लक्ष्मणले नबुझेको श्रीराम र जटायु संवाद

कबीरदासले गुरु रामानन्दबाट यसरी लिए आत्मज्ञान

प्रकाशित मिति : २०७६ भदौ १९ बिहिबार

काठमाडौं। कबीरदासजी, गुरु रामानन्दजीकोमा आत्मज्ञानको दीक्षा लिन जान्छन् । गुरु रामानन्दजीले पनि उनको परीक्षा लिन्छन। कबीरदासमा आत्मज्ञान जान्ने कति श्रद्धा- भक्ति छ? ज्ञान प्राप्त गर्न कति लालायित छ?

गुरु रामानन्दजी ब्रह्म बेलामा गंगा स्नान गर्न जान्छन् । कबीरदासजी पहिल्यै गएर घाटको सीढीमा सुतेका हुन्छन् । गुरु रामानन्दजी जसै सीढीबाट उत्रन लागे, उनको खुट्टा कबीरको छातीमा पर्यो ।

तत्काल चरण हटाउँदै उनले भने, 'पुत्र! कहिं चोट त लागेन?'

कबीरदासजीले उनको चरण परेर भने, 'तपाईले मलाई पुत्र भन्नुभयो, पुत्रको अधिकार पिताको सम्पत्तिमा हुन्छ । यसकारण मेरो पनि अधिकार तपाईको अध्यात्म ज्ञानको भण्डारमा छ, अत: कृपा गरेर मलाई आत्मज्ञान दिनहोस ।'

स्वामी रामानन्दजीले कबीरको जिज्ञासालाई देखेर आत्मज्ञानको क्रियात्मक उपदेश दिएर आफ्नो शिष्य बनाए।

त्रेतायुगमा भगवान श्रीरामले वनवास कालमा जटायुको शिर आफ्नो काखमा राखेर उसलाई सात्वना दिदै भन्नु भइरहेको थियो, 'सीताको रक्षा गर्नमा तिमीले आफ्नो प्राणको पनि परवाह गरेनौं, जटायु! माग के चाहन्छौ?'

जटायु भन्छन्न‍, 'प्रभु! तपाईसंग दिनको लागि केहि रहेकै छैन ।'

तब लक्ष्मणले भन्छन्, 'यो जटायु कस्तो अभागी रहेछन्, भगवान श्रीरामको काखमा सुतेको छन् अनि प्रभुले माग के चाहिन्छ भनिरहनु भएको छ, तर यीनी भन्छन् तपाईसंग दिने अब केहि छैन।'

लक्ष्मणलाई रिस उठ्यो र भन्न थाल्नुभयो, 'जटायु! के भन्दैछौ, प्रभुसंग दिनुको लागि के अब केहि छैन?'

तब जटायुले एउटा उदाहरण दिदै भन्छन्, 'एक सेठको घरमा छोरा जन्मन्छ अनि छोरा जन्मेको खुशीमा सेठले छोरालाई काखमा राखेर मानिसहरुलाई दान-उपहार बाँड्छन् । भन्नुहोस, सेठको सम्पत्तिको उत्तराधिकारी को हुन्छ ?'

लक्ष्मणले भन्छन्,'उसको छोरा हुन्छ ।'

तब जटायुले भन्छन्, 'म कसको काखमा छु?'

लक्ष्मणले भन्छन्, 'प्रभु श्रीरामको काखमा।' अब प्रभुको सम्पत्तिको वारिस को  भयो, लक्ष्मणजी मलाई बताउनु त होस कि प्रभुको सारा सम्पत्ति स्वत: मेरो भयो, अब प्रभुसंग दिनुको लागि के बाँकी छ?'

विज्ञानको सिद्धान्तले पनि यहि भन्छ-Anything plus infinity infinity and Anything minus infinity =  also infinity. अर्थात् अनन्तमा केहि जोड्यो भने परिणाम अनन्त नै हुन्छ अनि अनन्तबाट केहि घटायो भने पनि परिणाम अनन्त नै हुन्छ, यो गणितको फर्मुला हो। यो आजको समयमा बिल्कुल सही छ, जो प्रभुको साँचो भक्त बन्छ, तब प्रभुको सबै कुरा उसैको हुन्छ ।

फेरि कबीरले आफ्नो गुरुले बताएको ज्ञानलाई आफ्नो जीवनमा पूर्ण रूपले उतारे, एक-एक स्वाँस प्रभुको सुमिरणमा लगाए । कबीरदासले जुन ज्ञानको कुराहरू भनेका छन्, त्यो आध्यात्मिक रहस्यहरूको अनुभव गरेर त्यसलाई आफ्नो  सीधा-सादा सरल भाषामा जनमानसको कल्याणको निम्ति बताए।

गुरु महाराजजीले कृपा गरेर भक्तलाई सहजै वहाँ पुयाउनु हुन्छ, तब उनले एकदमै सरल शब्दहरूमा सम्झाए, मैले भने, गुरुको 'भूमिका के हो?

कबीरदासजीले भने, गुरु महाराजजी कैटेलिस्टको काम गर्दछन्, विज्ञानको विद्यार्थीहरुलाई थाहा छ कि जब हामी प्रयोगशालामा अक्सीजन बनाउँदछौं, सबैभन्दा पहिले पोटाशियम क्लोराइटलाई गरम गर्दछौं, तर त्यो प्रक्रियालाई बढाउनको निम्ति त्यसमा मैंगनीज डाइ-अक्साइड हालिन्छ। अनि यो भनिन्छ कि मैंगनीज डाइअक्साइडले कैटेलिस्टको (उत्प्रेरकको) काम गर्दछ। उस्तै गरेर सदगुरु महाराजले कैटेलिस्टको काम गर्दछन । यसैले भनेको छ-

बहता था बहे जात था लोक वेद के साथ।
पैंडे में सद्गुरु मिले दीपक दीन्हा हाथ ।।
दीपक दीन्हा हाथ सो वस्तु दई लखाए।
कोटि जनम का पंथ था पल में पहुँचा जाए।।

मैंगनीज डाइ-अक्साइडबाट कहिले पनि अक्सीजन निस्कदैन, तर त्यो कैटेलिस्ट (उत्प्रेरक) बनेर त्यो प्रोसेसलाई बढाउँदछ। उस्तै सद्गुरु महाराजले त्यो ज्ञानको प्रक्रियालाई बढाउँदछन् अनि प्रभुसंग मिल्ने जुन प्रोसेस छ त्यो Enhance हुन्छ, बढछ। हामी मायामा भटकिरहेका छौं । सूक्ष्म मार्ग भएर हामी प्रभुलाई पाउँन सक्छौं, यहि मर्मको कुरा छ, यहि कारण महात्मा कबीरदासले भनेका छन्-

हम वासी वा देश के जहाँ आदि अन्त का खेल।
दीपक देखा गैब का बिन बाती बिन तेल ।।

कबीरदासजीको जुन वाणी छ, ठूलाठूला विद्वानहरू जसले शास्त्रहरुको विश्लेषण गर्दछन्, उनीहरू पनि कबीरदासजीको वाणीमा अलमल्ल पर्दछन्, सही अर्थ लगाउन अलमलिन्छन्। कबीरदासजीले अध्यात्मको क्षेत्रमा एकदमै मर्मको कुरा भनेका छन् 'अढाई अक्षर प्रेमका पढे सो पण्डित होय।' प्रेमको त्यो ढाइ अक्षर के हो जसलाई पढनाले मानिस विद्वान् अर्थात् ज्ञानी बन्छ। उसले यस्तो अविनाशी विद्या प्राप्त गर्दछ जुन विद‍्या सबै विद्याहरुको राजा हो अनि त्यो प्राणको विद्या हामी भित्र छ । हामी स्वाध्याय गरिरहेका छौं, हामीभित्र प्राण छ, यसैकारण हामी पढिरहेका छौं, हाम्रो परिवार, सम्बन्धिहरू बनेका छन् यदि यो प्राण रहेन भने हामी मूर्दा कहलाईनेछौं अनि हामी कुनै काम गर्न सक्ने छैनौं। यसकारण त्या ढाई अक्षर प्रणव शक्ति प्राणसंग जोडिएको छ, जसलाई पढनाले (जान्नाले) मानिस परम विद्वान बन्छ।

विद्या दुई छन्, एक परा  विद्या अनि अर्को अपरा विद्या। अपरा विद्यामा (भौतिक विद्या) सबै वेद-शास्त्र, उपनिषद्, पुराण आउँदछन्, भौतिक जगतको विद्या आउँदछ। परा विद्या (अध्यात्म विद्या) ब्रह्मको विद्या हो, आध्यात्मिक ज्ञानको विद्या हो । कबीरदासजी त्यहि विद्यालाई जान्ने इशारा गरेका छन्।

नयाँ