arrow

पूर्ण सुख-शान्ति सांसारिक वस्तुमा नभइ आत्म-चिन्तन, ध्यानमा मिल्छ

logo
अध्यात्म,
प्रकाशित २०७६ असोज ६ सोमबार
aatma.jpg

काठमाडौं । संसारमा तपाईंले जे पनि आँखाले देखिरहनु भएको छ, त्यो सबै माया हो, जुन अनित्य, झूटो अनि परिवर्तनशील छ । सत्य आँखाले देख्ने अथवा इन्द्रियहरू द्वारा अनुभव गरिने वस्तु होईन, किनभने-

गो गोचर जहँ लगि मन जाई।
सो सब माया जानहु भाई।।

आज संसारले के चाहन्छ? सुख, शान्ति चाहन्छ, संसारको कुनै पनि प्राणीले दुःख चाहँदैन । तर संसारको मनष्यले यो कुरा सम्झाँदैनन् कि सुख के चीज हो अनि कहाँ छ ? न यो सोच्छन् कि सुख कसरी मिल्छ ? कसैले राष्ट्रपति बन्नुमा, कसैले प्रधानमन्त्री बन्नुमा या मन्त्री बन्नुमा सुख-शान्ति छ भनेर सम्झन्छन्, त कसैले अन्य कुराहरूमा, कसैले धनी बन्नुमा अनि कसैले भोगहरूमा नै परम सुख-शान्ति छ भनेर सम्झेका छन् । तर जसले पनि यस कुराहरुमा सुख या शान्ति सम्झन्छन्, यो सबै माया हो । बदलिरहने चीजमा कहिल्यै पनि स्थायी सुख- शान्ति मिल्न सक्दैन।

हामी सबैको शरीर परविर्तनशील छ, तर आत्मा परविर्तन हुँदैन । यसकारण स्थायी आनन्द पनि आत्मामा नै छ। साँचो आनन्द सबैको हृदयमा परिपूर्ण रुपले भरिएको छ। तर मनुष्य आफ्नो हृदयभित्रको आनन्दलाई नजानेर मायामा आनन्द खोज्छ, यहि कारण सदा दुःखी र अशान्त रहन्छ ।

अब प्रश्न यो उठछ कि मनुष्यलाई आत्मिक सुख कसरी मिल्छ? आत्मिक आनन्द मायाका पदार्थहरू जस्तो स्थूल छैन जसलाई हातले समात्न सकिन्छ, आँखाले देख्न सकिन्छ या जिब्रोले चाख्न सकिन्छ । साँचो आनन्द त ध्यानमा मिल्छ । मायाको ध्यान त सबैले गरिरहेका छन्, तर नाशवान चीजहरूको ध्यान गर्नको कारण सबै मनुष्य दुःखी छन् ।

परमात्मालाई सत्-चित्-आनन्द स्वरूप बताएको छ । सत् हो यसलाई झूटो भन्न सकिंदैन किनभने यो देखिन्छ। जीव सत् अनि चित् (चेतन) छ। माया जड़ हो, तर जीवमा चेतनता छ। परमात्मा सत्य छ, चित् अर्थात् चेतन छ अनि आनन्द स्वरुप छ । सन्त-महात्माहरूले बताएका छन् कि त्यो आनन्द ध्येय, ध्यान र ध्याता मिलेर एक भएपछि मिल्छ ।  परमात्मा हाम्रो ध्येय हो, हामी ध्याता हौं अनि ध्येयको लागि जे गरिन्छ त्यो ध्यान-साधन या भक्ति हो।

परमात्मा सर्वशक्तिमान, सर्वव्यापक, सबैको धारण-पोषण  माया र नाश गर्ने सारा सृष्टिको एक मात्र मालिक हो। उनैलाई ओम, अल्लाह-खदा, वाहे गुरु, राम, कृष्ण आदि नामहरुले  पुकारिन्छ । जसरी दूधमा घीउ अनि फूलमा सुगन्ध भएर पनि।  देखिदैन, उस्तै प्रकार त्यो महान शक्ति सबैमा व्यापक भएर पनि देखिदैन केवल ध्यान द्वारा मिल्छ ।

जिमि दूध के मथन से मिलता है घी यतन से।
तिमि ध्यान की लगन से पारब्रह्म लो निहार।।

दूधमा घीउ छ, केवल यति ज्ञानले हाम्रो काम चल्न सक्दैन।  यदि दूधले दियो जलाउन चाह्यौं भने जल्दै गरेको दियो पनि निभ्ने छ । तर जब दूधलाई जमाएर दही अनि दहीलाई मथेर नौनी निकाल्ने छौं, फेरि नौनीलाई खारेर घीउ बनाउने छौं, तब दियो बाल्न सक्छौं, त्यसमा पूरी पनि पकाउन सक्छौं । उस्तै गरी परमात्मा सर्वव्यापक छ, घट-घटमा विद्यमान छ, यति ज्ञानले मात्र कसैलाई सुख-शान्ति मिल्न सक्दैन । जब हामीले परमात्माको प्रकाश स्वरूपलाई जानेर ध्यान गर्नेछौं अनि ध्यान गर्दा-गर्दा जब हाम्रो चित्तवृत्ति परमात्माको स्वरूपमा एकाग्र हुनेछ, तब हामीलाई सुख-शान्ति मिल्ने छ।

मनुष्य शरीर बाहेक अरु जति पनि शरीर अर्थात योनिहरू छन, त्यस योनिहरूमा सबै प्रकारको भोगहरू मिल्छन, तर साँचो आनन्दको प्राप्ति केवल मनुष्य शरीरमा नै हुन्छ । हात्ती बन्यो भने गजराज, सिंह बन्यो भने जंगलको राजाको पदवी त मिल्छ, तर त्यस शरीरमा साँचो शान्ति प्राप्त गर्ने कुनै साधन गर्न सकिंदैन। त्यसले भगवानको नाम जप्न सक्दैन, न त भगवानको प्रकाश स्वरूपलाई जानर ध्यान गर्न सक्छ। यसैले भनेको छ-

बड़े भाग मानुष तनु पावा।
सुर दुर्लभ सब ग्रन्थन्हि गावा।।
साधन धाम मोक्ष कर द्वारा।
पाई न जेहि परलोक संवारा।।

जसले मनुष्य शरीर पाएर परम सुख, परम शान्ति अर्थात् मोक्ष प्राप्तिको साधन गर्दैन केवल पशु जस्तो भोगहरू भोग्नमा नै जीवन गमाउँछ, त्यो जीवले मनुष्य शरीर त्यागेर गएपछि चौरासी लाख योनिहरूमा गएर नान प्रकारको दुःख भोग्छ। त्यस्ता मनष्यलाई सन्त-महापुरुषले आत्म-हत्यारा, निन्दनीय काम गर्ने अनि अभागी बताएका छन् । यसकारण  मनुष्य शरीरलाई व्यर्थ नगुमाएर सदा परमात्माको स्मरण-  ध्यानमा लगाउनुपर्छ ।

संसारमा तीन प्रकारका मनुष्य हुन्छन्। उत्तम, मध्यम अनि कनिष्ट। उत्तम मनुष्यको बुद्धि तेलको थोपा जस्तो हुन्छ। तलाउमा तेलको एक थोपा हाल्यो भने पूरा तलाउको पानीमा फैलिने छ । मध्यम मनुष्यको बुद्धि फलाम जस्तो कडा हुन्छ। फलामलाई आगोमा तताएर मार्तालले बेस्सरी पिट्यो भने मात्र त्यसको केहि चीज बन्छ। कनिष्ट या नीच मनुष्यको बुद्धि ढुंगा जस्तो हुन्छ। यदि ढुंगालाई आगोमा हालेर ततायो भने चडकेर फुट्छ र तताउनेलाई नै चोट लाग्ने छ। यदि कारीगरले गढेर कुनै चीज बनाउन चाह्यो भने पनि अलिकति ठेस लाग्न साथै सारा मेहेनत बेकार हुन्छ। मध्यम श्रेणीको मनुष्य त संगत पाएर सुध्रन्छ, तर कनिष्ट श्रेणीको मनुष्य त जहाँ पनि जान्छ अरुलाई दुखै मात्र दिन्छ।

आज संसारमा मानिसहरू राम्रो घर, राम्रो खाना र उच्च पद पाउनलाई सकेसम्म जोड़ लगाइरहेका छन् । बस, त्यसैमा मानिसहरूले सुख-शान्ति सम्झेर बसेका छन् । त्यसदेखि अगाडि के छ? मरेपछि के हुन्छ ? कहाँ जानेछौं? यस कुराको कसैलाई ख्यालै छैन । सारा संसार मायामा बगेर गोता खाइरहेको छ अनि डुब्दै गएर पनि कराइरहेको छ-शान्ति हुनुपर्छ! शान्ति मिल्नु पर्छ!! तर शान्तिको केहि पत्तो छैन कि वास्तविक शान्ति कहाँबाट कसरी मिल्छ । यो राम्रो मान्छेका लक्षण हाईन। उत्तम मनुष्य त संसारी भोगहरूमा धकेल्दा पनि लाग्दैन।

जसको पूर्व जन्मको कमाई राम्रो हुन्छ, उसले त भोगहरू मिल्दा पनि यहि सोच्छ कि आखिर संसार के चीज हो? यसलाई बनाउनेवाला को हो? अनि यसलाई किन बनाएको हो? जीव दुःखी किन छ? अनि उसलाई सुख कसरी मिल्छ ?

जुन समय महात्मा बद्धको जन्म भयो, त्यस समय ज्योतीषिहरूले बताए यो बच्चा साधारण बच्चा होईन । यो एक महापुरुष, एक योगी बन्ने छ। उनको पिताले उनको चारैतिर कडा पहरा लगाईदिए। उनको बाहिर घुम्न सबै बन्द गरेर ऐश-आरामको चीजहरूमा उनको जीवन लगाईदिए। बीस वर्षसम्म यसरी नै उसको जीवन चलिरह्यो।

एक दिन रथमा बसेर जब सिद्धार्थ (महात्मा बुद्ध) शहर घुम्न निस्के, तब एउटा शवलाई देख्नेर सारथीलाई सोध्छन्, यो को हो? सारथीले भन्छन्, महाराज! यो पनि एक समय हामी जस्तै जीउँदो थियो। हाँस्थ्यो, बोल्थ्यो, हिंडथ्यो, खान्थ्यो, तर अब यो मरेको छ अनि मानिसहरूले यसलाई जलाउन  मसानघाटमा लगेर गइरहेका छन् । सिद्धार्थले सोधे, 'के मैले पनि एक दिन यसरी नै मर्नु पर्छ?' सारथीले भने, 'महाराज। संसारमा कोहि सदा जीवित रहँदैन, सबैले एक दिन मर्न पर्छ।'

अर्को दिन सिद्धार्थले कम्मर झुकेको एकजना मानिसलाई देखे, जो लट्ठी टेकेर बिस्तार-बिस्तारै हिंडिरहेका थिए। उनलाई देखेर सिद्धार्थको मनमा ग्लानि भयो, सिद्धार्थ! यदि जीवित रहिस भने तेरो पनि यस्तै गति हुनेछ। यस्ता कुराहरू देखेपछि सिद्धार्थलाई संसारदेखि वैराग्य हुनगयो।

हामी पनि कति वृद्ध व्यक्तिहरुलाई देख्छौं, तर एक दिन । म पनि यस्तै बूढो हुनेछ भनेर सोच्दैनौं । कति शवहरू बोकेर मसानघाट गयौं होला, तर सबैले यहि सोच्छन कि मर्नलाई यहि आएको थियो, म त सँधै बाँचिरहने छु। तर यो थाहा छैन हामी पनि यसरी नै जल्नेछौं, मानिसहरूले हामीलाई पनि यसरी नै मसानघाटमा लगेर जलाउने छन् ।

महात्मा बुद्धलाई पिताको राज्य पनि मिलेको थियो, पत्नी र छोरा पनि थियो । तर बुद्धले साँचो कुराको लागि, स्थायी शान्तिको लागि सबै कुराको मोह त्यागे। रातको समय रथमा बसेर आफ्नो राज्यको सीमासम्म आए अनि रथ फर्काएर आफू पैदलै हिंडेर गए। बाह्र बर्षसम्म यता-उता अनेक साधु- महात्माहरूकोमा भटकिरहे। उनले यहाँसम्म साधन गरे कि बिस्तार-बिस्तारै खाना खान छोडदै गए। खाना नखाएकोले शरीर एकदम कमजोर भयो अनि बाटोमा लडे।

एक स्त्रीले आएर उनलाई खीर दिईन् । त्यो दिनदेखि उनले खाना खान थाले । अन्य तपस्वीहरूले सोचे, यो त अब गयो, यसको त पतन भयो । तर महात्मा बुद्धले विचार गरे, मैले साधन मनको गर्नु थियो, तर शरीरको साधन गर्न थाले, यसैकारण कष्ट भोग्नु पर्‍यो। त्यसपछि महात्मा बुद्धले मनलाई एकाग्र गर्ने साधनको ज्ञान प्राप्त गरे अनि मनलाई एकाग्र गरेर आफ्नो हृदयभित्रको ज्योतिलाई देखे । यहि नामको बोध या ज्ञान हो। त्यसपछि उनले आफ्नो जीवनमा साँचो प्रकाश र नामको प्रचार गरे । उनले आफ्नो शिष्यहरूलाई उपदेश दिदा यहि सम्झाउथे कि चीजहरुको संग्रह धेरै नगर, शरीर ढाक्ने लुगा र पेट भर्ने खाना मात्र राखेर बाँकी अरुको सेवामा लगाऊ।

आज महात्मा बुद्धलाई संसारका धेरै मानिसहरुले मान्दछन्। चीन, जापान, बर्मा, लंका आदि देशहरूमा बुद्धलाई मान्नेहरू बेसी छन् । हामी महात्मा बुद्धलाई भगवानको चौबीस अवतारहरूमा एक मान्दछौं।

भन्नुको भाव यो हो कि उत्तम मनुष्यले आफ्नो जीवन परमात्मामा लगाउँछ अनि निकृष्ट मनुष्य जीवनभर भोगहरूको पछाडि दौडिरहन्छ। क्रमश..



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ