arrow

घटस्थापना आदि विधीहरुका शास्त्रीय आधार तथा आध्यात्मिक परिणाम

logo
बिधि,
प्रकाशित २०७६ असोज १२ आइतबार
ma-durga1.jpg

काठमाडौं । आइतबारबाट नवरात्रीको शुरुवात भएको छ । यो नौ दिनसम्म  नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुने गर्दछ ।  नवरात्रीको प्रथम दिन घटस्थापना पर्दछ । घटस्थापना गर्नु भनेको नवरात्रीको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटकलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु हो ।
 
यो अंकमा हामीले नवार्णव यन्त्रको स्थापनाको शास्त्रीय आधार, नवार्णव यन्त्रमा अष्टभुजा देवीको मूर्ति स्थापित गर्नुको परिणाम, नवरात्रीमा अखण्ड दीपप्रज्वलनको शास्त्रीय आधार, अखण्ड दीप प्रज्वलनको परिणाम,नवरात्रीमा मालाबन्धनको परिणाम, नवरात्रीमा कुमारिका-पूजनका शास्त्रीय आधार आदिलाई समेटेका छौ ।

नवरात्रीको प्रथम दिनमा घटस्थापना
घटस्थापना गर्नु अर्थात नवरात्रीको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु हो । कार्यरत शक्तितत्त्वको कारण वास्तुमा विद्यमान कष्टदायक तरङ्ग समूल नष्ट हुन जान्छ । कलशमा जल, पुष्प, दूर्वा, अक्षत, सुपारी एवं सिक्का राख्नुपर्छ ।
 
नवार्णव यन्त्रको स्थापनाको शास्त्रीय आधार
‘नवार्णव यन्त्र’ देवी विराजमान हुनको लागि पृथ्वीमा स्थापित आसनको प्रतीक हो । नवार्णव यन्त्रको सहायताले पूजास्थलमा देवीको नौ रूपहरुको मारक तरङ्गहरुलाई आकृष्ट गर्न सम्भव हुन जान्छ । यी सबै तरङ्गहरु यन्त्रमा एकत्रीकरण एवं घनीकरण हुन जान्छ । यस कारण यो आसनलाई देवीको निर्गुण अधिष्ठान मानिन्छ । यस यन्त्रद्वारा आवश्यकतानुसार देवीको सगुण रूप ब्रह्माण्डमा कार्यरत रहन्छ । देवीको यस रूपलाई प्रत्यक्ष कार्यरत तत्त्वको प्रतीक मानिन्छ ।
 
नवार्णव यन्त्रमा अष्टभुजा देवीको मूर्ति स्थापित गर्नुको परिणाम
 अष्टभुजा देवी शक्तितत्त्वको मारक रूप हो । ‘नवरात्री’ ज्वलन्त तेजतत्त्वरूपी आदिशक्तिको अधिष्ठानको प्रतीक हो । अष्टभुजा देवीको हातमा विद्यमान आयुध -शस्त्र), उहाँको प्रत्यक्ष मारक कार्यको क्रियाशीलताको प्रतीक हो । देवीको हातमा यी मारकतत्त्वरूपी आयुध, अष्टदिशाहरुको अष्टपालको रूपमा ब्रह्माण्डको रक्षण गर्दछ । यी आयुध नवरात्रीको विशिष्ट कालावधिमा ब्रह्माण्डमा अनिष्ट शक्तिहरुको सञ्चारमा अंकुश पनि लगाउँछ एवं तिनीहरुको कार्यको गतिशीलता खण्डित गरि पृथ्वीको रक्षा गर्दछ । नवार्णव यन्त्रमा देवीको मूर्तिको स्थापना, शक्तितत्त्वको यस कार्यलाई वेग प्रदान गर्नमा सहायक हुन्छ ।
 
नवरात्रीमा अखण्ड दीपप्रज्वलनको शास्त्रीय आधार
दीप तेजको प्रतीक हो एवं नवरात्रीको कालावधिमा वायुमण्डल पनि शक्तितत्त्वात्मक तेजको तरङ्गले संचारित हुन्छ । यी कार्यरत तेजाधिष्ठित शक्तिहरुको तरङ्गको वेग एवं कार्य अखण्डित हुन्छ । अखण्ड प्रज्वलित दीपको ज्योतिमा यी तरङ्गहरुलाई ग्रहण गर्ने क्षमता हुन्छ ।
 
अखण्ड दीप प्रज्वलनको परिणाम
नवरात्रीको कालावधिमा अखण्ड दीप प्रज्वलनको फलस्वरूप दीपको ज्योतितर्फ तेजतत्त्वात्मक तरङ्गहरु आकृष्ट हुन्छ । वास्तुमा यी तरङ्गहरुको निरन्तर प्रक्षेपण हुन्छ । यस प्रक्षेपणबाट वास्तुमा तेजको संवर्धन हुन्छ ।

यस प्रकार अखण्ड दीपप्रज्वलनको फाईदा वास्तुमा रहने सदस्यहरुलाई वर्षभरि हुन्छ । यस तेजलाई वास्तुमा बनाइ राख्नु सदस्यहरुको भावमा निर्भर गर्दछ ।
 
नवरात्रीमा मालाबन्धनको परिणाम
नवरात्रीमा अखण्ड दीपप्रज्वलनको साथ कुलाचारानुसार मालाबन्धन गर्दछ । केही उपासकहरु स्थापित घटमा माला चढाउँछन्, भने कोही देवीको मूर्तिमा माला चढाउँछन् । नवरात्रीमा मालाबन्धको विशेष महत्त्व छ ।

देवतालाई चढाएको यी मालाहरुमा उनेको फूलको रङ्ग एवं सुगन्धको कणतर्फ वायुमण्डमा विद्यमान तेजतत्त्वात्मक शक्तिको तरङ्ग आकृष्ट हुन्छ । यी तरङ्गहरु पूजास्थलमा स्थापित गरिएको देवीको मूर्तिमा शीघ्र संक्रमित हुन्छ ।  यी तरङ्गहरुको स्पर्शले मूर्तिमा देवीतत्त्व अल्पावधिमा जागृत हुन्छ ।  केही समयपछि यी देवीतत्त्व वास्तुमा प्रक्षेपण हुन आरम्भ हुन्छ । यसले वास्तुशुद्धि हुन्छ ।  साथै वास्तुमा आउने व्यक्तियहरुलाई उनीहरुको भावानुसार यस वातावरणमा विद्यमान देवीको चैतन्यको फाईदा मिल्दछ ।

नवरात्रीमा कुमारिका-पूजनका शास्त्रीय आधार
 कुमारी, अप्रकट शक्तितत्त्वको प्रतीक हो । नवरात्रीमा अन्य दिनको तुलनामा शक्तितत्त्व अधिक मात्रामा कार्यरत रहन्छ। आदिशक्तिको रूप मानेर भावसहित कुमारी-पूजन गर्नाले कुमारिमा विद्यमान शक्तितत्त्व जागृत हुन्छ । यसले ब्रह्माण्डमा कार्यरत तेजतत्त्वात्मक शक्तिको तरङ्ग कुमारीतर्फ सहजतासँग आकृष्ट हुनमा सहायता मिल्दछ । पूजकलाई प्रत्यक्ष चैतन्यको माध्यमबाट यी शक्तितत्त्वात्मक तरङ्गहरुको फाईदा प्रप्त हुनमा पनि सहायता मिल्दछ । कुमारिकामा संस्कार पनि अल्प हुन्छ । यस कारण त्यसको माध्यमबाट देवीतत्त्वको अधिकाधिक सगुण लाभ प्राप्त गर्नमा सम्भव हुन्छ । यस प्रकार नवरात्रीको नौ दिन कार्यरत देवीतत्त्वको तरङ्गहरुलाई आफ्नो देहमा संवर्धन गर्नको लागि कुमारी-पूजन गरि उनलाई सन्तुष्ट गरिन्छ ।
 
सुहागिन अनि कुमारी कन्याको पूजन यो देवीपूजनको एउटा विशेष महत्त्वपूर्ण अंग हो । त्यसैले नवरात्रीको नौ दिनहरुमा सुहागिनको एवं कुमारी कन्याको पूजन गर्नुको विशेष महत्त्व छ ।

सर्वप्रथम सुहागिनलाई आसनमा बसाएर उनको चरण धुनुपर्छ । त्यसपछि उनलाई हलदी कुमकुम लगाइदिनुपर्छ । यथाशक्ति साडी, चोलीवस्त्र, नारिवल आदि दिएर आंचल भर्नुपर्छ ।  उनलाई फल एवं दक्षिणा अर्पित गर्नुपर्छ । देवीको रूप मानेर नमस्कार गर्नुपर्छ ।  कुमारी कन्यालाई आसनमा बसाएर उनको चरण धुनुपर्छ। उनलाई हलदी-कुमकुम लगाइदिनुपर्छ।  यथाशक्ति वस्त्रालंकार दिनुपर्छ।  दूध, फल एवं दक्षिणा दिएर उनलाई नमस्कार गर्नुपर्छ ।
 
सन्दर्भ : सनातन-निर्मित ग्रंथ ’त्यौहार, धार्मिक उत्सव एवं व्रत’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ