arrow

मानवमाथिका चार कृपा

logo
ज्ञान,
प्रकाशित २०७६ असोज ८ बुधबार
men-god.png

काठमाडौं । जीवमाथि चार कृपा हुन्छ । पहिलो कृपा हामीमाथि भगवानको भएको छ, जसले दया गरेर यो मनष्य शरीर दिनुभयो । कति मानिसहरू यो मान्दछन कि मनुष्य जन्म जीवको उसको पुण्य कर्मले मिल्छ, तर यो झूटो हो । किनभने सबै जीव चौरासी लाख योनिबाट आउँछन् । चौरासी लाख योनिमा कर्म गर्न सक्दैन, कर्म केवल मनुष्य योनिमा मात्र गर्न सकिन्छ, अरु सबै भोग योनि हुन् । आखिर बाघ, हात्तीको योनिमा जीवले कुन कर्म गर्यो होला, जसको फल स्वरूप उसलाई मनुष्य शरीर मिल्छ । यसकारण स्पष्ट छ कि मनष्य शरीर भगवानको कृपाको प्रसाद हो, जीवले यो कृपालाई सम्झोस या नसम्झोस्।

दोस्रो कृपा वेद-शास्त्रको हो । वेद-शास्त्रहरू नभएको भए  हाम्रो जीवन पशुकै जस्तो हुने थियो । वेद-शास्त्रहरू मनुष्यकै लागि बनाएको हो अनि यसका कुराहरू मनुष्यले नै सम्झनु छ। हात्ती-घोडाहरुको लागि वेद-शास्त्र बनेको होईन । गाई-भैंसीले ज्ञानका चर्चा सुनेर पनि बुझ्न सक्दैन ।

सबै वेद-शास्त्र, कुरान, अंजील, बाईबल आदि ग्रन्थहरुले भन्छन् कि जुन सृष्टि तिमीहरूले देखिरहेका छौ, ब्रह्मा समान  शक्तिशाली बनेर यस्तो सृष्टि तिमीले पनि बनाउन सक्ने छौ,  यदि तिमी भगवान विष्णुले जस्तो सारा सृष्टिको पालन गर्न  सक्ने भयौ, भगवान शंकरले जस्तो सारा सृष्टिलाई समेटने शक्ति पनि पायौ अरे, तर पनि तिम्रो कल्याण गुरु बिना हुन सक्दैन । जीवनमा परमशान्ति या परम गति तिमीलाई मिल्दैन । भनेको पनि छ-

गुरु बिन भव निधि तरड़ न कोई।
जौ बिरंचि संकर सम होई।।

गुरु बिना ज्ञान, ज्ञान बिना भक्ति अनि भक्ति बिना जीवलाई  कुनै कालमा पनि सुख-शान्ति मिल्न सक्दैन । यदि बिना गुरु जीवलाई परमात्माको सत् स्वरूपको ज्ञान हुनेभए हाम्रा  महापुरुषहरूले वेद-शास्त्रहरूमा मनुष्यले अवश्य गुरु धारण  गर्नपर्छ भनेर कहिल्यै लेख्ने थिएनन् । वेद-शास्त्रहरू  महापुरुषहरूको साक्षी छन् जसले हामीलाई गुरु धारण गने प्रेरणा दिन्छन् । जसले वेद-शास्त्रहरूलाई मान्दैन या मानेर  पनि त्यस अनुसार चल्दैनन्, उनीहरूलाई भन्नु केहि  छैन ।

आज गीतालाई प्राय: सारा संसारले जान्दछ, यसैकारण  सबैले आफ-आफ्नो भाषाहरूमा गीताको अनुवाद पनि गरेका  छन् । गीता अध्याय ४ को ३४ श्लोकमा भनेको छ कि प्रत्येक  मनुष्यले तत्त्वदर्शी महापुरुषको शरणमा जानु पर्दछ । दण्डवत् प्रणाम गरेर अनि छल-कपट त्यागेर निश्चल भावले सेवा गरेर  उनको आत्मालाई प्रसन्न गराउन पर्छ । जब उनको आत्मा  प्रसन्न हुन्छ, तब विनय भावले त्यो परम तत्त्वको बारेमा उनलाई सोध्नु पर्छ । प्रसन्न भएपछि उनी तत्त्वज्ञानीले परम  तत्त्वको ज्ञान गराउने छन् । यो दोस्रो कृपा वेद-शास्त्रहरुको हो  जसले हामीलाई आदेश दिन्छ कि-

मत कोई भ्रम भुलो संसारी।
गुरु बिन कोई न उतरसी पारी।।

जुन कुराको ज्ञान गुरु बिना हुँदै-हँदैन अनि जुन सूक्ष्म ज्ञान जान्नको लागि भगवान श्रीकृष्णले जोड दिनुभएको छ, त्यो परम तत्त्वको ज्ञान बनावटी तन्त्र-मन्त्रहरू जप्नाले, तीर्थ-व्रत, यज्ञ-हवन, पूजा-पाठ आदि गर्नाले कसरी हुने छ? गीता अ० ९ को श्लोक १ र २ मा भनेको छ कि त्यो ज्ञानको, त्यो  परमतत्त्वको साधन गर्नु अति सुगम, धर्मयुक्त, तत्काल फल  दिने अनि अविनाशी छ।

 ब्रह्माले बनाएको सृष्टि परिवर्तनशील अनि नाशवान छ, तर त्यो तत्त्व अविनाशी छ । जुन चीज ब्रह्मा, विष्णु, महेशभन्दा पहिले थियो अनि पछि पनि रहने छ, त्यसैलाई जान्नको नाम ज्ञान तथा त्यसको ध्यान गर्नुलाई भक्ति भनेको छ। त्यो अति सूक्ष्म अनि अविनाशी वस्तुको ज्ञान गराउनेलाई गरु भनिन्छ।

बंदउँ गुरु पद कंज कृपासिंधु नर रूप हरि।
महा मोह तम पुंज जासु बचन रवि करनि कर।।

जबसम्म कुनै यत्न गरिंदैन, तबसम्म अँध्यारो आफैं दुर हुँदैन । रातको अन्धकारलाई दूर गर्न दियो, बत्ती या बिजली जलाउनु पर्दछ । तर पनि रातको अन्धकार पूर्ण रूपले सूर्य उदय भएपछि मात्र दूर हुन्छ । बिजुली बन्द भयो भने अँध्यारो  कसैलाई राम्रो लाग्ने छैन । मनुष्य त उज्यालोमा नै खशी हुन्छ। लाटकोसेरो आदि चरा छन् जो अँध्यारोमा खुशी रहन्छ अनि घाम झुल्कँदा आँखा बन्द हुन्छ।

शास्त्रहरूमा चार प्रकारको प्रकाश बताएको छ । घामको प्रकाश (Sun light), चन्द्रमाको प्रकाश (Moon light), अग्निको प्रकाश (Fire light) अनि दिव्य प्रकाश (Divine light) जसलाई स्वयं प्रकाश, नूरे इलाही पनि भनेको छ । पहिलो तीन प्रकाशलाई  कुकुर, गधा आदि सबै पशु-पक्षीहरूले देख्छन, तर दिव्य प्रकाशलाई केवल मात्र मनुष्यले देख्न सक्छ। यहि मनुष्य र  पशु-पक्षी आदिमा अन्तर छ। जुन मनुष्यले आफूभित्रको प्रकाशलाई देखेको छैन, त्यो मनुष्य र पशुमा कुनै अन्तर छैन। यसकारण मनुष्यले गुरुको शरणमा गएर त्यो दिव्य प्रकाशको अनुभव गर्नु पर्छ। अन्त्य समयमा धन सम्पत्ति यहिं छोडेर जान पर्दा पछुतो गर्न नपरोस्। ज्ञान प्राप्त गर्न पर्छ । गुरु उही हुन्छ जसले दिव्य नेत्रको ज्ञान गराएर दिव्य प्रकाशलाई देखाउँछ।

बलिहारी गुरु आप की देवाड़ी सतबार।
जिन मानुष से देवता कियो करत न लागि बार।।

हुन त मानिसहरूले तन्त्र-मन्त्र बताउने, कण्ठी-माला लगाईदिनेहरुलाई पनि गुरु नै मान्छन्, तर गुरुको अर्थ हो 'गु' माने अन्धकार, 'रु' माने प्रकाश अर्थात् जसले अज्ञानको अन्धकार हटाएर ज्ञानको प्रकाश गरिदिन्छ । बाहिरको प्रकाशले बाहिरको अन्धकारलाई अनि भित्रको प्रकाशले भित्रको अन्धकारलाई दूर गर्छ।

ज्ञानांजन सदगरु दिया. अज्ञान अंधर विनाश।
हरि कृपा ते संत भेटियां, नानक मन प्रकाश ।।

सदगुरु मिलेपछि मायाको सबै मोह दूर हुन्छ अनि हृदयमा प्रकाश हुन्छ, यहि गुरुको पहिचान हो।

जब तक न देखो अपनी नैनी।
तब तक न मानो गुरु की बैनी।।

जसलाई नरे इलाही, डिवाइन लाईट, दिव्य प्रकाश या  भर्गो ज्योति भनिन्छ, जबसम्म त्यो आफ्नो आँखाले देखाउँदैन, तबसम्म उसलाई गुरु मान्नु हुँदैन । जसरी भगवान कृष्णले अर्जुनलाई दिव्य-नेत्रको ज्ञान दिएर विश्व-व्यापक प्रकाश देखाउनु भएको थियो, उस्तै प्रकाश देखाउनेलाई नै गुरु भनेको छ।

 चौथो कृपा जीवको आफूमाथि आफ्नै हो । हामीले विचार गर्न पर्छ कि वेद-शास्त्रले के भनिरहेका छन् अनि हामीले के गरिरहेका छौं? कहाँ त सबै महापुरुषले हृदयमा भगवानको  ध्यान गर्नु भनेर बताएको छ अनि कहाँ मानिसहरू भगवानको  दर्शन गने यता-उता दौडिरहेका छन् । के जुन कुराहरूमा या  साधनहरूमा मानिसहरू लागेका छन्, त्यसबाट साँचो सुख-  शान्ति मिल्ने छ? या आजसम्म कसैलाई सुख-शान्ति मिलेको छ? संसारमा सबै मानिस जानको लागि आएका छन् । तर  हामीले विचार गर्न छ कि हामीसंग साथमा के जाने छ? जुन चीज साथमा लान सकिन्छ, त्यहि चीज हामीले संग्रह गर्न पर्छ ।  यो होईन कि हामीले अरु चीज संग्रह गर्‍यो अनि अन्त्य समयमा यहि छोडेर जानु पर्दा पछुतो गर्न नपरोस ।

जीवले स्वभावैले आनन्द चाहन्छ । खानमा आनन्द आयो  भने. अनेक स्वादवाला खाने चीजहरू खोज्न थाल्छ । भोकले जुन अशान्ति हुन्छ, त्यो पेट भरिएपछि शान्त हुन्छ। तर भोलि  के खाने हो यो चिन्ता हमेशा लागिरहन्छ। भगवान कृष्ण गीतामा भन्नहन्छ कि इन्द्रियहरूको संयोगले जुन सुख-दुःख हुन्छ, त्यो सबै आउने-जानेवाला हुन् । मूर्ख मान्छेले इन्द्रियका यस विषयहरुमा सुख सम्झान्छ, तर विचारवान पुरुषले आत्म-चिन्तन र आत्माको ध्यानमा मात्र पूर्ण सुख-शान्ति सम्झन्छ ।

 ऋषिहरुले पनि बाहिरका चीजहरूमा आनन्द न बताएर भित्र आत्मामा नै आनन्द बताएका छन । जहिले पनि मनुष्यलाई आनन्द मिल्ने छ, आफ्नो आत्मामा नै मिल्ने छ । शान्ति-शान्ति चिल्लाउनाले कहिले पनि संसारमा शान्ति हुने छैन, न आजसम्म भएको छ। जुन मनुष्यको चित्तवृत्ति अन्तर-आत्मामा लाग्छ.  उसलाई तत्काल परम-शान्तिको अनुभव हुन्छ।

 कति विद्वानहरू आँखा बन्द गरेर घण्टौंसम्म मंगलाचरण  गर्दछन्, घण्टौंसम्म मधुर आवाजमा श्लोकहरूको गान गर्दछन  तर त्यस समय उनीहरूको ध्यान कहाँ रहन्छ? उनीहरूको चित्त-वृत्तिले कहाँ चक्कर लगाउँछ? गायत्री मन्त्रको तथा अरु अनेक नामहरूको जप गर्दछन । तर जब उनीहरूलाई भिन्न मनलाई एकाग्र गर्ने साधन नै थाहा छैन भने, मन विषयहरूमा नै चक्कर लगाईरहने छ । फेरि गायत्री या अनेक नामहरुको जप गरेको फाइदा नै के भयो? गायत्री मन्त्रमा जुन आदेश दिएको छ, त्यसको जुन अर्थ छ, त्यसअनुसार ज्योतिलाई जानेर त्यसको ध्यान गर्नाले मात्र गायत्रीको मन्तव्यको हल हुन्छ, न कि मनमानी गर्नाले लाभ हुने छ । यसकारण त्यो परम ज्योतिलाई, त्यो नामलाई जानेर भजन-सुमिरण गर्नुपर्छ,  यहि सार हो अनि यसैमा मानव जीवनको कल्याण, परम शान्ति र आनन्द निहित छ। |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ