त्यस्तै कसैले केक काटेर गरीवलाई बाँड्दै छन् । त्यस्तै बालुवामा आफ्नो कला देखाउने स्यान्ड आर्टिष्ट सुदर्शन पटनायकले खास शैलीमा मोदीलाई जन्मदिनको बधाई दिएका छन् ।
एबीपी न्यूजका अनुसार उनले स्वच्छता अभियान तथा नयाँ भारतको आफ्नो थिम बनाएका छन् ।
मोदी भने मंगलबार बिहानै जंगल सफारीमा लागेका छन् । एएनआईका अनुसार उनी गुजरातको नर्मदा जिल्लामा रहेको पर्यटक पार्क केभादियामा जंगल सफारीमा लागेका हुन् ।