arrow

गणेशको काटिएको शरीरमा किन जोडियो हात्तीको टाउको

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
Ganesha-Shiva-Parvati-comp.jpg

काठमाडौं। सनातन धर्ममा हरेक शुभ कार्य गर्नुभन्दा पहिले भगवान गणेशको पुजन गरिन्छ। जन्मोत्सव, गृह प्रवेश वा अन्य कुनै शुभ कार्य गर्नुभन्दा पहिले हामी 'वक्र तुदं महाकाय' गणपतिको पूजन गर्छौ र उहाँलाई विघ्न नाशक, दुखहर्ता र मंगलकारी मान्छौ। विप्रवर गोबरको प्रतीकरूप गणेश बनाएर त्यसमा प्राण-प्रतिष्ठा  गरेर सर्वप्रथम गणपतिको पूजन गर्छौ; गणेशलाई अति शुभ मानिन्छ ।

विदेशमा बस्नेलाई लाग्न सक्छ निकै विचित्र परम्पराको रुपमा गणेशको पूजन। जबकि टाउको हात्तीको शरीर मानव जस्तो भएकाको किन सबै भन्दा पहिले पूजा गरिन्छ ?

गणपति महाराज हाम्रो भूमिको त्यस प्राचीन कालका वैज्ञानिक उपलब्धि (scientific achievement) को सबैभन्दा ठुलो प्रतीक (symbol) हो। उहाँको टाउको हात्तीको छ र बाँकी शरीर मानवको यो निकै विचित्र समन्वय हो।

पुराणहरुमा वर्णन गरिएको छ कि माता पार्वती एक दिन जब गौरी कुण्डमा स्नान गर्न गइरहनुभएको थियो तब उहाँले सोच्नुभयो कोहि पनि यहाँ द्वारपाल छैनन । अतः उहाँले आफ्नो मानसिक शक्तिबाट गणेशलाई सृजन गर्नुभयो, रचना गर्नुभयो र भन्नुभयो,'पुत्र ! तिमि द्वारमा गएर पहरेदारी गर र कुनै व्यक्तिलाई भित्र आउन नदिनु किनभने म गौरीकुण्डमा स्नान गर्न जादैछु ।'

गौरीकुण्ड त्यो स्थान हो जहाँ एक तलाउ तातो पानीको हुने गर्दछ। यो  स्थान केदारनाथबाट चौध किलोमीटर तल छ । तब माताको आज्ञा पाएर गणेश ढोकामा पहरेदार बन्नुभयो । केहि समय पश्चात भगवान शंकर त्यहाँ आउनुभयो र भित्र प्रवेश गर्न लाग्नुभयो तब गणेशले उहाँलाई रोक्नुभयो र भन्नुभयो -,'तपाई भित्र जान सक्नुहुन्न ।'

भगवान शंकरले भन्नुभयो,'यो मेरो घर हो र मलाई तिमि रोक्छौ ; तिमि को हौ ? उहाँले भन्नुभयो म माताको सेवक हूँ, माताको आज्ञा छ कि कोहि पनि भित्र जान नसकोस ।'

जब गणेशले भगवान शंकरलाई भित्र जान दिनुभएन तव उहँको भगवान शंकरसँग घमासान युद्ध भयो । शंकरजीले थाहा पाउनुभयो बालक ओजस्वी छ, निकै शक्तिसँग युद्ध गरिरहेको छ, तव आफ्नो महाशक्ति निकाल्नुभयो र  त्रिशुलको माध्यमबाट गणेशको सिर छेदन गरेर भित्र प्रवेश गर्नुभयो ।

माता पार्वती हेर्नुहुन्छ कि त्रिशल रक्त-रन्जित छ र भगवान शंकर लहू-लुहान हुनुहुन्छ यस्तो विलक्षण रूप देखेर सोध्नुभयो,'प्रभु ! तपाई कोसँग लडाइ गरेर आउनुभयो ?'

भगवानले भन्नुभयो,'एक निकै मुर्ख बालक थियो, बाटोमा द्वारपाल बनेर मलाई रोकिरहेको थियो - म यसँग लडेर, उसको सिर छेदन गरेर आएको हुँ।'

पार्वतीले विलाप गर्दै भन्नुभयो,'ओहो ! स्वामी, तपाईले त ठुलो अनर्थ गर्नुभयो ; त्यो मेरा पुत्र थिए, मैले उसको रचना गरे आफ्नो रक्षाको लागि तर तपाईले उसलाई मार्नुभयो ! तपाई जे सुकै गर्नुहोस तर उसलाई पुन जीवित गर्दिनुहोस ।'

पार्वतीको अनुरोधपछि भगवान शंकरले दिव्य दृष्टिद्वारा थाहा पाउनुभयो जुन कालमा, जुन नक्षत्रमा र जुन मुहर्तमा गणपतिको सृजन भएको थियो, ठीक त्यसै समय एक हात्तीले बच्चालाई जन्म दिएकी थिइन् । त्यस बच्चालाई खोजेर त्यसको सिरलाई काटेर गणेशको शरीर माथि लगाएर उहाँलाई पुन जीवित गर्नुभयो ।

अब तपाई सिर कुनै जनावरको पनि लगाउन सकिन्थ्यो, हात्तीकै सिर किन लगाइयो? यसको पनि कारण छ। जनावर त धेरै प्रकारका छन्, तर ती जनावरहरु भित्र जुन मस्तिष्क हुन्छ त्यसमा जुन ग्रे मेटर (grey matter) को मात्रा यति कम हुन्छ कि त्यसबाट केवल आफ्नो शरीरलाई नियन्त्रित राख्न सक्छ, आफ्नो आवश्यकताहरुलाई पूर्ति गर्न सक्छ, तर उनिहरुमा विवेक र विचारको शक्ति निकै कम हुन्छ । तर हात्तीको मस्तिष्क ठुलो हुन्छ, त्यसमा ग्रे मेटरको अनुपात (volume) अन्य जनावरहरुभन्दा अधिक हुन्छ । मनुष्यको शरीरलाई सही प्रकारबाट संचालित गर्नको लागि त्यसै अनुपातमा बुद्धी चाहिन्छ मस्तिष्क चाहिन्छ - यसकारण हात्तीको मस्तिष्कलाई लगाइयो जसबाट त्यस शरीरको संचालन सहि रुपमा गरियोस ।

अफ्रिकामा एकनिकै चर्चित डाक्टर थिए जसको नाम हो डाक्टर बर्नार्ड। उनले एक व्यक्तिको मुटु निकालेर दोस्रो व्यक्तिको मुटु लगाइदिए। यस मुटु परिवर्तनको क्रियालाई वैज्ञानिक भाषामा हर्ट ट्रान्सप्लेटेशन  भनिन्छ। साथै आजको विज्ञानले यसलाई निकै महत्वपूर्ण उपलब्धि मानिन्छ। तर यदि तपाई धेरथोर विज्ञानको ज्ञान भए तपाईलाई थाहा होला कि मुटु बदल्नु सजिलो छ मस्तिष्क (head transplantation) बदल्नु भन्दा।

मस्तिष्क भित्र जुन ग्रे मेटर हुन्छ त्यसलाई परिवर्तन गर्नु (transplantation) एक निकै कठिन काम हो जुन विज्ञानले अहिलै सम्म गर्न सकेको छैन । त्यस  प्राचीन जमानामा के शल्य-चिकित्सा (surgery) थियो होला  कि त्यस समय मस्तिष्क परिर्वतन गर्ने गरिन्थ्यो, मस्तिष्क पनि बदल्न सकिन्थ्यो ? हाम्रो वैदिक कालको यो कति ठुलो उपलब्धि थियो गणेश त्यसको ज्वलन्त उदाहरणको रूपमा हामी सामु हुनुहुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ