arrow

मोदीको जन्मदिनमा सुदर्शन थिम

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
modi-birthday.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आफ्नो जन्मोत्सव मनाइरहेका छन् । उनको जन्मदिनको महोत्सव उनीसंगमात्र सीमित छैन ।

भारतीय र सुभेच्छुक राष्ट्रहरुले पनि शुभकामना व्यक्त गरेका छन् । भारतमा एक मोदीप्रेमीले त अहिलेसम्मकै विश्वको ठूलो केट काट्दै छन् । 

त्यस्तै कसैले केक काटेर गरीवलाई बाँड्दै छन् । त्यस्तै बालुवामा आफ्नो कला देखाउने स्यान्ड आर्टिष्ट सुदर्शन पटनायकले खास शैलीमा मोदीलाई जन्मदिनको बधाई दिएका छन् । 

एबीपी न्यूजका अनुसार उनले स्वच्छता अभियान तथा नयाँ भारतको आफ्नो थिम बनाएका छन् । 

मोदी भने मंगलबार बिहानै जंगल सफारीमा लागेका छन् । एएनआईका अनुसार उनी गुजरातको नर्मदा जिल्लामा रहेको पर्यटक पार्क केभादियामा जंगल सफारीमा लागेका हुन् । 

Image

तस्वीरमा उनले खुवै मज्जासमेत लिएका छन् । 

Image

Image

मोदीलाई ओलीले दिए तीन भाषामा जन्मदिनको शुभकामना

मोदीको जन्मदिनमा विश्वकै कीर्तिमानी केक काटिँदै



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ