arrow

कुम्भको महत्व,परम्पराको रहस्यवाद

अन्यायी एवं अत्याचारी राजा दिइन्थ्यो दण्ड

logo
ज्ञान,
प्रकाशित २०७६ भदौ १० मंगलबार
samundra-manthan.jpg

काठमाडौं ।  कुम्भमा अर्धकुम्भहरुमा हामी तीर्थ स्नान गर्न किन जान्छौ ? त्यसको हाम्रो जीवनमा के अभिप्राय छ ? हजारौ लाखौको संख्यामा मानिसहरु किन जान्छन् -

कसैले यो सोचेर जान्छन् कि हामी जानु पर्छ, नुहाउनु पर्छ र घर जानु पर्छ। केही व्यवसाय दृष्टिकोणबाट जान्छन् कि म त्यहाँ जान्छु र त्यहाँ व्यापार गर्छु। केहि मानिसहरू मेरो पाप धुनु छ भन्ने दृष्टिकोणमा जान्छन्। प्रत्येक व्यक्तिको आ-आफ्नै इच्छा हुन्छ, जुन आफूसँग कुम्भमा लान्छन्। तर कुम्भको सम्बन्ध चार ठाउँहरू - हरिद्वार, नासिक, इलाहाबाद र उज्जैनसँग सम्बन्धित छ जुन अहिलेको होइन धेरै पहिलेदेखि चल्दै आएको छ ।

एकपटक जब देवता र दानवहरुमा भयंकर लडाइ भयो तब भगवानले लड़ाई समाप्त गर्नको लागि दुवै पक्षलाई बोलाउनुभयो र भन्नुभयो, 'तिमिहरु दुवै पक्ष एक आपसमा लडेर किन आफ्नो शक्तिलाई क्षीण गर्छौ , यस बाहेक किन आफ्नो शक्तिलाई संयुक्त गरेर समुद्रको मंथनमा लगाउदैनौ, जसबाट तिमिहरुलाई धेरै बहुमुल्य कुराहरुको प्राप्ति हुनेछ ।'

तब, देवता र दानवहरुले मिलेर समझौता गरे कि आफ्नो शक्तिलाई समुद्र-मन्थनमा लगाउने। भगवानले कुर्म अवतार धारण गरेर मंदराचल पर्वतको मथनीलाई आफुमाथि उठाउनुभयो, त्यसको सहारा दिनुभयो र समुद्रको मंथन शुरू भयो परिणामस्वरूप समुद्र भित्रबाट धेरै बहुमूल्य चिजहरु निस्किए । साथै बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरुलाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो। कालकूट बिष- फैलदै गएपछि देव-दानव आत्तिन थाले र उनीहरुले यसको समाधान गर्न सकेनन्। अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरुको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागी कालकुट बिष आफैले पिएर सारा जगतलाई बचाउनुभयो  कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ (घाँटी) निलो हुन गयो।

त्यसपछि अमृत पनि निस्कियो । जब देवता र दानवहरुले अमृतलाई  देखे तब उनिहरुको धैर्यको, सन्तोषको सीमा टूट्यो र सबै अमृत पिउनको लाग दौडिए ।

दानवहरुलाई अमृत पिउन नदिने प्रयासमा इन्द्रको छोरा जयन्त त्यस अमृतको कुंभ (घडा) लाई लिएर आकाशमा भाग्छन्। मानिन्छ कि त्यसबाट अमृतको चार थोपा यस भूमिको चार स्थानमा झर्‍यो । ती स्थान हुन् -उज्जैन, हरिद्वार, नासिक र प्रयागराज जसलाई इलाहाबाद पनि भनिन्छ । त्यस अमृतको थोपा जहाँ-जहाँ झर्‍यो त्यो  स्थान हाम्रो लागि तीर्थ बन्यो र ती तिर्थमा गएर हामी कुम्भ पर्व मनाउन थाल्यौ । कुम्भको अर्थ हुन्छ घडा। कुंभ त्यस अमृतको घडाको प्रतिक हो जसबाट चार थोपा यस भूमिमा झर्‍यो फलस्वरूप त्यहाँ कुंभ पर्व मनाइन्छ ।

त्यसो त जहाँ अमृत खसेको हो, त्यहाँ बाह्र महिना नै कुम्भ हुनुपर्ने हो तर प्रत्येक बाह्र बर्ष पछि, हरेक त्यो ठाउँमा कुम्भ मनाइनेछ। अब यो विचार गर्नुको विषय हो कि किन बाह्र बर्ष दिइएको थियो, र किन त्यस्ता स्थानहरू मात्र चुनियो जहाँ अमृत झरेको थियो ?

वास्तवमा यदि हामी यसको गहिराइमा जाने र विचार गरे तब यी चार स्थानहरुमा जो अमृतको थोपा छ, त्यो यस्तो थोपा होइन जुन सबले पाउनेछन। मानिसले त्यस थोपालाई कसरी ग्रहण गर्ने किनकि त्यो जुन घडाबाट अमृतको थोपा झरेको थियो , त्यो त युगै पहिले झरेको होला , आज त त्यहाँ कुनै पनि त्यसको कुनै अवशेष पाइदैन, नामोनिशान छैन तर हाम्रा सन्त-महात्माहरुले यस परिपाटीलाई चलाए । त्यो यसकारण चलाए कि त्यहाँ जानाले हामीलाई साचो साधु उपलब्ध हुनेछ तब  उसले परमात्माको अनुभूति-रूपी अमृतको थोपा हाम्रो जीवनमा बर्साउनेछन् ।

संसारमा साधु त धेरै भेटिन्छन् । यो यस्तो भेष हो जसमा चोर, डाकू, बदमाश, लम्पट, ठग आदि सबै मिल्नेछन् ।  रावणले पनि जब सीताको अपहरण गर्न चाहे तब सबैभन्दा सरल, उनले साधुकै भेष बदले, यो सोचेर की यस भेषमा सजिलै भिक्षा माग्न सक्छु। जब सीताजीले भिक्षा दिनेछिन् तब उनको अपहरण गर्नेछु ।  

साँचो साधकले व्यक्तिलाई सत्संग दिएर त्यस अमृतको थोपालाई उपलब्ध गराउनेछन् । त्यसैले भनियो-

सिंहों के लँहड़े नहीं, हंसों की नहीं पात ।
लालों की नहीं बोरियाँ. साधन चलें जमात।।

साचो साधक त कोहि कोहि हुन्छ जो त्यस अमृतको भेदलाई जान्दछ ।

गोरखपुरमा एक मन्दिर छ गुरु गोरखनाथको । त्यस मन्दिर भित्र  सुन्दर-सुन्दर संवाद लेखिएको छ र ती सबै संवाद त्यस आध्यात्म ज्ञानसँग, परमात्माको अनुभूतिसँग सम्बन्धित छ । तर त्यस ज्ञानको अनुभूति गर्ने, त्यसलाई सम्झाउने, यो सोध्ने कति होलान कि महाराज, जुन तपाईले लेख्नुभएको छ कि हामी भित्र एक अमृतको कुवा छ, जहाँबाट अमृत झर्छ, कृपा गरेर हामीलाई भन्नुहोस त्यो अमृतको कुवा कहाँ छ र त्यो अमृत कसरी हामीलाई प्राप्त हुनेछ ? यो सोध्ने कति होलान र सोध्ने कति होलान ? जब सोध्ने नै छैनन् भने बताउने कहाँबाट आउनेछन् ?

वास्तवमा जुन अमृतको थोपा छ त्यो क्रियात्मक ज्ञान हो, त्यो परमपिता परमात्माको प्रत्यक्ष अनुभति हो। जब कुम्भको अवसरमा यस्तो धार्मिक स्थानहरुमा हामी जान्छौ तब त्यहाँ जब हामीलाई साँचो साधक मिल्नेछ र यदि हामीमा साचो जिज्ञासा हुन्छ तब त्यो हामीलाई त्यस आध्यात्मज्ञानलाई त्यस क्रियात्मक अनुभूतिलाई प्रदान गरेर हामी भित्र विद्यमान त्यस अमृतको भेद बताउनेछन् र  जब 'ज्ञान' लाई हामी धारण गर्छौ तव त्यो अमृतको थोपा हाम्रो जीवनमा टप्किन्छ ।

बाह्र बर्षपछि कुम्भ यसकारण मानियो कि हाम्रा जो सन्त-महात्मा छन्, जो भगवानका सैनिक हुन्, दूत हुन्। उनिहरुले हरेक व्यक्तिलाई एक मौका दिए कि भाई तिम्रो पाँच कर्मेन्द्रिय, पाँच ज्ञानेन्द्रिय, एधार मन र बाह्र बुद्धि यी जो बाह्र चीज छन् यी माथि विजय प्राप्त गर। हरेक एक चीजको लाग एक एक बर्ष दिए ताकि बाह्र बर्षमा यी बाह्र चीजहरु भन्दा माथि उठ र भने सारा सन्त समुदाय एकिकृत भएको कुम्भमा गएर त्यस अध्यात्मज्ञानलाई प्राप्त गर, मन-बुद्धिभन्दा माथि उठ ।

कुम्भको पर्व पूर्णिमाबाट शरू भएर पूर्णिमामा समाप्त हुन्छ । हाम्रा ऋषि-मुनिहरुले किन पूर्णिमालाई महत्त्व दिए ? जब पूर्णिमा अर्थात पूर्ण चन्द्रमा (full moon) हुन्छ तब समुद्रमा ज्वार-भाटा आउछ किनभने चन्द्रमा पानीलाई आफ्नोतर्फ खिच्छ जसको प्रभावबाट पानी माथि उठछ । यस्तै हाम्रो रगतमा सत्तरी प्रतिशत पानी छ, त्यो पनि चन्द्रमाको खिचाइबाट प्रभावित हुन्छ।

पूर्णिमाको चन्द्रमाको प्रभावबाट मानिस ईश्वरको ध्यानतर्फ प्रेरित हुन्छ तथा सदमार्गतर्फ लाग्छ, यसकारण पूर्णिमालाई महत्त्व दिइयो ।

दोस्रो कुरा त्यस जमानामा बिजली हुदैन थियो पूर्णचन्द्रमा भए रातमा उज्यालो हुनेछ, टाढा टाढाबाट गाउबाट आउनेहरुलाई समस्या हुनेछैन यसकारण समाप्ति पनि पूर्णिमामा गर्दथे जसबाट उज्यालो रहे फिर्ता जान सजिलो हुने विश्वास थियो । यो धार्मिक पर्व, सत्संग आयोजना बगर, नदीको किनारा यसकारण राखिन्थ्यो कि मानिसहरुलाई नुहुाउन, खान-पिउन, खाना बनाउन आदि सविधा प्राप्त होस। यी सबै कुरालाई हाम्रा ऋषि-मुनिहरुले बिचार गरे ।

यस बाहेक कुम्भको अवसरमा सबै सन्त-महात्मा एकत्र हुन्थे एवं देशभरका सबै राजाहरु पनि एकत्रित हुन्थे । त्यहाँ राजाहरुको निर्णय पनि गरिन्थ्यो जो राजा अन्यायी एवं अत्याचारी हुन्थे, उसलाई दण्ड पनि दिइन्थ्यो ।

यस प्रकार कुम्भ पर्वमा देशको सामाजिक एवं आध्यात्मिक दुवै स्थितिको सर्वेक्षण हुन्थ्यो तथा जनता-जर्नादनलाई आध्यात्म-बोध गराइन्थ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ