arrow

जीवन सुन्दर र सुखमय बनाउने दौडमा कसले जित्छ ?

जीवनको सर्वोत्तम लक्ष्य-आत्मज्ञानको प्राप्ति

logo
अध्यात्म,
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
hollyname-1.jpg

मनष्यले आफ्नो वर्तमान जीवनको साथ-साथै भविष्यलाई पनि अधिक सुन्दर र सुखमय बनाउन चाहन्छ अनि त्यसको निम्ति नानाप्रकारका कल्पनाहरू गरिरहन्छ, मनमा अनेक प्रकारको लड्डुहरू पनि बनाइरहन्छ, तर चाहनाले मात्र, कल्पना गर्नाले मात्र काम पूरा हुँदैन । त्यसको लागि आवश्यक हुन्छ लक्ष्य निर्धारण गर्नुपर्छ , किनभने जबसम्म लक्ष्य स्थिर हुँदैन, लक्ष्य निश्चित् हुँदैन, तबसम्म त्यस दिशामा क्रियाशीलता आउँन सक्दैन अनि जबसम्म क्रियाशीलता आउँदैन, तबसम्म त्यसको प्राप्ति पनि असम्भव छ।

घर बनाउनको लागि पहिले त्यसको नक्शा बनाउनु पर्दछ, मोडल बनाउनु जरुरी हुन्छ । त्यसको लागि आर्किटेक्टलाई हजारौं रुपयाँ दिनुपर्छ । दिमागी दौडधपपछि नक्शा बन्छ, त्यो स्थिर तथा प्रमाणिक हुन्छ। तब गएर घरको निर्माण कार्य  शुरु हुन्छ । अर्थात् पहिले लक्ष्य, लक्ष्यप्रति संकल्प, संकल्पप्रति कर्म, कर्मप्रति दृढ़निष्टा, लगन, विवेक, तब सफलता मिल्छ।

मनुष्यको सामु दुई लक्ष्य छन्-भौतिक र आध्यात्मिक। भौतिकको सम्बन्ध भौतिक जगतसंग, सांसारिक उपलब्धिहरूसंग छ, जीवनलाई भौतिक सम्पन्नताले युक्त बनाउनुसंग छ, जसको लागि मानिसले व्यापार आदिको योजना बनाउँछ, ठूला-ठूला फार्महरु बनाउँदछ, फेरि त्यसमाथि क्रियान्वयन गर्दछ । अथवा कनै सानो-तिनो व्यवसाय गर्छ, नोकरीको योजना बनाउँछ, व्यापारको प्रशिक्षण लिन्छ, नोकरीको लागि  कोचिंग क्लासेस लिन्छ अनि विभिन्न स्थितिहरूबाट गुज्रदै आफ्नो लक्ष्यसम्म  पुग्छ । तर यस मार्गमा मानिसको लागि समस्याको कारण बन्छ उसको अनन्त इच्छा र आकांक्षाहरू, जसमा मानिस जीवनपर्यन्त अल्झिरहन्छ अनि अन्त्य समयसम्म हात केहि लाग्दैन, किनभने भौतिकतामा स्थायित्व छैन, यसको उपलब्धि मात्र जीवनलाई बन्धनमा पार्ने हुन्छ, जसमा मानिस अल्झिरहन्छ अनि आफ्नो लक्ष्य आत्म-उत्थानबाट भटकिन्छ। यसमा मानिसको वर्तमान त बिग्रन्छ नै, भविष्य पनि अन्धकारमय हुनजान्छ ।  रामायणमा भनिएको छ-
यह तन कर फल विषय न भाई।
स्वर्गहु स्वल्प अन्त दुःखदाई।।

अर्थात् यस्तो उत्तम मनुष्य तनलाई भौतिक उपलब्धिहरूमा  न फँसाऊ, नत्र वर्तमानको साथै भविष्य पनि अन्धकारमय बन्ने छ, किनभने स्वर्गको सुख पनि पुण्य समाप्त भएपछि अन्त्यमा दुःखदायी हुन्छ।

मानिसको जीवनको दुई पाटो छ-आध्यात्मिक उपलब्धि, जसको सम्बन्ध आन्तरिक जगतसंग छ। कुनै मानिसले सोच्छन् हामीले मन्दिर जानुपर्छ, पानी चढाउनु पर्छ, प्रसाद चढाउन पर्छ अनि कसैको दिशा निर्देशनमा मन्त्र आदिको दीक्षा लिएर उपासना गर्न पर्छ । कसैले सोच्छन्, हामीले मस्जिद जानु पर्छ अनि नमाज पढनु पर्छ। उस्तै गरी कोहि गिरजाघर, कोहि गुरुद्वारा जान्छ ताकि आत्म-कल्याण होस्, मुक्ति मिलोस् । अर्थात् वर्तमानमा आनन्दमय जीवन व्यतित होस् अनि भविष्यमा  मुक्ति मिलोस।

आनन्दमय जीवनको लागि मानिसहरू अनेका अनेक प्रकारका कार्य गर्दछन । कसैले भगवान बुद्धलाई आदर्श मानेर उनको प्रतिमाको पूजा गर्न थाल्छन्, त कोहि बुद्धका वाणी,  बद्धका उपदेशहरूको पठन-पाठनलाई नै सबै कुरा मानेर बसेका छन । कोहि महावीरको पूजामा मग्न छन् अनि जीव हत्यालाई पाप मानेर मुखमा पट्टी बाँध्छन्, त कोहि महावीरका त्याग र तपस्यालाई प्रतीक मान्छन् अनि सर्दी-गर्मी सबै मौसममा नग्न रहेर शरीरलाई कष्ट दिन्छन् अनि सोच्छन्न् कि भविष्यमा मुक्ति अवश्य मिल्ने छ।

कसैले देवीको पूजा गर्छन्, कसैले नवरात्रिमा नौ दिनसम्म देवीको पूजा गर्छन अनि गंगामा मूर्तिहरू बगाएर आफूलाई  सफल भक्त सम्झन्छन् । कसैले गणेश चतुर्दशीको अवसरमा भगवान गणेशको विशाल मूर्तिहरू समुद्रमा बगाउनुलाई नै भक्ति सम्झेर बसेका छन् । कसैले 'हरे कृष्ण, हरे कृष्ण' मन्त्र उच्चारणलाई नै मुक्तिको साधन मान्छन्, कसैले 'राम-राम'  रटनुलाई नै रामको भक्ति सम्झिन्छन् । कसैले भगवान शिवलाई  खुशी पार्नका लागि 'ओम नमः शिवाय' जप्छन अनि मक्तिको  सपना देख्छन् । अभिप्राय आत्मिक उपलब्धि गर्न मानिसहरू आफ-आफ्नो इच्छानुसार केहि-न-केहि गर्नमा लागेका छन अनि सबैको एउटै उद्देश्य छ-वर्तमान जीवन आनन्दमय बितोस अनि भविष्य उज्ज्वल बनोस, हामी मुक्तिको ढोकासम्म पुगौं।

तर जब हामी सबैको एउटै मुख्य उद्देश्य-जीवनको आनन्द प्राप्त गर्नु तथा जीवन पश्चात् मुक्ति प्राप्त गर्न छ भने, यस सम्बन्धमा हामीले गम्भिरपूर्वक विचार गर्न पर्ने छ कि वास्तविक मार्ग के हो ? यस सम्बन्धमा स्पष्ट शब्दहरूमा भनेको छ-

नाना शास्त्र पठेन लोके, नाना दैवत पूजनम्।
आत्मज्ञान बिना पार्थ, सर्व कर्म निरर्थकम ।।।

अर्थात् आनन्दमय जीवनको लागि जुन मानिसहरूले नाना प्रकारको शास्त्रहरू, वेद-ग्रन्थहरूको पाठ गर्दछन् अनि केवल पठन-पाठन गर्नमा मात्र अल्झिरहन्छन्, शास्त्रहरूमा उल्लिखित 'आत्म-तत्त्व'को बोध प्राप्त गर्न क्रियात्मक कदम उठाऊँदैन, त्यस्ता व्यक्ति मुक्तिको मार्गसम्म पुग्न सक्दैन । कति मानिसहरू देवी-देवताको पूजा अनि तन्त्र-मन्त्रहरूको साधना गर्दछन्, उनीहरू पनि लक्ष्यसम्म पुग्न सक्दैनन् । ठीक उस्तै प्रकार जुन मानिसहरू विगत महापुरुषहरुका प्रतिमाहरूको पूजा अनि वाणीहरुको पठन गर्नसम्म मात्र सीमित रहन्छन्, उनीहरू पनि अभीष्ट लक्ष्यलाई प्राप्त गर्न सफल हुँदैनन् ।

यस लक्ष्यको सम्बन्धमा स्पष्ट शब्दहरूमा भगवान श्रीकृष्णले भन्नुभएको छ, आत्मज्ञान बिना हे अर्जुन! जति पनि कर्म गरिन्छ, त्यो सबै लक्ष्यसम्म पुर्याउनमा असमर्थ छन्, अर्थात् वर्तमानमा आनन्द दिन अनि भविष्यमा मुक्तिको मार्ग खोल्न सक्दैन।

अत: हाम्रो जीवनको जुन मुख्य लक्ष्य छ, त्यो हो आत्मज्ञानको प्राप्ति । अब हामीले आत्मज्ञानलाई लक्ष्य मानेर आफैं-आफलाई केन्द्रित गर्न पर्ने छ । आत्मज्ञान प्राप्तिको तरीका के छ? यस बारेमा विचार गर्न पर्ने छ। आत्मज्ञान प्राप्तिको विधि साँचो सदगुरु आध्यात्मिक तत्त्ववेत्ताको कृपाले मात्र मिल्छ । अत: सबैभन्दा पहिले अनि निश्चयात्मक कुरा भयो साँचो सदगुरुको प्राप्ति । तत्पश्चात् उनको सत्संग- प्रवचन सुन्नु, सुनेर मनन, विचार गर्नु अनि मनन-विचार गरेपछि आत्मज्ञानको दीक्षा लिनु ।

यदि तपाईं साँचो सद्गुरुको शरणमा गएर आत्मज्ञानको याचना गर्नुभयो भने, उनले तपाईंलाई आत्मज्ञानको बोध अवश्य गराउने छन्, किनभने साँचो सद्गुरुको पहिचान यहि हो कि उनले जीवलाई उसको हृदयमा नै आत्माको अनुभति गराइदिन्छन् जसले गर्दा उसको हृदयको अज्ञान अन्धकार सबै मेटिन्छ अनि हृदयमा ज्ञानको प्रकाश छरिन्छ । रामायणमा भनिएको छ-

दलन मोह तम सो सुप्रकाशू।
बड़े भाग उर आवहिं जासू।।
उधरहिं विमल विलोचन हिय के।
मिटहिं दोष दुःख भव रजनी के।।

हृदयमा प्रकाश हुनसाथै दोषहरूको नाश हुन्छ अनि बुद्धिमा विमल विवेक पैदा हुन्छ । विवेक पैदा भएपछि व्यक्तिको प्रत्येक कर्मले आनन्द दिन्छ। ऊ वर्तमानमा त आनन्दमा रहन्छ नै उसको भविष्य पनि उज्ज्वल बन्छ । जो आत्मज्ञानको अभ्यासमा, नामको सुमिरण-ध्यानमा दृढ संकल्प, निष्ठा तथा दृढ लगनसित लाग्छ, उसको लोक-परलोक दुवै सुध्रन्छ। भनिएको छ -
जो तू राम नाम चित्त धरतो।
अबकी जनम आगिलो तेरो, दोनों जन्म सुधरतो।।

अर्थात् प्रभुको नामलाई हृदयमा धारण गर्नाले जीवको लोक-परलोक दुवै सुध्रन्छ । आत्महित चाहनेको यस्तै दृढ इच्छा- शक्ति हुनुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ