arrow

आध्यात्मिक शक्तिले गुप्त रूपले काम गर्छ : महर्षि अरविन्द

logo
लेख,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
arbinda-ghoss.jpeg

भारतबर्षको पुण्यभूमिमा परम पावन अध्यात्म-गंगाको शीतल, सुखदायी, प्राणदायी प्रवाह निरन्तर प्रवाहिक रहेको छ। भारत सनातन धर्मको भूमि हो। सनातन धर्म सत्य शाश्वत छ। यसको जड यति गहिरो छ कि कालको प्रभंजनले यसलाई धराशायी गर्न सकेन । यसको जड मन-बुद्धिको सीमादेखि पर चेतनाको गहराईमा छ। यसको उत्स बौद्धिक विवेचनमा होइन, मात्र  चिन्तन-मननमा होइन, अपितु हाम्रा ऋषि-मुनिहरूको अनुभवमा छ जसले ब्रह्मसत्तालाई आफ्नो आँखाले देखेका छन् अनि आउने पीडिहरूलाई पनि ज्ञानको प्रकाश दिएका छन्।

हाम्रा ऋषिहरूको प्रार्थना रहेको छ कि- असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मत्योर्मा अमृतंगमय। अर्थात्, हे परमात्मा! हामीलाई असत्यदेखि सत्यतिर, अन्धकारदेखि प्रकाशतिर अनि मृत्युदेखि अमरत्वतिर लैजानु होस्। उनीहरूका सतत् आग्रहले ब्रह्मसत्ताको अनुग्रह प्राप्त गयो, यहि कारण त जहिले पनि हामी आफ्नो बाटो भुल्छौं, तब कुनै न कनै महापुरुष यस धर्तीमा मानव-रूपमा प्रकट हुन्छन् । उनी महापुरुषहरूको दुई कार्य हुन्छन्, एक- सामयिक समस्याको निदान, अर्को धर्मको मूल तत्त्वको प्रतिष्ठा।

धर्मको बाहिरी तत्त्व जब प्रबल बन्छ, तब धर्मको आडमा उच्च-नीचको भावले वा अन्धविश्वासले जोड गर्छ, यस स्थितिमा मानिस धर्मदेखि अलग हुन्छ । तब आपसी एकताको बदलामा एनेकता, भातृभावको बदलामा विद्वेष, श्रद्धाको ठाँउमा अविश्वास बदछ। धर्मको वाह्यान्डबरको प्रचलनले मानव-मानवका बीचमा पर्खाल खडागरिदिन्छ। यस संसारमा जुनै समय पनि धर्ममाथि अधर्मको थिचो बढछ, त्यो सत्ताले धर्मको स्थापनाको निम्ति आफ्नो इच्छाको अभिव्यक्ति दिन्छ अनि विशेष शक्तिले सम्पन्न विभूतिहरूसहित अवतरित हुन्छ।

उनी महापुरुषहरू समाजमा अध्यात्मका स्थापना गर्नमा, धर्मको मूल तत्वको स्थापना गर्नमा निरन्तर प्रयत्नशील रहन्छन्। उनीहरू मानव मात्रलाई बताउन चाहन्छन्-'हे मानवः अध्यात्म एक चेतन विज्ञान हो, तर त्यसदेखि अनभिज्ञ रहनका कारण जीवनको विभिन्न क्षेत्रमा लोकहितार्थ, जनहितार्थ कार्य सम्पादित गर्ने महान पुरुषहरूको उपलब्धिहरूलाई तिमीले जान्न सकिरहेका छैनौ। महापुरुषहरूका उपलब्धिहरू, जनहितार्थ कार्य एवं सन्देशले हामीलाई स्वर्गदखि माथि उपर्वगतिर लैजान्छ। यसमा समस्त मानव जातिको जागरणको सन्देश हुन्छ। जीवात्मालाई बन्धनबाट मुक्त गर्नु उनीहरूको परम कर्तव्य रहेको छ।

आध्यात्मिक तत्त्वज्ञानले परिपूर्ण महापुरुषहरुको प्रत्येक कार्य विशेष गण सम्पन्न हुन्छ अनि त्यसलाई सम्झनका निम्ति मानवलाई विशेष ज्ञान दृष्टिको खाँचो हुन्छ । सबै महापुरुष  मूलतः आध्यात्मिक रहेका छन्, चाहे उनीहरूका कार्यक्षेत्रमा विभिन्नता रहेको हास्। भगवान राम, कृष्ण, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, महर्षी अरविन्द, तुलसीदास, कवीरदास  आदि केवल यो देशका मात्र होइन अपितु सम्पूर्ण विश्व मानवताको प्रेरणाको स्रोत आज पनि छन् । स्वस्थ चिन्तन प्रदान गर्ने  उनी महापुरुषहरुका महान् योगदान छ। मानव समाज सदा  उनीहरूको ऋणि रहने छ। मनुष्यको मानसिक, वैचारिक तथा शारीरिक स्वतन्त्रता उनी महापुरुषहरुको क्रमबद्ध चिन्तन तथा आध्यात्मिक शक्तिको प्रयोगको परिणाम हो।

 इतिहासको सूक्ष्म अवलोकनले यो स्पष्ट गर्छ कि जहिले पनि हामीले धर्मको मूल तत्त्वलाई भूल्यों, हामी कमजोर भयौं अनि हामीमाथि अमानवीय प्रवृत्तिहरूको दबाव बढ्यो। सबै  धर्मले एक ईश्वरतिर इशारा गर्छन् । अतएव धर्म, मत, सम्प्रदायको नाममा झगड़ा व्यर्थ छ। सबै जीवहरूमा एकताको स्थापना, सेवा-भाव, लौकिक कर्तव्यहरूको पालन, ईश्वरप्रति विश्वास आदि प्रमुख उपदेश छन्, जसलाई उनीहरूले भनेर मात्र होइन  गरेर पनि सम्झाए अनि हामी पनि त्यसलाई आफ्नो जीवनमा चरितार्थ गर्न सक्छौं।

हिमालदेखि कन्याकुमारीसम्म भारतबर्षको आत्मा एक छ। भलै विभिन्न भाषाहरूको माध्यमले सत्यको अभिव्यक्ति गरिएको होस्, शब्दहरूमा विभिन्नता हुन सक्छ, तर सबैको भाव-विचारहरूमा एकात्मता छ। हाम्रो अज्ञानता र दुर्बलता नै पराधीनताको कारण हो । यहि कारण महर्षि अरविन्दले भनेका  थिए-'पहिले आफ्नो विचारहरूमा जमेका अज्ञानका पत्राहरूलाई नष्ट गर, उठ-जाग!'

व्यक्तिको पूर्णता उसको आध्यात्मिक उत्थानमा छ। व्यक्तिको प्रगतिले समाजको प्रगति हुन्छ तथा निरन्तर प्रयासद्वारा धर्ती स्वर्गभन्दा माथि उठन सक्छ। महर्षि अरविन्द भन्छन्, भौतिक शक्तिको कार्य देखिन्छ, तर आध्यात्मिक शक्तिले गुप्त रूपले काम गर्छ । भौतिक शक्तिको कार्यहरुको महत्त्व, त्यसको उपादेयता  व्यक्ति, समाज एवं राष्ट्रको लागि कति छ, यसको निर्धारण  त्यस कार्यहरूबाट होइन, त्यसको पछाडि छुपेको उद्देश्यबाट हुन्छ । कार्यको महत्ता वा उपादेयताको निर्धारण हात-खुट्टा वा उपकरणले गर्न सक्तैन, अपितु त्यसको निर्माण हाम्रो विचारहरूबाट हुन्छ । विचारहरूको निर्धारण त्यसको पछाडि कार्यरत प्रेरणाद्वारा हुन्छ । प्रेरणास्रोत उनी महापरुषहरू हुन जसले चेतनाको गहिराईमा गएर अन्तिम सत्यसम्म पयाण गर्ने संकल्प लिए ।

 आध्यात्मिक शक्तिले नै भौतिक शक्तिको संचालन गर्छ। अध्यात्म बिना भौतिकताको केहि महत्व छैन। हर मनुष्यले अनुसरण  आध्यात्मिक शक्तिसंग आफै आफलाई जोडेर अध्यात्म-पथको अनुसरण गर्न नितान्त आवश्यक छ किनभने यहि मानव जीवनको परम लक्ष्य हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ