- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक पटक संसारका सृष्टिकर्ता भगवान ब्रह्मा जब आत्माज्ञानको चर्चा गरिरहेका थिए । तब सो चर्चा सुन्न देवता र दानव दुवै उपस्थित थिए । ब्रह्माजी जगतपिता थिए त्यसकारण उनि भित्र दानव र देउता बिच कुनै फरक थिएन । सम्पुर्ण जीवलाई पुत्रवत् मानेर उनि आत्मज्ञानको शिक्षा दिन थाले । बुझाउन लागे कि जो अजर-अमर अविनाशी ज्ञान छ त्यसलाई प्राप्त गर । तब तिमीले मुक्ति पाउनेछौ । जुन जीवनको परम लक्ष्य हो ।
यस प्रकार जब ब्रह्म देवले ब्रह्मज्ञानको चर्चा गर्न थाले तब देवताका राजा इन्द्र र असुर सम्राट विरोचन दुवै पुगे । इन्द्र देवताहरुका प्रतिनिधित्व गरेर तथा बिरोचन दानवहरुको प्रतिनिधि बनेर त्यहा पुगे ।
देवराज इन्द्र र असुर सम्राट विरोचन दुवैले विन्ति गर्न थाले, ' हे बह्मदेव ! हामीलाई आत्मज्ञान दिनुहोस ।' ज्ञान प्राप्तिको उद्देश्यले दुवैले बत्तीस वर्षसम्म ब्रह्माजीको सेवा गरे । तपस्या गरे । सो जमानामा आत्मज्ञानको यति धेरै अर्थपूर्ण सम्झिन्थो कि दुवैले बत्तीस वर्षसम्म सेवा गरिरहे । जो ज्ञानको भोको छ, ज्ञानको इच्छुक हुन्छ, जसमा ज्ञानप्रति श्रद्धा छ उ तपस्या गरेर कष्ट सहेर पनि ज्ञानको प्राप्तिको लागि निरन्तर डटिरहन्छ । तर जस भित्र ज्ञानप्रति साँचो भावना हुदैन । उ ज्ञानको लागि कष्ट सहन गर्न सक्दैन । तप गर्न सक्दैन ।
यसप्रकार बत्तीस वर्षसम्म सेवा गरेपछि ब्रह्मा देवले भने,'आत्मज्ञानको लागि तिमी पहिले आफुले आफुलाई जान ।' आफुले आफुलाई चिन्नको लागि हेर्नको लागि दुवै एक पोखरीमा पुगे । पानीमा ठम्याए हेर्दा दुवैले आफ्नो अनुहार देखे जसलाई देखेर उनिहरुले सोचे कि हामीले आफुले आफैलाई चिन्यौ । हामीलाई आत्मज्ञान प्राप्त भयो ।
जब दुवै ब्रह्माजीकोमा दुवै पुगे त ब्रह्मा जीले भने,' हे देव, असुर ! जब आत्मज्ञान हुन्छ त संसारबाट निवृत्ति हुन्छ । व्यक्तिले असीम आनन्दलाई प्राप्त गर्छ ।' दुवैले भने, ' हे बह्म देव ! हामीलाई आनन्द त प्राप्ति भएन तर हामीले आफुले आफुलाई चिन्यौ । हामी जलाशयमा गएर आफुले आफुलाई हेरेर आयौं ।'
ब्रह्माजीले भने, 'अब तिमीहरु केहि आभूषण लगाएर जाओ । खुब सज्जिएर जाओ फेरि हेर्नु कि के देखिन्छ ? तब तिमीहरुको बुझाइमा आउनेछ कि आत्माज्ञान के हो ?'
दुबै आफ्नो शरीरलाई खुब सजाएर पोखरी पुगे । पोखरीमा आफ्नो सुन्दर शरीर, अनुहारलाई आफ्नो प्रतिबिम्बलाई हेरेर निकै प्रसन्न भए । आफ्नो सुन्दर अनुहार एवं सुदृढ शरीरलाई देखेर विरोचनले सोच्यो, 'अब मैले आफुले आफुलाई जाने । मैले जाने कि म को हुँ । म त शरीर हुँ - यहि आत्मज्ञान हो ।'
मनमा सो निर्णय गरेर उ पातल लोक फर्कियो र आफ्नो शरीरको पुजा गर्न थाल्यो । हेरचाह गर्न थाल्यो । यसलाई सुन्दर राख्नुपर्छ नत्र आत्मज्ञान कुरुप हुनेछ भन्न लाग्यो । त्यसैले जीवनमा आनन्द प्राप्तिको लागि शरीरलाई सुन्दर बनायो ।
आज पनि शरीरलाई सजाएर राख्ने त्यहि असुर परम्परा विद्यमान छ । आज पनि शवको पुजा हुन्छ । शवको पुजाको विधान, शरीर पुजाको विधान सो समयदेखि चलि रहेको छ ।
तर इन्द्रले कुरो बुझेनन् । उनि पुन ब्रह्मा देव भएको ठाँउमा गए र भने, ' बह्म देव ! मेले कुरा बुझिन। मैले पहिले आफुले आफुलाई हेर्दा नांगो देखे पुन: जादा देखे कि म वस्त्र आभुषणले सज्जिएको छु । तर महाराज म यो बुझ्न चाहन्छु कि जुन चिजले यो शरीर धारण गरिरहेको छ त्यो के हो ? जसरी शरीरले वस्त्र आभुषणलाई धारण गरेको छ यसै प्रकार त्यो तत्व के हो - त्यसको ज्ञान म प्राप्त गर्न चाहन्छु ।'
ब्रह्माजीले भन्न थाले, 'इन्द्र देव तिमीले आत्मज्ञानको वास्तविक आधारलाई बुझेका छौ । त्यसलाई प्राप्त गर्नको लागि अरु सेवा गर ।' इन्द्रले पुन: बत्तीस वर्ष सेवा गरेपछि ब्रह्मा देवले उनलाई आत्मज्ञान प्रदान गरे ।