मानवलाई महापुरुषले सधै सुझाए- सबैभन्दा पहिले सोचलाई बदल

सोचमा अडिएको जीवन, नराम्रो सोच्दा नराम्रो, राम्रो सोच्दा राम्रै, चयन तपाइकै

प्रकाशित मिति : २०७६ कार्तिक ३ आइतबार

काठमाडौं । पहिले आदिमानवको जीवन एकदमै भयावह हुन्थ्यो।  जंगलमा बस्थे, हिंस्रक पशुहरूको सदा डर भइरहन्थ्यो । बिस्तारै- बिस्तारै मनुष्यको सोचमा परिवर्तन आउँदै गयो अनि आज यस स्थितिमा पुगेको छ कि पहिले मनुष्य जुन हिंस्रक पशुहरूसंग डराउथ्यो, आज त्यहि हिंसक पशुहरुलाई आफ्नो वशमा गरेर अनेक कामहरू गराउँदछन, यो केवल सोचमा परिवर्तनकै परिणाम हो।

आज मानिसले आफ्नो प्रतिष्ठा र प्रसिद्धिको लागि शहरहरूमा अनेक दु:खहरू झेलिरहेका छन् । यदि उसलाई के तिमी खुशी छौ भनेर सोध्यो भने, निराश भएर भन्ने छ, यहाँ काठमाडौं, दिल्ली, मुम्बई, कोलकाता, लण्डन जस्तो शहरमा हामी बाध्यताले बसिरहेका छौं, सुखी जीवन त हाम्रो गाउँमा नै थियो। यसरी परिस्थितिवश आज मानिसले अनेक दुःखहरूको साथ संघर्ष गरिरहेको देखिन्छ । आज मानिस बाहिरी कारणले होइन अपितु मानसिक सोचको कारण दु:खी छ। यसकारण महापुरुषहरू सम्झाउँदछन तिमीले सबैभन्दा पहिले आफ्नो सोचलाई बदल।

एक बालकले सम्पन्न परिवारमा जन्म लिन्छ, तर यदि त्यो परिवारको सोच नराम्रो छ, नराम्रो कामहरू गरिरहन्छ भने, त्यो बालकको सोच पनि ठूलो भएर उस्तै बन्छ अनि  धन-सम्पत्तिले सम्पन्न परिवारमा जन्म लिएर पनि उसको जीवन सधै दु:खमय रहन्छ । यसकारण परिवारमा, समाजमा  रहेर ज्ञानी सन्तहरूको संगत र उxनीहरूको सोचसंग सधै जोडिएर रहनु पर्दछ, तब जीवन सुखमय बन्ने छ ।

महान पुरुषहरू सदा यहि सम्झाउँछन् कि सदा आफ्नो सोचलाई सकारात्मक राख, ज्ञानको सोच राख । सानो बालक बोल्न सक्दैन, भोक लाग्यो भने रुन थाल्छ, तब उसको आमा-बाबाले नानीलाई भोक लाग्यो भनेर सम्झन्छन् अनि दुध आदि खानेकरा दिन्छन्।  बालक दूध पिएर शान्त हुन्छ र खेल्न थाल्छ । उस्तै प्रकार जब भगवानसंग मिल्ने हाम्रो भोक बनिरहन्छ, हाम्रो आत्मा सदा बेचैन हुन्छ। जब उसलाई आत्माको ज्ञान मिल्छ अनि त्यो ज्ञानद्वारा परमपिता परमात्मा जो आनन्दको स्रोत हो उनी परमात्मासंग मिलन हुन्छ तब आत्मालाई शान्ति मिल्छ । आत्माको ज्ञान साँचो सन्त-महात्माले जिज्ञासु व्यक्तिलाई दिन्छ, ताकि उसले भजन- साधना गरेर आफ्नो जीवनलाई आनन्दमय बनाउन सकोस्, तब बिस्तार-बिस्तारै हाम्रो चेतनामा परिवर्तन आउँदै जान्छ अनि हामीलाई आफ्नो जीवनको लक्ष्य प्राप्ति हुन्छ । अनुभवको आधारमा हामी माथि उठ्न थाल्छौं, संकीर्णताहरुलाई त्याग्छौं ।

शुरु शुरुमा भारतमा विदेशी कम्पनीहरू आए। उनीहरुले काम गर्ने समय कर्मचारीहरूका लागि बिहान नौ बजेदेखि बेलुकी पाँच बजेसम्म राखेका थिए । त्यस समय हर कर्मचारीले आ आफ्नो काम आरामले गर्न सक्थे तर आजकल कति  विदेशी कम्पनीहरू आएका छन् । विदेशहरूमा जुन कार्यालयहरु छन, वहाँ मानिसहरू दिनमा काम गर्दछन्, त्यस समय भारतमा रात हुन्छ। उताको समयसँग मिलाउने गरि यता रातमा काम हुन थालेको छ। भन्नुको अर्थ यो हो कि प्रकृतिको नियमहरू अनुसार तपाईले आफूलाई ढाल्न शुरु गर्नुभयो । घाम बिहान पूर्वदिशाबाट झुल्केको देखिन्छ, तर वास्तवमा घाम आफै-आफ आफ्नो केन्द्रमा स्थिर छ, पृथ्वी सूर्यको चारैतिर घुम्छ । बिहान चराहरू चिर्विराउन थाल्छन् तब सबैलाई बिहान भयो भनेर थाहा लाग्छ। बेलकी जब घाम अस्ताउँन थाल्छ, तब प्रकृतिका हर चीज शान्त स्थितिमा आउँन थाल्दछ। यो प्रभाव हामीमाथि पनि लागू हुन्छ।

हामी महापुरुषहरुप्रति आदर-भाव राख्दछौं । महापुरुषहरू समय-समयमा आएर मानवलाई साँचो ज्ञानको मार्ग बताए, जुन मार्गमा चलेर भक्तहरु परमात्मासंग मिले अनि आफ्नो आवागमनको चक्रबाट मुक्त भए। जति पनि ज्ञानी सन्त-  महापुरुष आए उनीहरूले तर्क-वितर्कदखि पर बसेर हृदयको आत्माको शक्तिमाथि काम गरे अनि त्यसको प्रचार गरे अनि उनीहरू महान बने।

तपाईं पशुपति जानुभइरहेको छ। बाटोमा  कुनै एक बालकले तपाईंलाई भन्यो, 'दाई! म भोको छु, मलाई केहि खाना दिनुहोस् ।' यदि तपाईले उसलाई सहायता  गर्नभयो? धेरै कम मानिसहरू यस्ता हुन्छन् जसले गरीबलाई  सहायता गर्दछन् । प्रायले त  गरीबलाई सहायता गर्दैनन, त्यस्ता मानिस संकटको समय कसैको काम आउँदैन । मान्छे अमेरिकामा बस्छ, इन्टरनेटमा कुरा गर्छ, पैसा पनि राम्रो कमाउँछ, राम्रो कार गाडीमा घुम्छ, उसले आफूलाई ठूलो मान्छे सम्झन्छ । तर महापुरुषले हामीलाई यहि सम्झाउँदछन कि तिमीले भोको मान्छेलाई रोजी-रोटी कमाउने काममा लगाइदियौ भने, उसले आफ्नो पेट आफै भर्ने छ, साथै-साथ आफ्नो परिवारलाई पनि पाल्ने छ । ज्ञानी व्यक्तिले यो कुरा जान्दछन् । यदि तिमीले सन्त-महापुरुषबाट ज्ञानलाई जान्यौ, जसले आत्माको जन्म-जन्मको भोक मेटाइदिन्छ, तब सम्झ कि तिमीले मनुष्य योनि प्राप्त गरेर सबैभन्दा ठूलो काम गर्‍यौ। महान पुरुषहरूको मानव मात्रलाई यहि सन्देश रहेको छ। 'आप जपे औरों को जपावे, नानक निश्चय मक्ति पावे।'  पहिले तपाईंले प्रभुको ज्ञानलाई जान्नुहोस्, त्यसको भजन- सुमिरण गर्नुहोस्, तब निश्चित रूपले स्वत: भक्ति मिल्ने छ।

तर आज मानिस यति स्वार्थी बन्न गएको छ कि पहिले उसलाई फाइदा हुनपर्छ अनि त्यसैमा सुख सम्झन्छ। उसले पहिले आफ्नो हानि-लाभको बारेमा सोच्छ, त्यो असली परिवर्तन  होइन । साँचो परिवर्तन त त्यो हो जसले पहिले अरुको भलाई सोच्छ, तर आज मानिस आफ्नो फाइदाको लागि अरुलाई दुःख दिनुमा लागिरहन्छन् अनि सोच्छन् कि म कसरी सुखी बनौ । बस यहि सबै कुरा हो । मैले चाहे जो गलत काम गर्न किन नपरोस्,  म निर्धनदेखि धनी बनौं। आज मानिसहरू यहि सब धुनमा लागिरहन्छन।

आज समस्याहरुको गन्ती हर-कसैले गर्छ, तर त्यो समस्याको हल कसरी गर्ने, कसैले कदम अगाडि बढाउँदैन ।  म डाक्टरकोमा उपचारको लागि जान्छु। डाक्टरले भन्छ, तिमीलाई ज्वरो छ। यो त म पनि जान्दछु कि मलाई ज्वरो आएको छ, तर उपचार जो डाक्टर हुन्छ, उसले मात्र गर्न जान्दछ। आज हर व्यक्तिले मोबाईलको प्रयोग गरिरहेको छ,  त्यसको प्रभाव के हुन्छ कि आज प्रत्येक व्यक्तिको मनको चञ्चलता बढ्दै गइरहेको छ। मनको नकारात्मक सोचले ने मानिसलाई पतनतिर लैजान्छ।

आज हामीसंग साधन छ, सोच छ। आज समाजको  रूपरेखा नै बदलिरहेको छ। सानो बच्चादेखि लिएर ठूलो मान्छेलेसम्म परिवर्तन चाहन्छ कि जीवनमा केहि नयाँपन आओस । हाम्रो विकास होस, परिवार, देश सम्पन्न बनोस । यहि कारण  एक दार्शनिकले भनेको छ- तिम्रो जीवनको यात्राको शरुआत राम्रो अनुभवद्वारा हुनुपर्छ । आफ्नो भलाईको साथ-साथै अरुको पनि भलाई गर्ने हाम्रो भावना हुनपर्छ । महानपुरुषले हामीलाई आध्यात्मिक चेतनातिर लैजान चाहन्छन्, जसले  मानिसलाई संसारको चकाचौंधदेखि माथि उठाऊदछ।  महानपुरुषको आज्ञामा रहेर मानिस जब आध्यात्मिक क्षेत्रमा अगाडि बढछ, तब भौतिकवादको मान-प्रतिष्ठादेखि माथि  उठछ। तर मानिसले आज्ञाको पालन गर्दैन । घरमा बिहान उठेर मानिसहरूलाई थर्काउछ, तर त्यहि मानिस आफ्नो अफिसमा  गएर काम ठीकसंग पूरा गर्दैन । उसले अधिकारीहरूको हप्की सहन्छ, तर आफ्नो संकीर्ण विचारहरूमा बाँधिएको कारण झूटो मान-बढाईमा जीवन बिताउँछ । कहिले आत्मज्ञानी सन्त- महापुरुषकोमा गएर आत्म-कल्याणकारी ज्ञानबाट लाभ उठाऊन सक्दैन अनि शरीर छोड़ेर संसारबाट खाली हात जान्छ।
 
केटाकेटिदेखिनै म अमेरिकामा गएर सुखपूर्वक आरामले बस्छु भनेर सोच्छ । यहाँ तपाईलाई पूरा स्वतन्त्रता छ, तर अमेरिकाको मानिसलाई सोध्नुहोस्, वहाँ कहिं पनि फोहर गर्न पाइदैन, यदि गरे जरीवाना तिर्नुपर्छ । जबकि यस्तो काम गर्न नेपाल, भारतमा जहाँ पनि पूरा स्वतन्त्रता छ, कसैले रोक्दैन, जरिवाना तिर्नु पर्दैन । विदेशमा ठाउँ-ठाउँमा क्यामरा लगाएको हुन्छ, वहाँ मानिस डराएर बस्छन्, जबकि यहाँ कुनै डर-भय छैन, सबैलाई स्वतन्त्रता दिएको छ । यसकारण जाति-पातिदेखि माथि उठ्नुहोस्। यदि कसैलाई केहि दिन चाहनुहुन्छ भने मुस्कान दिनुहोस् । गरीबको नानीहरुलाई कपडा, पढ़ने-लेख्ने चीजहरू दिनुभयो भने उसको अनुहारमा मुस्कान आउने छ अनि उसको दु:ख सुखमा बदलने छ। यसप्रकार उसको नकारात्मक सोचलाई सकारात्मक सोचमा बदलाउन सक्नुहुनेछ ।

नयाँ