जब समुद्र मंथनमा अमृतको घडा लिएर भागे इन्द्रका छोरा जयन्त

प्रकाशित मिति : २०७६ भदौ १७ मंगलबार

काठमाडौं । एकपटक जब देवता र दानवहरुमा भयंकर लडाइ भयो तब भगवानले लड़ाई समाप्त गर्नको लागि दुवै पक्षलाई बोलाउनुभयो र भन्नुभयो, 'तिमिहरु दुवै पक्ष एक आपसमा लडेर किन आफ्नो शक्तिलाई क्षीण गर्छौ , यस बाहेक किन आफ्नो शक्तिलाई संयुक्त गरेर समुद्रको मंथनमा लगाउदैनौ, जसबाट तिमिहरुलाई धेरै बहुमुल्य कुराहरुको प्राप्ति हुनेछ ।'

तब, देवता र दानवहरुले मिलेर समझौता गरे कि आफ्नो शक्तिलाई समुद्र-मन्थनमा लगाउने। भगवानले कुर्म अवतार धारण गरेर मंदराचल पर्वतको मथनीलाई आफुमाथि उठाउनुभयो, त्यसको सहारा दिनुभयो र समुद्रको मंथन शुरू भयो परिणामस्वरूप समुद्र भित्रबाट धेरै बहुमूल्य चिजहरु निस्किए । साथै बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरुलाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो।

कालकूट बिष- फैलदै गएपछि देव-दानव आत्तिन थाले र उनीहरुले यसको समाधान गर्न सकेनन्। अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरुको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागी कालकुट बिष आफैले पिएर सारा जगतलाई बचाउनुभयो । कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ (घाँटी) निलो हुन गयो।

त्यसपछि अमृत पनि निस्कियो । जब देवता र दानवहरुले अमृतलाई  देखे तब उनिहरुको धैर्यको, सन्तोषको सीमा टूट्यो र सबै अमृत पिउनको लाग दौडिए ।

दानवहरुलाई अमृत पिउन नदिने प्रयासमा इन्द्रको छोरा जयन्त त्यस अमृतको कुंभ (घडा) लाई लिएर आकाशमा भाग्छन्। मानिन्छ कि त्यसबाट अमृतको चार थोपा पृथ्वीको चार स्थानमा झर्‍यो । ती स्थान हुन् -उज्जैन, हरिद्वार, नासिक र प्रयागराज जसलाई इलाहाबाद पनि भनिन्छ । त्यस अमृतको थोपा जहाँ-जहाँ झर्‍यो त्यो  स्थान हाम्रो लागि तीर्थ बन्यो र ती तिर्थमा गएर हामी कुम्भ पर्व मनाउन थालियो । कुम्भको अर्थ हुन्छ घडा। कुंभ त्यस अमृतको घडाको प्रतिक हो जसबाट चार थोपा यस भूमिमा झर्‍यो फलस्वरूप त्यहाँ कुंभ पर्व मनाइन्छ ।

वास्तवमा जुन अमृतको थोपा छ त्यो क्रियात्मक ज्ञान हो, त्यो परमपिता परमात्माको प्रत्यक्ष अनुभति हो। जब कुम्भको अवसरमा यस्तो धार्मिक स्थानहरुमा हामी जान्छौ तब त्यहाँ जब हामीलाई साँचो साधक मिल्नेछ र यदि हामीमा साचो जिज्ञासा हुन्छ तब त्यो हामीलाई त्यस आध्यात्मज्ञानलाई त्यस क्रियात्मक अनुभूतिलाई प्रदान गरेर हामी भित्र विद्यमान त्यस अमृतको भेद बताउनेछन् र  जब 'ज्ञान' लाई हामी धारण गर्छौ तव त्यो अमृतको थोपा हाम्रो जीवनमा टप्किन्छ ।

बाह्र बर्षपछि कुम्भ यसकारण मानियो कि हाम्रा जो सन्त-महात्मा छन्, जो भगवानका सैनिक हुन्, दूत हुन्। उनिहरुले हरेक व्यक्तिलाई एक मौका दिए कि भाई तिम्रो पाँच कर्मेन्द्रिय, पाँच ज्ञानेन्द्रिय, एधार मन र बाह्र बुद्धि यी जो बाह्र चीज छन् यी माथि विजय प्राप्त गर। हरेक एक चीजको लाग एक एक बर्ष दिए ताकि बाह्र बर्षमा यी बाह्र चीजहरु भन्दा माथि उठ र भने सारा सन्त समुदाय एकिकृत भएको कुम्भमा गएर त्यस अध्यात्मज्ञानलाई प्राप्त गर, मन-बुद्धिभन्दा माथि उठ ।

कुम्भको पर्व पूर्णिमाबाट शरू भएर पूर्णिमामा समाप्त हुन्छ । हाम्रा ऋषि-मुनिहरुले किन पूर्णिमालाई महत्त्व दिए ? जब पूर्णिमा अर्थात पूर्ण चन्द्रमा (full moon) हुन्छ तब समुद्रमा ज्वार-भाटा आउछ किनभने चन्द्रमा पानीलाई आफ्नोतर्फ खिच्छ जसको प्रभावबाट पानी माथि उठछ । यस्तै हाम्रो रगतमा सत्तरी प्रतिशत पानी छ, त्यो पनि चन्द्रमाको खिचाइबाट प्रभावित हुन्छ।

पूर्णिमाको चन्द्रमाको प्रभावबाट मानिस ईश्वरको ध्यानतर्फ प्रेरित हुन्छ तथा सदमार्गतर्फ लाग्छ, यसकारण पूर्णिमालाई महत्त्व दिइयो ।

दोस्रो कुरा त्यस जमानामा बिजली हुदैन थियो पूर्णचन्द्रमा भए रातमा उज्यालो हुनेछ, टाढा टाढाबाट गाउबाट आउनेहरुलाई समस्या हुनेछैन यसकारण समाप्ति पनि पूर्णिमामा गर्दथे जसबाट उज्यालो रहे फिर्ता जान सजिलो हुने विश्वास थियो । यो धार्मिक पर्व, सत्संग आयोजना बगर, नदीको किनारा यसकारण राखिन्थ्यो कि मानिसहरुलाई नुहुाउन, खान-पिउन, खाना बनाउन आदि सविधा प्राप्त होस। यी सबै कुरालाई हाम्रा ऋषि-मुनिहरुले बिचार गरे ।

यस बाहेक कुम्भको अवसरमा सबै सन्त-महात्मा एकत्र हुन्थे एवं देशभरका सबै राजाहरु पनि एकत्रित हुन्थे । त्यहाँ राजाहरुको निर्णय पनि गरिन्थ्यो जो राजा अन्यायी एवं अत्याचारी हुन्थे, उसलाई दण्ड पनि दिइन्थ्यो ।

यस प्रकार कुम्भ पर्वमा देशको सामाजिक एवं आध्यात्मिक दुवै स्थितिको सर्वेक्षण हुन्थ्यो तथा जनता-जर्नादनलाई आध्यात्म-बोध गराइन्थ्यो ।

नयाँ