धर्मको सार परम प्रकाशको अनुभव

प्रकाशित मिति : २०७६ भदौ २० शुक्रबार

काठमाडौं ।  विद्या दुई छन्, एक परा  विद्या अनि अर्को अपरा विद्या। अपरा विद्यामा (भौतिक विद्या) सबै वेद-शास्त्र, उपनिषद्, पुराण आउँदछन्, भौतिक जगतको विद्या आउँदछ। परा विद्या (अध्यात्म विद्या) ब्रह्मको विद्या हो, आध्यात्मिक ज्ञानको विद्या हो । कबीरदासजी त्यहि विद्यालाई जान्ने इशारा गरेका छन्। रामायणमा तुलसीदासजीले भनेका छन्-

राम भगति चिंतामणि सुन्दर।
बसइ गुरुड़ जाके उर अंतर।।
परम प्रकास रूप दिन राती।
नहिं कछु चहिअ दिया घृत बाती।।

प्रभु श्रीरामको भक्ति सुन्दर चिन्तामणि हो । यस्तो भक्ति जसको हृदयमा हुन्छ, त्यो परम प्रकाशित रहन्छ, त्यो प्रकाशको लागि दियो, घिउ र सलेदोको जरुरत पर्दैन । तपाईले बौद्धिक मन्त्रको अध्ययन गर्नभयो भने वहाँ उल्लेख आउँदछ उ मणि पद्मे हूं।' बाईबलमा पनि डिवाईन लाईटको उल्लेख आउँदछ। त्यहि परम प्रकाशको अनुभव गर्नको निम्ति सबै धर्मले, सबै सन्त-महापुरुषहरूले भनेका छन् । पहिले उनीहरुले त्यसको अनुभव गरे, तब अरुलाई पनि जान्न भनेका छन् । कर्मयोग शास्त्र गीतामा भगवान कृष्णले त्यो परम प्रकाशको बारेमा सम्झाउँदै भन्नुभएको छ-

 न तद्भासयते सूर्यो न शशांको न पावकः।।
 यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम् ।।१५/६ ।।

प्रभु परमात्माको यस्तो अविनाशी धाम छ जहाँ पुगेपछि जीव फेरि जन्म-मरणको चक्रमा फर्केर आउँदैन, फेरि बार- बार जन्म लिएर संसारमा आउँदैन । आज हरेक चीजको पुन प्रयोग गर्न मिल्ने (रिसाइकलिंग) भइरहेको छ । प्लास्टिक, कागत, फलाम, अगेनिक चीजहरूको पुन: उत्पादन भइरहेका छन् । गुरु नानकदेवले यस  बारेमा भनेका छन-
 लख चौरासी भरम दियां मानुष जनम पायो।
 कह नानक नाम सम्भाल सो दिन नेडे आयो।।

चौरासी लाख योनीहरुमा भटका खाँदा-खाँदा जब भगवानको कृपा हुन्छ, तब जीवलाई मनष्य शरीर मिल्छ । विज्ञान पढेर हेर्नुहोस्, वैज्ञानिकहरू भन्छनन् कि पहिले एक सेल उत्पन्न  भयो, फेरि त्यो सेलको विकास हुँदै-हुँदै गएर हामी यहाँसम्म पुग्यौं । हाम्रो अवतारहरुको एक श्रृंखला छ, त्यसबाट यो सम्झनु अत्यन्त सरल भएको छ कि जुन शक्ति छ, जुन चेतना छ, त्यो परम चेतनाबाट (सुप्रिम कनशियस)बाट  कसरी प्रगट भयो? पहिले त्यो समद्रमा भव्य रुपमा प्रगट भयो , जसलाई हामी माछाको सेल भन्छौं फेरि काछुवा आयो, त्यसमा विकास भयो।  मत्स्य, कच्छप, वराह, नरसिंह, वामन अवतारपछि राम, कृष्ण र बुद्धको अवतार भयो। अब फेरि जुन अवतार हुनेवाला छ, त्यो कल्की अवतार हुने छ।

आज संसारमा अत्यधिक विकास भएपछि मानिसहरूले विज्ञान पढे, व्याकरण पढे, अनेक भाषाहरू पढ़े, तर पनि संसारमा नर-संहार भइरहेको छ, आतंकवाद फैलिरहेको छ, मान्छेले मान्छेलाई मारिरहेको छ। जब मानव पूर्ण भौतिकवादी  बन्छ, तब उसले केवल विषय-वासनातिर मात्र हेरिरहन्छ । तब संसारमा राक्षस, अहंकारी मानिसहरू पैदा हुन्छन् अनि दिन- रात पाप गर्नमा लागिरहन्छन् । यहि सन्दर्भमा रामयणमा तुलसीदासजीले उल्लेख गरेका छन्-
जब जब होय धरम की हानि ।
बाढ़हिं असुर अधम अभिमानी।।
तब तब धरी प्रभु मनुज शरीरा।
हरहिं दुख सब सज्जन पीरा ।।

जब संसारमा धर्मको लोप हुन्छ, अधम, पापी दुष्टहरू बढेर जान्छन्, तब संसारलाई बचाउँन प्रभु मानव शरीर धारण गरेर आउन पर्दछ । जब गर्मी बढेर गरम हावा माथि उड़ेर जान्छ, तब चारैतिरबाट चिसो हावा आउँछ अनि पानी पर्न थाल्ने छ। उस्तै प्रकार जब धर्म लोप हुन्छ, तब महापुरुष बादल बनेर बर्सन आउँदछन् ।

भगवान श्रीकृष्णले पनि आफ्नो यहि स्वरूपलाई जान्नु भन्नु भएको छ, जसलाई जानेर जीव पापहरूको सबै बन्धनबाट मक्त हुन्छ।

अपि चेदसि पापेभ्य: सर्वेभ्यः पापकृत्तमः।
सर्व ज्ञानल्पवेनैव बृजिनं संतरिष्यसि ।।।
यथैधांसि समिद्धोऽग्नर्भस्मसात्कुरुतेऽर्जुन ।
 ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा।।
 न हि ज्ञानेन सदृश पवित्रमिह विद्यते ।
 तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ।।

 हे अर्जुन! यदि तिमी पापीभन्दा महापापी हौ भने पनि यो ज्ञान रूपी नौका द्वारा निःसन्देह सबै पापहरूबाट तरेर जानेछौ। यो परम ज्ञानद्वारा पाप यस्तरी दूर हुन्छ, जसरी घाम झुल्कन साथै अन्धकार स्वयं नष्ट हुन्छ। यो उत्तम ज्ञान पाएर साधन गर्नाले मनुष्यको हृदयको सबै विकारहरू स्वयं दूर हुन्छन्। जसरी प्रज्ज्वलित अग्निले काठहरूको ढेरलाई भस्म पार्छ, उस्तै ज्ञान रूपी अग्निमा कर्महरूका सबै पाप रूपी बीजहरू जलेर भस्म हुन्छ । जसरी बीजलाई भूट्यो भने त्यसमा उम्रने शक्ति रहँदैन, उस्तै ज्ञानाग्निमा कर्मरूपी बीज जलेपछि त्यसमा फल दिने सामर्थ्य रहँदैन । वास्तवमा हृदयलाई पवित्र पार्ने ज्ञान समान जप, तप, तीर्थ, व्रत आदि कुनै पनि अर्को साधन छैन।

जसरी सूर्यको सूर्यसंग, चन्द्रमाको चन्द्रमासंग अनि समद्रको उपमा समुद्रसंग नै हुन्छ, उस्तै प्रकार ज्ञान समान ज्ञान मात्र छ। ज्ञानलाई अरु कुनै कुराबाट सम्झन सकिंदैन ।

भगवान कृष्ण भन्नुहुन्छ, 'यो ज्ञानलाई शुद्ध अन्त:करण भएको मनुष्यले मात्र आफ्नो हृदयमा अनुभव गर्दछ, यो ज्ञान इन्द्रियहरूको विषय होइन । इन्द्रियहरूद्वारा जानिने कुरालाई ज्ञान भन्नु ठूलो भूल हो। जुन मनुष्य परमात्माको ज्ञान प्राप्त गरेर भजन-साधनमा लाग्छ, उसले इन्द्रिय र मनलाई वशमा गरेर परमशान्ति प्राप्त गर्दछ। तर जसको ज्ञानमा श्रद्धा हुँदैन या जसको मनमा संशय हुन्छ, त्यस्ता संयशयुक्त अज्ञानी मनुष्य जन्म-मरणको चक्रमा घुमिरहन्छ, उसलाई न यो लोकमा सुख मिल्छ न त परलोकमा सुख मिल्छ । उसको लोक-परलोक दुवै भ्रष्ट हुन्छ।'

नयाँ