- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जुन समय पाण्डवहरूले राजसूय यज्ञ गरेका थिए, त्यस बेला धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्णलाई सोधे, 'प्रभु! तपाईंको आज्ञानुसार यज्ञ त गरिरहेको छु, तर यज्ञको सफलता कसरी थाहा लाग्ने छ हाम्रो यज्ञ सफल भयो भनेर?' तब भगवान कृष्णले त्यहि समय एउटा घण्टी झुण्ड्याई दिनुभयो अनि भन्नुभयो, 'हेर धर्मराज, यज्ञ सफल भएपछि यो घण्टी आफैं बज्ने छ, तब यज्ञ सफल भयो भनेर सम्झनु ।'
यज्ञ-कार्य प्रारम्भ भयो । यज्ञमा भगवानले स्वयं जूठो भाडाहरू उठाऊनु भयो । दान दिने काम दुर्योधनलाई सुम्पिइयो । दुर्योधनले धेरैभन्दा धेरै दान दिएर पाण्डवहरूको राज-खजाना रित्ताउन चाहन्थे । उनले हजार माग्नेलाई दुई हजार, एक लाख माग्नेलाई दुई लाख दान दिन थाले। तर राज्यकोष फेरि पनि जस्ताको तस्तै भरि भराउ रहन्थ्यो, किनभने दुर्योधनको हातमा एउटा चक्र थियो, यसकारण उसले कसैलाई दुई लाख दिदा राजकोषमा चार लाख्न बढ्थ्यो ।
तर दुर्योधनलाई यो रहस्य थाहा थिएन, केवल भगवान कृष्णले मात्र यो कुरा जान्नुहुन्थ्यो, यसकारण भगवानले धर्मराजलाई दान दिने काम दुर्योधनलाई सुम्पिन लगउनुभएको थियो । उनले आफ्नो तफर्बाट जति सक्दो राजकोष रित्याउने कोशिश गरे, तर सफल भएन । याचकहरू पनि धेरै दान पाएर धर्मराजको महिमा र गुण गाउँदै जान्थे।
यज्ञको कार्य समाप्त भयो, तर घण्टी बजेन । घण्टी नबज्दा धर्मराजले सोचे, 'भगवानले झुटो बोल्नु हुँदैन, लाग्छ कि यज्ञ सफल भएन ।'
धर्मराजले भगवानलाई गएर भन्छन्,'प्रभु! घण्टी न झण्ड्याएको भएदेखि त म यज्ञ सफल भयो भनेर सम्झने थिएँ, तर घण्टी नबजेकोले यहि लाग्छ कि यज्ञ सफल भएन।'
तब भगवानले भन्नुहुन्छ, 'पत्तो लगाऊ कहिं कुनै याचक भोको रहेको छैन! आफ्नो राज्यमा खोजि-तलाश गर, अवश्य पनि कोहि यस्तो याचक रहन गएको छ, जो यज्ञमा आफ्नो भाग लिन आएको छैन।'
धर्मराज यधिष्ठिरका सिपाहीहरू राज्यमा घुम्दै खोजि गर्न थाले। सिपाहीहरूले नगरदेखि बाहिर नदीको किनारमा एउटा झोपड़ीमा एक शूद्र जातिको साधु ध्यानमा बसेको देखे।
उनीहरुले गएर उनलाई सोधे, 'महात्मन्! के तपाई धर्मराजको यज्ञमा जानु भएन?'
साधुले भने, हेर भाइ हो! म त उसैको घरमा भोजन गर्न जान्छु जसले मलाई दक्षिणामा दस हजार अश्वमेध यज्ञको फल दिन्छ।'
धर्मराजका सिपाहीहरू आजकलको सिपाहीहरू जस्ता थिएनन् जसले साधुलाई जबर्दस्ती डर देखाएर भोजन गर्न तानेर ल्याउँथे। उनीहरू त धर्मराजका सिपाही थिए, धर्म र नीति रामरी जान्दथे।
उनीहरुले आएर धर्मराजलाई भने, 'महाराज! नदीको किनारमा एउटा यस्तो साधु छन् जो यज्ञमा आएन । हामीले उनलाई यहाँ आउने प्रार्थना गयौं, तर उनि भन्छन्,'म त उसैको घरमा मात्र भोजन गर्न जान्छु जसले मलाई दस हजार अश्वमेध यज्ञको फल दक्षिणमा दिन्छ।'
सिपाहीहरूको कुरा सुनेर धर्मराज सोचमा परे जीवनमा मैले एउटै राजसूय यज्ञ गरें, त्यो पनि सफल भएन। यस्तो हजार राजसूय यज्ञ गर्दा एक अश्वमेध यज्ञ हुन्छ । साधुलाई दस हजार अश्वमेध यज्ञको फल कहाँबाट दिने! अब त न साधु आउने छन्, न यज्ञ सफल हुनेछ । धर्मराज शिर झकाएर निराश भएर बसे ।
त्यहि बेला द्रौपदी वहाँ आईन। धर्मराजलाई चिन्तित देखेर भनिन्,'महाराज! तपाई के को चिन्तामा पर्नभयो? धर्मराजले भन्छनु, 'देवी! मेरो चिन्ता दूर गर्ने तिम्रोमा पनि कुनै उपाय छैन ।'
द्रौपदी भन्छिन्, स्वामी! चिन्ताको कारण त बताउनुहोस्,, बताउँदैमा त केहि हुँदैन । सम्भव छ कुनै उपाय मिल्छ कि।'
धर्मराजले घण्टी नबज्नको कारण बताउँदै भने, 'नगर बाहिर एउटा यस्तो साधु बस्छन्, जो यज्ञमा आएनन्। उनी दस हजार अश्वमेध यज्ञको फल दक्षिणामा दियो भने मात्र आउने कुरा गर्दछन् । यसकारण अब न साधु यज्ञमा आउने छन् र न त यज्ञको घण्टी बज्नेछ, न यो यज्ञ पुरा हुनेछ।'
तब द्रौपदी भन्छिन्, 'हे स्वामी! तपाईले चिन्ता गर्न छोडेर साधुको लागि भोजनको तयारी गर्नुहोस, म साधुलाई साथमा लिएर आउने छु।'
द्रौपदीले नुहाई-धोई गरेर सफा लुगा पहिरिन अनि थालीमा केहि भेटी र फूल-प्रसाद लिएर साधुको दर्शन गर्न प्रस्थान गरिन् । वहाँ गएर उनले साधुलाई प्रणाम गरिन अनि आफूसंग ल्याएको फूल-प्रसाद उनको साम्ने राखेर हात जोड़ेर खड़ा भईन ।
साधु महात्माले भने,'भन देवी! के कारणले आयौ?
द्रौपदीले भन्छिन्, 'महाराज! तपाई धर्मराजको यज्ञमा पधार्ने कृपा गर्नहोस ।'
साधुले भन्छन्,'देवी! म त उसको घरमा मात्र भोजन गर्न जान्छु जसले मलाई दस हजार अश्वमेध यज्ञको फल दक्षिणामा दिन्छ ।'
तब द्रौपदीले भन्छिन्, 'महाराज! तपाईले दस हजार अश्वमेध यज्ञको फल लिनुहोस् अनि बाँकी यज्ञको फल मलाई दिएर तपाई धर्मराजको यज्ञमा पधार्नुहोस् ।'
साधुले भन्छन्, 'तिमीले यत्रो यज्ञ कहिले गर्यो?
तब द्रौपदी भन्छिन्, 'महाराज! मैले शास्त्रहरुमा पढ़ेकी छु साथै सन्त-महात्माहरूबाट पनि सुनेकी छ, जसले भन्छन्-
सन्त मिलन को चालिये तजि माया अभिमान।
ज्यों-ज्यों पग आगे धरे कोटिन यज्ञ समान।।
तपाई त सबैको हृदयको कुरा जान्ने अन्तयामी हुनुहुन्छ । म महलदेखि यहाँसम्म हजारौं कदम हिंडेर आएकी छु । यदि म साँचो हृदयले सबै प्रकारको अभिमान त्यागेर आएकी छु भने, अवश्य एक-एक कदममा करोड़ों यज्ञ गरेर आएकी छु। यो सुन्न साथै साधु आसनबाट उठे अनि द्रौपदीको साथमा धर्मराजको यज्ञमा आए ।
धर्मराज युधिष्ठिरले साधुको आदर- सत्कार गरेर उच्च आसनमा बसाए। चरण पखालेर आफ्नो श्रद्धाको परिचय दिदै धर्मराजले सोचे, 'यज्ञमा हजारौ मानिसहरूले भोजन गरे, तर मैले कसैलाई आफ्नो हातले भोजन गराईन । एक साधु रहेका छन्, इनको सेवा त म आफनै हातले गर्ने छु।'
धर्मराजले आफै चूल्हा जलाए, भाडाहरु राम्ररी सफा गरेर आफ्नो हातले खाना बनाए अनि थालीमा पस्केर साधुको साम्ने प्रस्तुत गरे। साधुले सबै खानाहरू एकसाथ मिसाएर खान थाले ।
त्यो देखेर धर्मराजले सोच्न थाले,'आखिर शुद्र जातिको साधु त हुन्, अलग-अलग खानाको स्वाद के जानुन् । मैले कति प्रेम र उत्साहपूर्वक अनेक प्रकारको पक्वानहरू बनाएँ. तर साधुले सबै मिलाएर एउटै बनाए।'
भोजन-प्रसाद ग्रहण गरेर साधु आफ्नो बाटो लागे, तर यज्ञको घण्टी बजेन । धर्मराजले फेरि भगवान कृष्णलाई भन्छन्, 'प्रभु! एउटा साधु रहेका थिए , अब त उनले पनि भोजन गरेर गए , तर घण्टी बजेन ।'
तब भगवान कृष्ण भन्नुहुन्छ, 'धर्मराज! साधुले भोजन ग्रहण गर्दा तिम्रो मनमा कुनै प्रकारको विचार त आएको थिएन?'
धर्मराज त सत्यवादी थिए, उनले भने, 'भगवन्! अवश्य विचार आएको थियो । जब साधुले सबै प्रकारको पक्वानहरू एकसाथ मिलाएर खान थाले, तब मैले सोचें आखिर शूद्र जातिको साधु त हुन्, अलग-अलग पक्वानको स्वाद के जानुन् ।'
तब भगवान कृष्णले भन्नुभयो,'साधुलाई फेरि भोजन गर्न आउने प्रार्थना गर अनि जब उनले भोजन गर्न थाल्ने छ, तब सबै प्रकारको पक्वान एकसाथ मिसाएर खानको कारण सोध अनि साधुले जति छोडेर जान्छन्, त्यो तिमीहरू सबैले मिलेर भोग-प्रसादको रूपमा ग्रहण गर।'
साधुलाई फेरि निमन्त्रित गरियो। धर्मराजले पहिले जस्तै अनेक प्रकारको पक्वान बनाएर साधुलाई दिए। जब साधुले सबै चीज एकसाथ मिसाएर खान थाले तब धर्मराजले हात जोडेर विनम्र भावले सोधे,'महात्मन! तपाईले अलग- अलग चीजको अलग-अलग भोग नलगाएर सबै एकसाथ मिलाएर भोग लगाउनुको कारण के हो?'
साधुले भने, 'धर्मराज! तिमीले सबै चीज प्रेमसंग बनाएका छौ, यदि मैले कुनै चीजको भोग पहिले लगाए भने तिमीले प्रेमसंग बनाएको चीजहरूमा कुनै चीजको आदर अनि कुनै चीजको निरादर हुनजान्छ। यसकारण तिमीले प्रेमसंग बनाएको सबै चीज एकसाथ मिलाएर मैले भोग लगाएको हुँ।'
साधु भोजन ग्रहण गरेर प्रस्थान गरे, सबै भाइहरू र द्रौपदीले भोग-प्रसाद ग्रहण गरे, तब यज्ञको घण्टी बज्यो । यसैले साधु कुनै जाति विशेषको हुँदैन भनेको छ-
जाति पाति पूछे नहीं कोई।
हरि को भजे सो हरि का होई।।
साधु त परमात्माको स्वरूप हुन्छ । उनीप्रति जसको जस्तो श्रद्धा-भाव हुन्छ, उसलाई उस्तै फल मिल्छ।
जिन्ह के रही भावना जैसी।
प्रभु मूरति तिन्ह देखि तैसी।।
मनमा जसको जस्तो भावना हुन्छ उसले भगवानलाई उस्तै रूपमा देख्छ ।