दृष्टिले हेर्यो । जसले शरीर इन्द्रियहरू र मनमाथि अधिकार जमाउँछ, उसको लागि सर्वत्र एउटै आत्मा छ । सबैमाथि उसको एउटै सम भाव रहन्छ । उसले सर्व-हितकारी काम गर्छ अनि सबैको भलाईको करा गर्छ । तर जसको शरीर, मन र इन्द्रियहरूमाथि नियन्त्रण रहँदैन, उसले विषयहरूका पूर्तिको निम्ति कसैसंग मित्रता तथा कसैसंग शत्रुता गरिरहन्छ । जसरी अमेरिका आदि अनेक देशहरूमा फौजी गठ-जोड़ भइरहेको छ । तिनीहरू सबै इन्द्रियहरुका दास छन्, मन र इन्द्रियहरूको अधीनमा रहेर उनीहरू आफै पनि दुःखी छन् अनि आफ्ना छिमेकीहरुलाई पनि बर्बाद गरिरहेका छन् । यदि उनीहरुलाई मनलाई वशमा गर्ने साधन बताई दियो भने, उनीहरू स्वयं पनि सुखी हुने छन् अनि अरुलाई पनि सुख दिने कामहरू गर्न थाल्ने छन् ।

 जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः।
 शीतोष्णसुखदुःख्नेषु तथा मानापमानयोः।।
ज्ञानविज्ञानतृप्तात्मा कूटस्थे विजितेन्द्रियः।
युक्त इत्युच्यते योगी समलोष्टश्मकाञ्चनः।।

भगवान कृष्ण भन्नहुन्छ, हे अर्जुन! सर्दी-गर्मी, सुख-दुःख र मान-अपमानमा जुन पुरुषको चित्तको वृत्तिहरुमा शान्त रहन्छ, जो जति नै ठूलो दुःख-कष्टहरू आइपरे पान विचलित हुदैन अनि जसले सुन र माटोलाई एक समान सम्झन्छ अर्थात् लाभ-हानिमा प्रसन्न रहन्छ, यस्ता स्वाधीन चित्त भएको योगी पुरुषको दृष्टिमा सत-चित-आनन्दकन परमात्मा सिवाय संसारमा अरु कुनै वस्तु छदै-छैन ।  

जड भरतको कथामा आउँछ कि एक समय उनी जंगलमा भगवानको ध्यानमा मस्त थिए । राजा रहुगण आत्मज्ञान प्राप्त गर्न पालकीमा बसेर ऋषि-मुनिहरूको आश्रम-आश्रममा गइरहेका थिए । पालकी बोक्ने एकजना बीमार भए । अरु कहारहरूले जड़ भरतलाई साधारण मानिस सम्झेर पालकी बोक्नमा लगाए । जड भरत भुइँमा हुने कीराहरूलाई बचाउँदै पाइला सार्दै बिस्तारै-बिस्तारै हिंडिरहेका थिए ।

 राजालाई हतार थियो, यसकारण कहारहरूलाई भने, तिमीहरू बिस्तारै किन हिंडिरहेका छौ, छिट्टो किन हिंड्दैनौ ?  तब जड भरतले भने, राजन् ! कसलाई छिट्टो हिंड़ भनिरहनु भएको छ ? शरीर त जड़ हो, यो हिड़न सक्दैन अनि आत्मा अचल छ । फेरी तपाई कसलाई छिट्टो हिडने आदेश दिडरहनु भएको छ ?  यो सुन्न साथै राजा पालकीबाट तल उत्रिए अनि जड भरतको पाउ समातेर आफ्नो गल्तीको क्षमा मागे अनि फेरि आत्मज्ञानको दीक्षा हासिल गरे ।

जसको अचल आत्मामा मन लाग्छ, उसलाई संसारको जड़ पदार्थहरूले चञ्चल पार्न या लोभाउन सक्दैन । इन्द्रियहरूको वशमा रोक, वस्तुहरू पाउने लोभ र प्रयास गर्छ । आत्म योगीको लागि त संसारको कुनै चीज सत्य छदै-छैन । सुन-चाँदी आदि धातुहरुको त कुरै के गर्नु ।  

उत्तम पद प्राप्ति गर्ने साधन बताउँदै भगवान भन्नुहुन्छ, 'शुद्ध देशमा शुद्ध भूमिमा आसन लगाएर बस्नु अनि इन्द्रियहरुलाई वशमा गरेर योगको अभ्यास गर्नुपर्छ । जहाँ सज्जनहरु बसेका हुन्छन् त्यो स्थान शुद्ध हो किनभने सज्जनहरूको संगतले नर्कलाई पनि स्वर्ग बनाइदिन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ