- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । द्वापरमा एकपटक नारद मुनि मृत्य-लोकको भ्रमण गर्दै द्वारिका नगर पुगे । भगवान् कृष्णका रानीहरुले नारदजीको आदर सत्कार गरे। भगवानका परम भक्त नारद मुनिले भगवान नै पति पाएका रानीहरुको भाग्यको सराहना गरे । साथै नारदजीले सो क्रममा भगवानको अनुपम अवतार लीलाहरुको वर्णन गरे ।
भगवान्को अद्भुतमहिमा सुनेर रानीहरुले नारद मनिसँग सोधे-मुनिश्रेष्ठ! तपाई सकल शास्त्रहरुको मर्मज्ञ तथा त्रिकालदर्शी हुनुहुन्छ। कृपा गरेर यो बताउने कष्ट गर्नुहोस कि भगवान् हामीलाई आउदो जन्ममा कसरी मिल्नुहुनेछ ? नारदजीले भने -हे देविहरु ! यदि तपाईहरु कुनै तत्त्वज्ञानीलाई आफ्नो स्वामी कृष्णलाई दान गर्नुभए तपाईहरुलाई अवश्य आउदो जन्ममा कृष्णको प्राप्ति हुनेछ । कृष्णको प्राप्ति अघिल्लो जन्ममा पनि होस भनेर तथा हामीलाई पुनः यसै प्रकार भगवान् कृष्णको माया मिलोस भन्ने विचार गरेर श्रीकृष्ण-पत्नीहरुले तत्त्वज्ञानी नारद मुनिलाई नै भगवान् कृष्णको दान गरिदिए ।
सोहि समय भगवान् श्रीकृष्ण बाहिरबाट आएर द्वारिका-महलमा प्रवेश गर्नुभयो। नारदसहित कृष्ण भगवानकी पटरानीहरुले भगवानलाई अभिवादन गरे । तब नारद मुनिले भगवानसँग भने -भगवन्, तपाईका रानीहरुले तपाईलाई मलाई दान गरेका छन् । अब तपाई मेरो हुनुभयो । अतः अब तपाई मसँग हिड्ने कष्ट गर्नुहोस ।
भगवान्ले रानीहरुलाई भन्नुभयो -यदि तिमिहरुले मलाई दान गरेका छौ भने म नारदसँग जान्छु , कितकी अब म नारदको भए । यति भनेर भगवान् श्रीकृष्ण नारदको एक तारा उठाएर उनीसँग जान लाग्नुभयो ।
कृष्ण भगवानलाई नारदसँग गएको देखेर रानीहरु कृष्ण वियोगमा अधीर र व्याकुल भए । तब उनिहरुले नारद मुनिसँग भने -मुनिराज ! कृष्ण हामीलाई अघिल्लो जन्ममा मिजुन वा नमिलुन, कसले जान्दछ, तर उहाँ त हामीबाट यसै जन्ममा नै छूट्न लाग्नुभयो । यो हामीले निकै गल्ती गर्यौ जुन उहाँको दानको संकल्प तपाई सामु गर्यौ । अब दया गरेर यो बताउनुहोस कि हामीलाई पुनः हाम्रो स्वामी कसरी मिल्नेछ ?
नारदले भने - तपाईहरु कृष्ण भगवानको वजन बराबर स्वर्णाभूषण दान गर्नुहोस र आफ्नो कृष्णलाई फिर्ता लिनुहोस । रानीहरु निकै खशी भए ।
उनिहरुले भने -यो लिनुहोस, जती सुन तपाईलाई चाहिन्छ तौलिएर लिनुहोस । एक ठूलो तराजूको एक पलडमा श्रीकृष्ण भगवानलाई बसाइयो र अर्कोमा सुन राखियो, तर खजानाका सबै सुन राख्दा पनि भगवानको पल्ला धरती मै रह्यो । तब रानीहरुले आ- आफ्नो स्वर्णाभुषणहरुलाई पनि तराजुमा हाल्न सुरु गरे, तर पनि भगवानको पल्ला वजनीय रह्यो। तब रानिहरु दःखी भएर भन्न थाले -हे मुनी, अब हामीसँग खजानामा र तनमा पनि कुनै सुन छैन। भगवानको तौलको बराबर त हामीसँग स्वर्ण छैन । अब दया गरेर जुन विधिबाट हामीलाई हाम्रो प्रभुको प्राप्ति हुन्छ त्यही उपाय गर्नुहोस ।
तव श्रीकृष्णका मित्र तथा भक्त सुदामा त्यहाँ आइपुग्छन् । सुदामाले जब सबै कुरा सुने तब उनले भने -हे देवीहरु! तपाईहरु एक तुलसीपत्र ल्याउनुहोस । देवीहरुले तुलसी पत्र सुदामालाई दिए । सुदामाले सबै स्वर्ण आभूषणहरुलाई तराजुबाट हटाएर त्यसमा तुलसी पत्र नाम सुमिरण गरेर राखिदिए । नामको प्रभावबाट तुलसी पत्रको पल्ला भुइमा झुक्यो र कृष्णको पल्ला उठ्यो । यो निकै बिचित्र देखिन्थ्यो कि तुलसीपत्रको पल्ला धरतीमा अडिएको थियो र श्रीकृष्णको पल्ला आकाशमा माथि झुल्न लाग्यो ।
विस्मित भएर रानीहरुले भने -सुदामाजी तपाई निकै ठुलो पहुँच भएको भक्त हुनुहुन्छ कि एक तुलसी पत्रलाई यत्रो सम्मान मिल्यो । नारदले भने -देवीहरु, यो त भगवानको नामको अद्भुत प्रभाव हो कि नामको सामुन्ने कृष्ण हल्का हुनुभयो । भगवानको नाम भगवान् भन्दा महान छ। तपाईहरु सबै भगवान्को पहुँच भौतिक शरीरमा आसक्ति रख्नुहुन्छ, तर भगवानको त्यो नाम जुन कहिले पनि तपाईबाट टाढा जादैन, न कहिले बिछोडिन्छ, जुन सधै तपाईको स्वासमा रमि
रहेको छ, त्यसलाई प्रेम गर्नुहुदैन । रानीहरुले नामको महिमा सुनेर जिज्ञासु बनेर नारदजीसँग विधिवत् नामको दीक्षा लिए ।
नारद मुनीले भने -हे देवीहरु! मनुष्य शरीर पाएर सद्गुरुको सेवा गरेर जुन नामको क्रियात्मक ज्ञान प्राप्त गर्छ र नामलाई सुमिरण श्रद्धा-प्रेमसँग गर्छ उसले यस जन्ममा त भगवान् पाउछ नै अघिल्लो जन्ममा पनि उसले भगवानलाई प्राप्त गर्दछ ।