- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। एक समय बाबा नानकदेव दरवेश फकीर भएको ठाउमा गएर भने गुरुमुख-मनमुख के हो ? गुरुमुखको लक्षण के हुन्छ र मनमुख के हुन्छ? त्यसो त गुरुमुखको अर्थ गुरुलाई मुख्य मानेर उनीको आज्ञामा चलनेवाला र मनमुखको अर्थ हो जसले मनलाई मुख्य मानेर चल्नु ।
तर, जब दरवेशले गुरु नानक देवका प्रश्नहरूको उत्तर दिन सकेनन, उनले भने- बाबाजी, केही दिन पर्खनुस, म मक्का यात्रामा जाँदैछु। त्यहाँबाट फिर्ता आएर बताउनेछु कि मनमुख र गुरुमुखका लक्षणहरू के हुन्छन भनेर । नानक साहेवले भने जाऊ, पानीको जहाजमा जानु, तिमि चाँडै पुग्नेछौ ।
दरवेश पानीजहाज लिएर र हिंडे। बाटोमा उनले एउटा अत्यन्तै सुन्दर पहाड देखे, तब उनले पहाडमा हिंड्न पाए हुन्थ्यो भन्ने सोचे। तब अचानक पानी पर्न थाल्यो र समुद्रमा आँधीबेहरी आयो। नाविकले जहाजलाई त्यस पर्वतको नजिक लगे र सबैलाई भने,'तल झर्नुस अब जहाज अगाडि बढ्ने छैन।'
त्यस समयमा दरवेशको मनमा एक बिचार उत्पन्न भयो हे भगवान! किन यति धेरै पानी परिरहेको छ? यो पहाड निकै हरीयाली छ । चारैतिर हरियाली छ। यदि यो वर्षा सुख्खा क्षेत्रमा भयो भने, यो तरकारी पनि हरीयाली हुनेछ । हे भगवान यहाँ यस वर्षाको कुनै आवश्यकता छैन। त्यसकारण, यो वर्षा रोकिनु पर्छ।
दरवेशले भन्दै गर्दा वर्षा रोकियो । वर्षा रोकिएको देखेर दरवेश एकदमै खुसी भए। अब उसको चाहना बढ्यो, उनको चेतना बढ्दै कि यो पहाड हिंडौं र यो कस्तो छ हेरौं। जब उनि पहाडमा पुगे तब उनले देखे कि त्यहाँ धेरै सन्तहरू ध्यानमा बसिरहेका छन्। ऊ पनि एक भिक्षुको नजिक ध्यानमा बसे।
आफ्नो भजन-संध्या समाधि सकेर जब तपस्वीहरूले आखा खोले तब तिनीहरूको लागि आकाशबाट अनेक प्रकारका पकवान आइरहेका थिए । सबै सन्यासी सामु पकवान आयो तर दरवेसको अगाडि कुनै पकवान आएन।
तब एक भिक्षु आफ्नो गुरु महाराजकहाँ गएर भने - महाराज, आज एक धेरै अनौंठो कुरा भइरहेको छ। हामी सबैले प्रभुको पूजा गर्यौं, भजन सकिएपछि खानेकुराहरू हाम्रा अगाडि आए, तर यहाँ जो दरवेश आएको छ उसको लागि त कुनै खाने कुरा आएन। गुरु महाराजले भने, "भाई, तिमीले खाना खाउ, उसले अवश्य कुनै पाप गरेको हुनुपर्छ, त्यसैले भगवानले उनको लागि खानेकुरा पठाउनु भएन"।
केहि समय प्रतिक्षा गरिसकेपछि पनि, दारवेशको लागि खाना आएन तब उनि खानाको खोजीमा निस्किए। जब उनि पहाडबाट ओर्लिए, उनले देख्छन् कि पानीमा जहाज डुब्दै छ। त्यसपश्चात् उनी भगवानको प्रार्थनामा लगे र भने जहाज डुबेमा जहाजमा रहेका सबै मानिसहरुको मृत्यु हुनेछ । कति दिनदेखि यी मानिसहरूले आफ्नो घर, उनकी पत्नीहरू र छोरा छाडेर निस्किएका छन् । यदि यो जहाज डूब्यो भने, तब धेरै घरहरू बर्वाद हुनेछन्। उनि परमेश्वरलाई बिन्ती गर्छन् हे प्रभु! तपाईं तिनीहरूलाई बचाउनुहोस र नभन्दै जहाज वास्तवमा किनार लाग्छ र सबै मानिसहरु बाच्छन् ।
साँझ जब दरवेश फेरि तपस्वीहरूको समूहमा पुग्छन् , तब उनले देखे सबैका लागि खाना आउँदैछ, तर अझै उनीको लागि खाना उपलब्ध छैन। तब ती तपस्वीहरू जो गुरु महाराज थिए, उनले दरवेशलाई बोलाएर सोधे के तिमिले कहिल्यै जीवनमा भोजनको अभाव भोगेका छौ ? दरवेशले भने आज मात्र देखेको छु, आज दुई पटक खाना पाइन् । गुरु महाराजले भन्न थाले - भाई, हामीलाई पनि त्यस्तै चिन्ता थियो। तिमि बिहान पनि आयौ , साँझ पनि आयौ , तिमिलाई दुवै पटक खाना मिलेन, तिमिले अवश्य पाप गरेको हुनुपर्छ । दरवेशले भने महाराज मैले कुने पाप गरेको छैन ।
गरु महाराजले भने- ठीक छ मलाई भन कि तिमीले ईश्वरको ईच्छाको विपरित केहि गर्यौ ? दरवेशले भन्यो - हो, मैले इश्वरको इच्छा बिरूद्ध केही गरेको छु। जब बिहान पानी पर्न थाल्यो, मैले भने हे भगवान यहाँ वरिपरिको हरियाली छ, तपाईं यहाँ पानी किन वर्षा गर्दै हुनुहुन्छ, यसलाई बन्द गर्नुहोस् र साँझमा एउटा जहाज डुब्दै थियो, त्यसैले मैले परमेश्वरलाई डुब्नबाट बचाउन भने। गुरु महाराजले भने कि तिम्रोले यीनै दुई पापहरू गर्यौ किनकि तिमिलेले परमेश्वरको इच्छालाई रोक्यौ । हामी सबै जो परमेश्वरको इच्छामा बाँचिरहेका छौं, हाम्रो लागि खाना आयो र तिमि जो परमेश्वरको इच्छाको विरुद्ध काम गर्यौ , त्यसकारण तिम्रो लागि भोजन आएन।
तब दरवेशले आफूले के गल्ती गरेको कुरा बुझे। त्यसपछि उनले गुरु महाराजलाई सोधे कि महाराज, बाबा नानक, उनले मलाई प्रश्न गरिरहनु भएको छ कि गुरुमुखको लक्षण के हो र मनमुखको लक्षण के हो? तब गुरु महाराजले उनलाई सम्झाए कि हेर, यो जुन वर्षा भइरहेको थियो, कसैलाई थाहा छैन कि यसबाट कसले फाइदा लिन सक्छ, तर तिमिले त्यो हुन दिएनौ । तिमिले डुब्न लागेको जहाजलाई बचाउनको लागि प्रार्थना नगरेको भए सायद त्यसमा बसिरहेका मानिसहरूले भगवानलाई बोलाउने थिए र जब जहाज बच्थ्यो तब कति जना नास्तिकहरू त्यतिबेला आस्तिक बन्ने थिए । उनिहरुको अविश्वास विश्वासमामा परिणत हुने थियो । किनभने संकटको अवस्थामा ठूलो नास्तिकहरू पनि आस्तिक बन्छन् । त्यहाँबाट कति धेरै फाइदा हुने थियो तर तिमिले त्यो फाइदा परिवर्तन हुन दिएनौ । त्यसलाई रोक्यौ र यस प्रकार तिमि पापको भागीदार बन्यौ ।
तर एक जो गुरुमुख हो। एक जो भगवानको साँचो भक्त छ उसले परमेश्वरको राज्यलाई सर्वोपरि मान्दछन् र यहि कारण हाम्रा सन्तहरूले त्यस महात्माको नक्शामा कुनै हेरफेर गरेनन् उहाँको इच्छा विपरित कुनै काम गरेनन् उनिहरुले सधै त्यस परम सत्ताको इच्छालाई त्यस इश्वरको इच्छालाई सहर्ष स्वीकार गरे ।