- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । धर्मराज युधिष्ठिरले जब साधुमाथि मनमा संशय राखे तब पाण्डवहरूले गरेको राजसूय यज्ञ सफल भएन। जब उनले मनको शंकालाई समाप्त गरे तब यज्ञ सफल भयो । त्यसैले मनमा जसको जस्तो भावना हुन्छ उसले भगवानलाई उस्तै रूपमा देख्छ । त्यसैले भनियो-
जिन्ह के रही भावना जैसी।
प्रभु मूरति तिन्ह देखि तैसी।।
भगवान सबैमा समान रूपले व्यापक हुनुहुन्छ, जसको जस्तो भावना हुन्छ, उसले उस्तै रूपमा देख्छ । सबैभित्र अनहद बाजा बज्छ, तर जसको सन्तहरुप्रति श्रद्धा हुँदैन अनि सबै प्रकारको अभिमान त्यागेर सन्तहरुको सेवा गर्दैन, उसको मनुष्य जीवनरूपी यज्ञ सफल हुँदैन। सबैभित्र दिन-रात शंख, घण्ट, मृदंग आदि बजिरहेको छ, तर गुरुको कृपा बिना कसैले सुन्न सक्दैन । सन्त ब्रह्मानन्दले भजनमा भनेका छन्-
अचरज देखा भारी साधो, अचरज देखा भारी रे।।
गगन बीच अमृत का कुआँ झरे सदा सखकारी रे।
पंगु पुरुष चढ़े बिन सीढ़ी, पीवे भर भर झारी रे।।
बिना बजाये निसदिन बाजे, घंटा शंख नगारी रे।
बहरा सुनसुन मस्त होत है, तन की सुधि बिसारी रे।।
बिना भूमि के महल बना है, तामें ज्योति उजारी रे।
अंधा देख-देन सुख पावे, बात बतावे सारी रे ।।
एकदमै आश्चर्यको कुरा छ। आकाशमा अमृतको कुवा छ, जसबाट सदा सुख दिने अमृत झरिरहन्छ। पंगु पुरुष जसको हात-खुट्टा छैन, बिना सीढी आकाशमा चढेर त्यो अमृत झार्दै पिउँछ । फेरि कसैले नबजाई दिन-रात घण्ट, शंख, नगारा बजिरहेको छ, जसलाई बहिराले सुनेर मस्त हुन्छ । बिना जग्गाको एउटा महल बनेको छ, जसमा दिन-रात उज्यालो ज्योति जलिरहन्छ, जसलाई एउटा अन्धाले देखेर सारा कुरा बताउँछ। अब बहिराले शंख, घण्टी, नगाराको आवाज कसरी सुन्छ अनि जग्गा बिनाको महल कहाँ छ अनि त्यो ज्योति कुन हो जसलाई अन्धाले देख्छ अनि जुन दिन-रात रहन्छ? त्यसैलाई रामायणमा भगवानको भक्ति बताइएको छ-
राम भगति चिंतामनि सुन्दर।
बसड़ गुरुड़ जाके उर अन्तर।।
परम प्रकास रूप दिन-राति ।
नहिं कछु चहिअ दिया घृत बाती।।
यस आँखाले त्यो शरीर रूपी महलभित्रको प्रकाशलाई देख्दैन। अन्धाले मात्र देखेर त्यहाँको सबै कुरा बताउँछ । अन्धाले कसरी देख्छ अनि जसले देख्छ त्यो अन्धा कहाँ भयो?
हामी देख्छौं कि मरेको मान्छे फेरि जीवित हुँदैन, तर त्यो मरेर फेरि जीवित हुन्छ । हाम्रो बल भोजन र पानी हो। एक दिन खानु-पिउन पाएनौ भने हाम्रो शरीरले काम गर्न छोडछ। तर त्यो त नखाई, नपिइ पनि सदा बलवान रहन्छ।
सन्त ब्रह्मानन्द भन्छन् , 'मैले यस्तो अचम्म देखें, तर मेरो यो कुरा बिरलै सन्तहरूले मात्र सम्झन्छन् ।' त्यो बिरला सेठ होईन जसले भगवानको लागि घर (मन्दिर) बनाएको छ, अपितु सन्तहरूमा पनि कसै-कसैले मात्र यसको भेद जान्दछ । साधुहरू त धेरै बन्छन्, तर यो गूढ ज्ञानलाई जान्दैनन् । जसमाथि सद्गुरुको कृपा हुन्छ, उसले मात्र यस्तो आश्चर्यजनक कुराहरू देख्छ अनि सम्झन्छ ।
सूरदासले पनि भनेका छन्-
बन्दी चरण कमल हरि राई।।
जाकि कृपा पंगु गिरि लंघे, अंधे को सबकुछ दरसाई।
बहिरो सने मुक पनि बोले, रंकहु ले सिर छत्र धराई।।
सरदास स्वामी करुणामय, बारबार बन्दी तेहि पाई।।
गुरुको कृपाले नै अपांग पुरुष पर्वतमाथि चढ़छ, अन्धाले देख्न थाल्छ, लाटो बोल्छ, कंगालले पनि शिरमा छत्र धारण गर्छ । गुरु महाराज करुणाको सागर हुनुहुन्छ, यसकारण म बार-बार गुरुको वन्दना गर्छ, जसको कृपाले मलाई ज्ञान प्राप्त भएको छ ।
तुलसीदासले पनि भनेका छन्-
बिनु पद चलइ सुनइ बिनु काना।
कर बिनु करम करइ विधि नाना।।
आनन रहित सकल रस भोगी।
बिनु बानी चकता बड़ जोगी।।
तन बिनु परस नयन बिनु देखा।
ग्रहइ घ्रास बिन बास असेषा।।
जेहि इमि गावहिं वेद बुध जाहि धरहिं मुनि ध्यान।
सोइ दसरथ सुत भगत हित कोसलपति भगवान ।।
जो खुट्टा बिना हिंड्छ, बिना हात सबै काम गर्छ, बिना मुख सबै रसको स्वाद लिन्छ, बिना वाणी बोल्ने ठूलो योगी हो। बिना शरीर स्पर्श गर्छ, बिना आँखा देख्छ, बिना नाक सुध्छ। जसको यसरी वेद र विद्वानहरू महिमा गाउँदछन, त्यहि महान शक्तिले प्रभु रामको रुपमा दशरथको घरमा जन्म लिएका छन ।
जुन मानिसहरूले रामको मूर्तिलाई भगवान सम्झन्छन, उनीहरुले यो सोच्नु आवश्यक छ कि जब त्यो हिंड्दैन, खाँदैन या बोल्दैन भने, सन्त तुलसीदासको मतअनुसार त्यो भगवानको स्वरूप होइन ।
भगवान श्रीकृष्णले पनि आफ्नो यहि स्वरूपलाई जान्नु भन्नु भएको छ, जसलाई जानेर जीव पापहरूको सबै बन्धनबाट मक्त हुन्छ।
अपि चेदसि पापेभ्य: सर्वेभ्यः पापकृत्तमः।
सर्व ज्ञानल्पवेनैव बृजिनं संतरिष्यसि ।।।
यथैधांसि समिद्धोऽग्नर्भस्मसात्कुरुतेऽर्जुन ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा।।
न हि ज्ञानेन सदृश पवित्रमिह विद्यते ।
तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ।।
हे अर्जुन! यदि तिमी पापीभन्दा महापापी हौ भने पनि यो ज्ञान रूपी नौका द्वारा निःसन्देह सबै पापहरूबाट तरेर जानेछौ। यो परम ज्ञानद्वारा पाप यस्तरी दूर हुन्छ, जसरी घाम झुल्कन साथै अन्धकार स्वयं नष्ट हुन्छ। यो उत्तम ज्ञान पाएर साधन गर्नाले मनुष्यको हृदयको सबै विकारहरू स्वयं दूर हुन्छन्। जसरी प्रज्ज्वलित अग्निले काठहरूको ढेरलाई भस्म पार्छ, उस्तै ज्ञान रूपी अग्निमा कर्महरूका सबै पाप रूपी बीजहरू जलेर भस्म हुन्छ । जसरी बीजलाई भूट्यो भने त्यसमा उम्रने शक्ति रहँदैन, उस्तै ज्ञानाग्निमा कर्मरूपी बीज जलेपछि त्यसमा फल दिने सामर्थ्य रहँदैन । वास्तवमा हृदयलाई पवित्र पार्ने ज्ञान समान जप, तप, तीर्थ, व्रत आदि कुनै पनि अर्को साधन छैन।
जसरी सूर्यको सूर्यसंग, चन्द्रमाको चन्द्रमासंग अनि समद्रको उपमा समुद्रसंग नै हुन्छ, उस्तै प्रकार ज्ञान समान ज्ञान मात्र छ। ज्ञानलाई अरु कुनै कुराबाट सम्झन सकिंदैन ।
भगवान कृष्ण भन्नुहुन्छ, 'यो ज्ञानलाई शुद्ध अन्त:करण भएको मनुष्यले मात्र आफ्नो हृदयमा अनुभव गर्दछ, यो ज्ञान इन्द्रियहरूको विषय होइन । इन्द्रियहरूद्वारा जानिने कुरालाई ज्ञान भन्नु ठूलो भूल हो। जुन मनुष्य परमात्माको ज्ञान प्राप्त गरेर भजन-साधनमा लाग्छ, उसले इन्द्रिय र मनलाई वशमा गरेर परमशान्ति प्राप्त गर्दछ। तर जसको ज्ञानमा श्रद्धा हुँदैन या जसको मनमा संशय हुन्छ, त्यस्ता संयशयुक्त अज्ञानी मनुष्य जन्म-मरणको चक्रमा घुमिरहन्छ, उसलाई न यो लोकमा सुख मिल्छ न त परलोकमा सुख मिल्छ । उसको लोक-परलोक दुवै भ्रष्ट हुन्छ।'
अज्ञानी मनुष्य जसको हृदयमा भगवानलाई जान्ने इच्छा हुँदैन, जीउँदै मरेको समान हो। जो भगवानलाई याद गर्न छोडेर विषय-भोगहरूकै मात्र याद गरेर पनि आफूलाई भक्त सम्झन्छ, त्यो अभागीले व्यर्थ जीवन गुमाइरहेको छ, उसको जीवन पशुको भन्दा खराब छ। किनभने गाई, भैसी आदि पशुले घाँस-पात खाएर पनि मनुष्यलाई दूध जस्तो अमृत पदार्थ दिन्छ, तर मनष्यले त्यहि चीजहरू खाएर मैला बनाउँदछ। पशु मरेपछि त्यसको छाला, हड़ी, सिंग आदि मनुष्यको उपयोगमा आउने चीजहरू
बन्छ, तर मनुष्यले त मरेपछि पनि कात्रो, अर्थी, दाउरा र चिहानको जग्गा आदिमा खर्च गराउँछ । मनुष्य जीवन उसैको सार्थक हुन्छ जसले भगवानको याद गर्दै बिताउछ ।
संसारको कस्तो उल्टो चलन छ, जसले फोहोर गर्छ, मैला फैलाउँछ, उसलाई त उच्च जातिको सम्झन्छ अनि जसले मैलाहरू उठाउँछ, साफ-सफाई गर्छ, उसलाई नीच जाति, अपवित्र सम्झन्छ । तर त्यसभन्दा नीच, फोहोरी त्यो मनुष्य हो जसले भगवानको भजन-भक्ति गर्दैन । भगवानको भजन-भक्ति गर्ने मनुष्य त नीच जातिको भए पनि महान, उत्तम हो । तर जुन उच्च जातिकाहरू धन या विद्याको अभिमानमा आएर गुरु र भगवानदेखि विमुख रहन्छ, त्यो मनुष्य नीचभन्दा महा नीच हो। भनेको छ-
नीच नीच सब तर गये संत चरण लौ लीन।
जाति के अभिमान में डूबे सभी कुलीन ।।
संसारको सबै काम विश्वासमा चल्छ । विश्वासमा नै एक- अर्कालाई पैसा उधारो दिइन्छ । विश्वासमा नै विवाह आदि सम्बन्ध हुन्छ । फसल मिल्ने विश्वासमा नै अन्नको बीउ खेतमा रोपिन्छ । संसारको सबै काममा त मानिसहरू विश्वास गर्छन्, तर भगवानमाथि मानिसहरु विश्वास गर्दैनन् । भगवानलाई आफ्नो हृदयमा नखोजेर बाहिर कहाँ-कहाँ खोज्दै भटकिरहन्छन् । साँचो सुख भगवानको भक्तिमा नै मिल्छ, तर पनि मानिसहरू संसारी कुराहरूमा स्थायी सुख खोज्छन् । भगवानको जुन भक्तिबाट पूर्ण शान्ति र सूख मिल्छ, त्यसमा त शंका गर्दछन् अनि संसारी कामहरूमा सुख-शान्ति सम्झेर लागेका छन्। विचार गरेर त हेर, संसारको कुन चीजमा सुख मिल्छ?
मनुष्यले विवाहमा सुख सम्झन्छ । तर एक त विवाहको लागि धन जुटाउनुमा कति कष्ट हुन्छ। ऋण लिएर कुनै प्रकारले विवाह गर्यो भने पनि के सुख मिल्छ? नराम्री पत्नी पायो भने पनि दुखी रहन्छ, कसैले राम्री पत्नी पायो भने पनि अनेक प्रकारको चिन्ता गर्दछ। छोरा-छोरी भएन भने त्यतै चिन्ता, नानी भएर मर्यो या रोगी भयो भने झन चिन्ता । छोरा-छोरी आमा-बाबुको आज्ञा नमान्ने, मनमानी गर्ने भयो भने दुःखी नै हुनुपर्छ । साँचो सुख त प्रभु परमात्मालाई प्रेम गर्नमा छ, बाँकी कुराहरूमा त दुःखै-दुःख मात्र छ।
मोह सकल व्याधिन्ह कर मूला।
तिन्ह ते पुनि उपजहिं बहु सूला।।
मोह नै सबै दुःख-व्याधिहरूको मूल हो, जसबाट सबै रोगहरूको उत्पत्ति हुन्छ। डाक्टर-वैद्यले शरीरको रोगहरूको उपचार गर्छ, तर मनको रोगको उपचार या औषधि गुरुबाट मिल्छ। सद्गुरु रूपी वैद्यको वचन रूपी औषधि अन्दा र प्रेमसँग सेवन गर्नाले मनको सबै रोगहरू दुर हुन्छ।
राम कृपा नासहिं सब रोगा।
जौं एहि भाँति बनै संयोगा।।
सद्गुरु बैद्य बचन बिस्वासा।
संजम यह न विषय के आसा।।
कति साधुहरू भन्छन् स्त्रीहरूले गुरु बनाउन हुँदैन । तर भगवानले त भन्नुभएको छ, 'स्त्री, वैश्य र शुद्र पनि मेरो भक्ति गरेर परम पवित्र बन्छ।' भगवानको भक्ति सबैको लागि सुखदायक छ। शरीरले मात्र नारी, पुरुष छ, तर आत्मा रूपले त सबै प्राणी बराबर छ। जीव न स्त्री हो, न त पुरुष, न हिन्दु हो न मुसलमान । भगवानको भक्तिमा स्त्री-पुरुषको भेद छैन।