arrow

यस्तो छ गणेशको जन्म तथा गणेश चतुर्थी पर्वको महिमा

logo
कथा,
प्रकाशित २०७६ भदौ १६ सोमबार
ganesh-chaturthi.jpg

काठमाडौं। माता पार्वती एक दिन जब गौरी कुण्डमा स्नान गर्न गइरहनुभएको थियो तब उहाँले सोच्नुभयो कोहि पनि यहाँ द्वारपाल छैनन। अतः उहाँले आफ्नो मानसिक शक्तिबाट गणेशलाई सृजन गर्नुभयो र भन्नुभयो,'पुत्र ! तिमि द्वारमा गएर पहरेदारी गर र कुनै व्यक्तिलाई भित्र आउन नदिनु, म गौरीकुण्डमा स्नान गर्न जादैछु ।'

गौरीकुण्ड त्यो स्थान हो जहाँ एक तलाउ तातो पानीको हुने गर्दछ। यो स्थान केदारनाथबाट चौध किलोमीटर तल छ। तब माताको आज्ञा पाएर गणेश ढोकामा पहरेदार बन्नुभयो । केहि समय पश्चात भगवान शंकर त्यहाँ आउनुभयो र भित्र प्रवेश गर्न लाग्नुभयो तब गणेशले उहाँलाई रोक्नुभयो र भन्नुभयो, 'तपाई भित्र जान सक्नुहुन्न ।'

भगवान शंकरले भन्नुभयो, 'यो मेरो घर हो र मलाई तिमि रोक्छौ, तिमि को हौ ?' उहाँले भन्नुभयो म माताको सेवक हूँ, माताको आज्ञा छ कि कोहि पनि भित्र जान नसकोस ।'

जब गणेशले भगवान शंकरलाई भित्र जान दिनुभएन तव उहाँको भगवान शंकरसँग घमासान युद्ध भयो । शंकरजीले थाहा पाउनुभयो बालक ओजस्वी छ, निकै शक्तिसँग युद्ध गरिरहेको छ, तव आफ्नो महाशक्ति निकाल्नुभयो र  त्रिशुलको माध्यमबाट गणेशको सिर छेदन गरेर भित्र प्रवेश गर्नुभयो ।

भित्र आउनुभएका शिवलाई माता पार्वती हेर्दा त्रिशल रक्त-रन्जित छ र भगवान शिव रगतमा लत्पतिनु भएको छ। यस्तो अस्वाभाविक रूप देखेर उहाँले सोध्नुभयो, 'प्रभु ! तपाई कोसँग लडाइ गरेर आउनुभयो ?'

भगवानले भन्नुभयो,'एक निकै मुर्ख बालक थियो, बाटोमा द्वारपाल बनेर मलाई रोकिरहेको थियो - म उसैसँग लडेर, उसको सिर छेदन गरेर आएको हुँ।'

त्यो सुनेर पार्वतीले विलाप गर्दै भन्नुभयो, 'ओहो ! स्वामी, तपाईले त ठूलो अनर्थ गर्नुभयो, त्यो मेरा पुत्र थियो, मैले उसको रचना गरे आफ्नो रक्षाको लागि तर तपाईले उसलाई मार्नुभयो ! तपाई जे सुकै गर्नुहोस तर उसलाई पुन जीवित गर्दिनुहोस ।'

पार्वतीको अनुरोधपछि भगवान शंकरले दिव्य दृष्टिद्वारा थाहा पाउनुभयो जुन कालमा, जुन नक्षत्रमा र जुन मुहर्तमा गणपतिको सृजन भएको थियो, ठीक त्यसै समय एक हात्तीले बच्चालाई जन्म दिएकी थिइन् । त्यस बच्चालाई खोजेर त्यसको सिरलाई काटेर गणेशको शरीर माथि लगाएर उहाँलाई पुन जीवित गर्नुभयो ।

माता पार्वतीले हर्षका साथ ती गजमुख बालकलाई आफ्नो हृदयमा लगाउनुभयो र देवताहरूमा अग्रणी हुने आशीर्वाद दिनुभयो। ब्रह्मा, विष्णु, महेशले बालकलाई सर्वाध्यक्ष घोषित गरेर अग्रपूज्य हुने वरदान दिनुभयो ।

भगवान शंकरले बालकलाई भन्नुभयो -गिरिजानन्दन! विघ्न नाश गर्नमा तिम्रो नाम सर्वोपरि हुनेछ । तिमी सबैको पूज्य बनेर मेरो समस्त गणहरूको अध्यक्ष हुने छौ । गणेश्वर! तिमी भाद्रपद महिनाको कृष्णपक्षको चतुर्थीको चंद्रमाको उदित भए पछि उत्पन्न भएका छौ । यस तिथिमा व्रत गर्नेको सबै विघ्नहरूको नाश हुनेछ र उसलाई सबै सिद्धिहरू प्राप्त हुनेछन् । कृष्णपक्षको चतुर्थीको रात्रिमा चंद्रोदयको समय तिम्रो पूजा गरे पश्चात् व्रत बस्नेले चन्द्रमाको अ‌र्घ्य दिएर ब्राह्मणलाई मिष्ठान खुवाओस् । तदोपरान्त आफु पनि मीठाइ भोजन गरोस् । वर्षपर्यन्त श्रीगणेश चतुर्थीको व्रत गर्नेको मनोकामना अवश्य पूर्ण हुन्छ ।'

पार्वती यस प्रकार पुत्र गणेशलाई पाएर धेरै प्रसन्न हुनुभयो । उहाँले पति तथा पुत्रलाई प्रीतिपूर्वक भोजन गराएर त्यसपछि स्वयं भोजन गर्नुभयो । यो घटना भाद्रपद शुक्ल चतुर्थीमा भएको थियो । यसैको लागि यो तिथि पुण्य पर्वको रूपमा मनाईन्छ ।

प्रत्येक शुक्ल पक्ष चतुर्थीको चन्द्रदर्शनको पश्चात्‌ व्रत बस्नेलाई आहार लिन निर्देश गरिएको छ, यसको पूर्व हैन। तर भाद्रपद शुक्ल पक्षको चतुर्थीको रात्रिमा चन्द्र-दर्शन (चन्द्रमा हेर्न) निषिद्ध गरिएको छ।

जो व्यक्ति यस रात्रिको चन्द्रमालाई हेर्छन् उनलाई झूठा-कलंक प्राप्त हुन्छ। यस्तो शास्त्रहरूको निर्देश छ। यो अनुभूत पनि छ। यस गणेश चतुर्थीको चन्द्र-दर्शन गर्ने व्यक्तिहरूलाई उक्त परिणाम अनुभूत हुनेमा संशय छैन। यदि जानि-नजानि चन्द्रमा हेरे पनि मन्त्रको पाठ अवश्य गर्नुपर्छ -

'सिहः प्रसेनम्‌ अवधीत्‌, सिंहहरू जाम्बवता हतः।
सुकुमारकमा रोदीस्तव ह्येष स्वमन्तकः॥'

गणेश महाराज भित्र एक निकै ठूलो विशेषता पनि छ । उहाँको कान लामो छ, जसले यो प्रेरणा दिन्छ कि सहि कुरालाई श्रवण गर्ने क्षमतालाई बढाउ। धेरै मानिसहरु राम्रो कुरालाई, सत्संगको कुरालाई दाहिने कानबाट सुनेर देब्रे कानले उडाउँछन् । उनिहरुको मानस-पटलमा ती सही कुराको, सत्संगको, केहि पनि असर हुँदैन । तर गणेशको लामो कानले यो कुरालाई संकेत दिन्छ कि मानवले हरेक राम्रो कुरालाई ध्यान दिएर सुन्नुपर्छ ।

गणेशको पेट निकै विशाल छ जसको मतलब यो हो कि सहि कुरालाई सुनेर पेटमा पचाउ, अर्थात त्यसलाई जीवनमा उतार । यसका साथै उहाँको एक लामो सुँड पनि छ । सुँडले दुई काम गर्छ एक काम हो पानी पिउनु । हात्ती जब पानी पिउछ तब सुँडमा पानी तानेर सुडलाई मुखमा हालेर पानी पिउछ । यो पानी पीउने जुन कार्य छ, त्यो कर्मेन्द्रिय (working organ) को विषय हो। सुँडको दोस्रो काम हो सुघ्नु। हात्ती जब जंगलमा घुम्छ तब सुँडको माध्यमबाट उ  सुघेर थाहा पाउछ कि यहाँ कुनै मनुष्य वा जनावर छ कि छैन । तथा कुनै चीजलाई सुँघेर यो पनि पत्ता लगाउछ कि यो मेरो आहारको लागि उपयुक्त छ या छैन। यो सूघ्ने जुन छ त्यो ज्ञानेन्द्रिय (sensual organ) को विषय हो। अतः हात्तीको सुँडमा कर्मेन्द्रिय र ज्ञानेन्द्रिय दुवैको समन्वय, संगम हुँन्छ जसले यस कुराको संकेत गर्छ कि हाम्रो जीवन भित्र जबसम्म ज्ञान र कर्मको  सामन्जस्य प्राप्त हुँदेन तबसम्म हाम्रो जीवन अधुरै रहनेछ । ज्ञान होस वा ज्ञान नहोस कर्म मात्र गर्दा हामी त्यसबाट लाभान्वित हुन सक्दैनौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ