- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको जारी सिजनमा चेल्सीले पहिलो जित निकालेको छ भने म्यान्चेष्टर युनाइटेडले पहिलो हार भोगेको छ ।
शनिबार चेल्सीले तेस्रो खेलमा पहिलो सफलता निकाल्ने क्रममा नर्विच सिटीलाई ३–२ गोल अन्तरले हरायो ।
फ्रयांक लम्पार्डले प्रशिक्षण सम्हालेपछि पहिलो जित निकालेको चेल्सीका लागि टमी अब्राहमले २ तथा मासन माउन्टले १ गोल गरे ।
नर्विचका लागि टोड क्यान्टवेल र टीमु पुक्कीले गोल गरेका थिए ।
म्यान्चेस्टर युनाइटेडले भने पहिलो हार भोग्न वाध्य भएको छ । शनिबार भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग २–१ गोल अन्तरले पराजित भएको हो ।
ओल्ड ट्राफोर्डको घरेलु मैदानमा क्रिस्टललाई जिताउन जोर्डन आयु र प्याट्रिक भ्यान एन्होल्टले एक एक गोल गरे ।
युनाइटेडका ड्यानिल जेम्सले एक गोल फर्काए ।
७० औं मिनेटमा युनाइटेडले पेनाल्टीबाट बराबरी गर्ने अवसर पाए पनि मार्कस राष्फोर्डले पेनाल्टीमा गोल गर्न सकेनन् ।
लिगका अन्य खेलमा लेष्टर सिटीले शेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले हरायो । साउथह्याम्पटनले ब्राइटनलाई २–० गोल अन्तरले र वेष्टह्यामले वाट्फोर्डलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।