arrow

एनआरएनए अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा (पूर्णपाठ)

logo
प्रकाशित २०७६ असोज ३ शुक्रबार
nrn1.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष कुमार पन्तले अध्यक्षका उम्मेदवारी घोषणा गरेका छन् ।  आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा पन्तले अध्यक्षमा उम्मेदवार घोषणा गरेका हुन् ।

पन्तले  होटल याक एण्ड यतीको सभाहल,दरबारमार्गमा उम्मेदवारी घोषणा गरेका हुन् ।  एनआरएनमा स्थापनाकालदेखि सक्रियतापूर्वक लाग्दै आएका पन्त यूरोप संयोजक हुँदै आइसिसी महासचिव र दुई कार्यकाल उपाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

एनआरएनए अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा  यस्तो छ घोषणापत्रको पूर्णपाठ

आदरणीय एनआरएन साथीहरू,

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले १६ वर्षको अवधिमा धेरै रचनात्मक र गौरव गर्नलायक काम गरेको छ । विश्वका ८३ देशमा संघका राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नु आफैंमा एउटा महत्वपूर्ण उपलब्धि हो ।

संघकै अभियानको प्रभाव र सम्मानस्वरुप नेपाल राष्ट्रले हामीलाई गैरआवासीय नेपाली ऐन ९२०६४० र नियमावली ९२०६६० मार्फत् कानुनी मान्यता दियो । संविधानसभाले संवैधानिक परिचयसमेत दिएको छ । गैरआवासीय नेपाली नागरिकताको संवैधानिक व्यवस्थाअनुरुप थप कानुन र कार्यविधि बन्दै छन् । तिनलाई एनआरएनमैत्री बनाउने अपेक्षा र प्रयासमा हामी छौँ ।

नेपालमा विभिन्न क्षेत्रमा गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ । विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउन पनि संस्थागत प्रयास भएका छन् । संघमार्फत् विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । मुलुकले सामना गरेका निकै संकटपूर्ण घडीमा यही संघको छातामुनि रहेर संसारभरका नेपाली मातृभूमिको पक्षमा उभिन सक्यौँ । वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही उल्लेख्य काम गर्न सफल भएका छौँ ।

अग्रज अभियन्ताहरुले यो संगठनको परिकल्पना गर्नुभयो । सांगठनिक आकारमा ढाल्नुभयो । त्यसमा संसारभरका प्रवासी नेपालीको ऐक्यबद्धता, त्याग र समर्पण रह्यो । यही कारण संघ आज नेपाल र नेपालीबीच एक आशा र भरोसाको धरोहरका रुपमा खडा हुन सम्भव भएको छ ।

नेपाली डायास्पोराको बढोत्तरीसँगै स्वदेशबाट विदेशिएको र विदेशमै जन्मे–हुर्केको पुस्तामा यस अभियानप्रति निकै धेरै अपेक्षा छन् । र, केही जिज्ञासा पनि । साथै, संघ क्रमशः पहिलो पुस्ताबाट दोस्रोमा फड्को मार्दै छ । ती अपेक्षा र पुस्तान्तरणको क्रममा सन्तुलन कायम गर्दै यसलाई नयाँ उचाइ दिनु छ । सम्पूर्ण प्रवासी नेपाली समाहित हुन सक्ने फराकिलो भूमि तयार गर्नु छ । र, एक–अर्काबीच कुनै पनि प्रकारका सीमा र पर्खाल नरहने गरी स्वागत गर्न सक्ने अभियानमा यसलाई रुपान्तरित गर्नु छ ।

यस अभियानको सुरु कालदेखि नै कुनै न कुनै जिम्मेवारी र भूमिकामा रहेर सकेको योगदान गर्न पाउनु विशेष गौरवको रूपमा लिएको छु । तर, मलाई राम्रोसँग थाहा छ कि यतिमै रमाउने वा विगतमा गर्व गरेर मात्र बस्ने छूट हामीलाई छैन । यस संघप्रतिको आशालाई आकारमा ढाल्नु छ । भावनालाई सार्थक शक्तिमा परिणत गर्नु छ । सपनालाई नतिजामा साकार गर्नु छ ।

यस संगठनको विभिन्न जिम्मेवारीमा रहेर संसारका अधिकांश मुलुकसम्म पुग्ने, गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरुसँग घुलमिल हुने मौका पाएको छु । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मर्मसँग एकाकार हुने अवसर पाएको छु । पहाडमा भूकम्प जाँदा होस् वा तराईको आँधी र बाढी, संसारका प्रवासी नेपालीको भावनामिश्रित कोशेली लिएर गाउँठाउँ पुग्दा पाएको सद्भाव र आशिर्वादले अझै धेरै ऊर्जा सिञ्चित भएको महसूस गरेको छु ।

यो अनुभवले भन्छ– संघका विश्वव्यापी सञ्जाललाई अझ मजबुत र विस्तारित बनाई परिचालन गर्न सकिन्छ । अनि, स्वदेशको अपेक्षाअनुसार अझै ठूला योजना र अभियान सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ । त्यसतर्फ केही सोचहरु विकास भएका छन् र थप पहलहरु थालिएका छन् । तिनलाई निरन्तरता दिनु छ । संविधानमा नागरिकताको व्यवस्था गर्ने सन्दर्भमा होस् वा थप कानुनी र नीतिगत पहलकदमी, यी समग्र क्रियाकलापमा सहभागी हुँदा बाँकी काम सम्पन्न गर्ने अठोट अझै दरो भएको छ ।

एनआरएनको संगठित अभियानबाहेक व्यक्तिगत रुपमा पनि नेपालको सामाजिक विकास र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विभिन्न परियोजनामा संलग्न रहँदाको मेरो अनुभवले भन्छ– नेपालले हामीप्रति धेरै माया र अपेक्षा गरेको छ । त्यो अपेक्षा धेरै हदसम्म पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि बढाएको छ ।

गत वर्ष काठमाडौँमा सम्पन्न प्रथम ज्ञान सीप सम्मेलनले हाम्रो प्राविधिक दक्षता, बौद्धिक पुँजी अनि व्यवस्थापकीय अनुभवको शक्ति आकलन गर्ने आधार दिएको छ । यसलाई पुँजीकृत गरी राष्ट्र निर्माणमा परिचालन गर्नु छ । यस्ता अरु नवीन अवधारणा पनि कार्यान्वयनमा ल्याउनु छ ।
आजसम्म तपाईँले विश्वास गरी दिनुभएको जिम्मेवारीलाई मैले मन, वचन र कर्मले समर्पित भई पूरा गर्न प्रयासरत रहँदै आएको छु । मातृभूमिको माटो छोएर भन्छु, आगामी दिनमा पनि तपाईँको विश्वास डग्मगाउन दिने छैन । यस संस्थासँग हरेक प्रवासी नेपालीको स्वाभिमान र मर्यादा जोडिएको छ, यसलाई थप सुदृढ बनाउने प्रयत्नमै हर तरहले जुट्नेछु ।

आदरणीय साथीहरु,

अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको हुँदा त्यो अनुभवलाई समेत हाम्रो संगठनको उचाइ वृद्धिमा लगाउनु मेरो कर्तव्य ठान्दछु । त्यसकारण यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्न सक्छु भन्ने विश्वास लिएको छु ।

तसर्थ विश्वभरिका धेरै एनआरएन साथीहरूसँगको घनीभूत अन्तक्र्रियापछि मैले १५–१७ अक्टोबर २०१९ ९२८–३० असोज २०७६०, काठमाडौंमा सम्पन्न हुन गइरहेको ९ औं विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।

यस संगठनको एलसीसी, एनसीसी, क्षेत्रीय संयोजक, अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव र दुई कार्यकाल उपाध्यक्षको अनुभवसहित सिंगो संगठनको नेतृत्व गर्नका लागि निम्न कार्ययोजना प्रस्तुत गर्दछु ।

स्वदेशको समृद्धि र लगानी

१० स्वदेशको विकास र समृद्धिका लागि सम्पूर्ण गैरआवासीय नेपालीको सामूहिक र व्यक्तिगत लगानी भित्र्याउन सक्रिय रहनेछु । सानोदेखि ठूलो लगानीलाई अभियानमा समाहित गरी १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिनेछु । नेपाल सरकारकोसमेत लगानी रहने यस कोषले पूर्वाधार निर्माण लगायत विविध क्षेत्रमा लगानी गर्नेछ ।

२० विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहलहरु अघि बढाउनेछु । गत वर्ष मेरै संयोजकत्वमा काठमाडौँमा सम्पन्न पहिलो विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन गर्दै त्यसलाई निरन्तरता दिनेछु ।

३० विश्वभर छरिएका नेपालीमार्फत् नेपालका पर्यटकीय आकर्षण र गन्तव्यको प्रचारप्रसार गर्न विशेष योजना ल्याउनेछु । नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्नुका साथै त्यसअनुकूल वातावरण तथा नीतिका निम्ति पहल गर्नेछु । सरकारले अघि सारेको नेपाल ‘भ्रमण वर्ष–२०२०’ को सफलताका लागि सिंगो गैरआवासीय नेपालीको शक्ति र सञ्जाल परिचालन गर्न जुट्नेछु ।

४० सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन भिजन–२०२० ले कल्पना गरेको एनआरएनए फाउन्डेसन विस्तार गरी सोहीमार्फत् एनआरएनहरुलाई सहभागी गराउनेछु ।

वैदेशिक रोजगारी

५० सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि विद्यमान समस्या र समाधानका उपायबारे श्वेतपत्र तयार गरी त्यसैका आधारमा नेपाल सरकारसँगको समन्वयमा कार्ययोजना लागू गर्नेछु ।

६० वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन गर्नेछु ।

७० विदेशमा समस्यामा पर्न सक्ने नेपालीको उद्धार र राहतका लागि नेपाल सरकारसँग समन्वय गरेर वैदेशिक रोजगार राहत कोष वृद्धिमा लाग्नेछु ।

नागरिकता र मतदानको अधिकार

८० संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता पाउने अधिकार शीघ्र कार्यान्वयनका लागि विशेष पहल गर्नेछु ।

९० विदेशमा रहेका नेपालीको मतदानको अधिकारसम्बन्धी व्यवस्थाको व्यावहारिक कार्यान्वयनमा लागिपर्नेछु ।
संगठन सुदृढीकरण

१०० संसारका कुनै पनि मुलुकमा रहेका हरेक गैरआवासीय नेपाली संघमा आबद्ध हुन न्यूनतम शुल्क वा निःशुल्क सदस्यता पञ्जीकरणका लागि पहल गर्नेछु । विश्वका जोकोही नेपालीले गर्वसाथ यो संस्था मेरो हो भनेर आबद्ध हुन चाहने गरी संरचना सञ्जाल र छवि निर्माणमा जुट्नेछु ।

११० नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान दिनेछु । साथै, त्यो पुस्ताको स्थानीय राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा सहभागिता बढाउनेतर्फ पनि मेरो ध्यान रहनेछ ।

१२० संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन गरिनेछ ।

१३० संघको विधि, विधान र संस्थागत प्रक्रियाहरूलाई अनुशरण गर्ने गराउनेछु । सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान दिनेछु ।

१४० हरेक गैरआवासीय नेपालीको समान भूमिकालाई स्थापित गर्न नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणालीबारे सम्भाव्यताको खोजी गरिनेछ ।

१६० संघको समयसापेक्ष विकास गर्न ‘भिजन २०२०’ को प्रस्ताव कार्यान्वयनको पक्षमा दृढ रहँदै यसलाई सफल बनाउन विशेष सक्रिय रहनेछु । साथै, संघको आर्थिक र सैद्धान्तिक स्थायित्व कायम गर्न विभिन्न कार्यक्रमहरु ल्याउनेछु ।
विशेष कार्यसूची

१७० संघका चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकतामा राख्नेछु ।

१८० संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत–साधनले नपुग्ने भएमा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरिनेछ ।

१९० समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछु ।

२०० गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापनाका लागि प्रयासरत रहनेछु ।

आदरणीय साथीहरु,

अन्त्यमा, यस संघमा आजको मितिसम्म जति योगदान दिएँ, त्यसबाट मैले धेरै सिक्ने, बुझ्ने र ज्ञान हासिल गर्ने अवसर पाएको छु । सोही अनुभव र ज्ञानलाई अब नेतृत्वमै रहेर संस्थाका लागि योगदान गर्ने मेरो आकांक्षा छ । जिम्मेवार अध्यक्षका रुपमा संघलाई बलियो, एकताबद्ध र व्यवस्थित बनाउनेदेखि ‘राम्रो एनआरएनए हाम्रो एनआरएनए’ बनाउन इमान्दारीपूर्वक र प्रतिबद्ध रूपमा काम गर्ने प्रतिज्ञा गर्दछु ।
मेरा समस्त शुभचिन्तक तथा संस्थाका अग्रज, सहकर्मी एवं सम्पूर्ण सदस्यमाझ गैरआवासीय नेपाली संघको अध्यक्षको जिम्मेवारीमा मलाई विश्वास गरेर निर्वाचित गर्नुहुनेछ भन्ने अपेक्षासहित यहाँको अमूल्य मतका लागि हार्दिक अनुरोध गर्दछु । धन्यवाद



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ