- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जबसम्म कुनै यत्न गरिंदैन, तबसम्म अँध्यारो आफैं दुर हुँदैन । रातको अन्धकारलाई दुर गर्न दियो, बत्ती या बिजुली जलाउनु पर्दछ । तर पनि रातको अन्धकार पूर्ण रूपले सूर्य उदय भएपछि मात्र दूर हुन्छ । बिजुली बन्द भयो भने अँध्यारो कसैलाई राम्रो लाग्ने छैन । मनुष्य त उज्यालोमा नै खशी हुन्छ। लाटकोसेरो आदि चरा छन् जो अँध्यारोमा खुशी रहन्छ अनि घाम झुल्कँदा आँखा बन्द हुन्छ।
शास्त्रहरूमा चार प्रकारको प्रकाश बताएको छ । घामको प्रकाश (Sun light), चन्द्रमाको प्रकाश (Moon light), अग्निको प्रकाश (Fire light) अनि दिव्य प्रकाश (Divine light) जसलाई स्वयं प्रकाश, नूरे इलाही पनि भनेको छ । पहिलो तीन प्रकाशलाई ककर, गधा आदि सबै पशु-पक्षीहरूले देख्छन, तर दिव्य प्रकाशलाई केवल मात्र मनुष्यले देख्न सक्छ। यहि मनुष्य र पशु-पक्षी आदिमा अन्तर छ। जुन मनुष्यले आफूभित्रको प्रकाशलाई देखेको छैन, त्यो मनुष्य र पशुमा कुनै अन्तर छैन। यसकारण मनुष्यले गुरुको शरणमा गएर त्यो दिव्य प्रकाशको समयमा यहिं छोडेर जान पर्दा पछुतो गर्न नपरोस्, ज्ञान प्राप्त गर्नपर्छ । गुरु उही हुन्छ जसले दिव्य नेत्रको ज्ञान गराएर दिव्य प्रकाशलाई देखाउँछ।
बलिहारी गुरु आप की देवाड़ी सतबार।
जिन मानुष से देवता कियो करत न लागि बार।।
हुन त मानिसहरूले तन्त्र-मन्त्र बताउने, कण्ठी-माला लगाईदिनेहरुलाई पनि गुरु नै मान्छन्, तर गुरुको अर्थ हो 'गु' माने अन्धकार, 'रु' माने प्रकाश अर्थात् जसले अज्ञानको अन्धकार हटाएर ज्ञानको प्रकाश गरिदिन्छ । बाहिरको प्रकाशले बाहिरको अन्धकारलाई अनि भित्रको प्रकाशले भित्रको अन्धकारलाई दूर गर्छ।
ज्ञानांजन सदगरु दिया. अज्ञान अंधर विनाश।
हरि कृपा ते संत भेटियां, नानक मन प्रकाश ।।
सदगुरु मिलेपछि मायाको सबै मोह दूर हुन्छ अनि हृदयमा प्रकाश हुन्छ, यहि गुरुको पहिचान हो।
जब तक न देखो अपनी नैनी।
तब तक न मानो गुरु की बैनी।।
जसलाई नरे इलाही, डिवाइन लाईट, दिव्य प्रकाश या भर्गो ज्योति भनिन्छ, जबसम्म त्यो आफ्नो आँखाले देखाउँदैन, तबसम्म उसलाई गुरु मान्नु हुँदैन । जसरी भगवान कृष्णले अर्जुनलाई दिव्य-नेत्रको ज्ञान दिएर विश्व-व्यापक प्रकाश देखाउनु भएको थियो, उस्तै प्रकाश देखाउनेलाई नै गुरु भनेको छ।
कबीरदासजी त्यहि विद्यालाई जान्ने इशारा गरेका छन्। रामायणमा तुलसीदासजीले भनेका छन्-
राम भगति चिंतामणि सुन्दर।
बसइ गुरुड़ जाके उर अंतर।।
परम प्रकास रूप दिन राती।
नहिं कछु चहिअ दिया घृत बाती।।
प्रभु श्रीरामको भक्ति सुन्दर चिन्तामणि हो । यस्तो भक्ति जसको हृदयमा हुन्छ, त्यो परम प्रकाशित रहन्छ, त्यो प्रकाशको लागि दियो, घिउ र सलेदोको जरुरत पर्दैन । तपाईले बौद्धिक मन्त्रको अध्ययन गर्नभयो भने वहाँ उल्लेख आउँदछ 'उ मणि पद्मे हूं।' बाईबलमा पनि डिवाईन लाईटको उल्लेख आउँदछ। त्यहि परम प्रकाशको अनुभव गर्नको निम्ति सबै धर्मले, सबै सन्त-महापुरुषहरूले भनेका छन् । पहिले उनीहरुले त्यसको अनुभव गरे, तब अरुलाई पनि जान्न भनेका छन् ।
कर्मयोग शास्त्र गीतामा भगवान कृष्णले त्यो परम प्रकाशको बारेमा सम्झाउँदै भन्नुभएको छ-
न तद्भासयते सूर्यो न शशांको न पावकः।।
यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम् ।।१५/६ ।।
प्रभु परमात्माको यस्तो अविनाशी धाम छ जहाँ पुगेपछि जीव फेरि जन्म-मरणको चक्रमा फर्केर आउँदैन, फेरि बार- बार जन्म लिएर संसारमा आउँदैन । आज हरेक चीजको पुन प्रयोग गर्न मिल्ने (रिसाइकलिंग) भइरहेको छ । प्लास्टिक, कागत, फलाम, अगेनिक चीजहरूको पुन: उत्पादन भइरहेका छन् ।
भगवान श्रीकृष्णले पनि आफ्नो यहि स्वरूपलाई जान्नु भन्नु भएको छ, जसलाई जानेर जीव पापहरूको सबै बन्धनबाट मक्त हुन्छ।
अपि चेदसि पापेभ्य: सर्वेभ्यः पापकृत्तमः।
सर्व ज्ञानल्पवेनैव बृजिनं संतरिष्यसि ।।।
यथैधांसि समिद्धोऽग्नर्भस्मसात्कुरुतेऽर्जुन ।
ज्ञानाग्निः सर्वकर्माणि भस्मसात्कुरुते तथा।।
न हि ज्ञानेन सदृश पवित्रमिह विद्यते ।
तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ।।
हे अर्जुन! यदि तिमी पापीभन्दा महापापी हौ भने पनि यो ज्ञान रूपी नौका द्वारा निःसन्देह सबै पापहरूबाट तरेर जानेछौ। यो परम ज्ञानद्वारा पाप यस्तरी दूर हुन्छ, जसरी घाम झुल्कन साथै अन्धकार स्वयं नष्ट हुन्छ। यो उत्तम ज्ञान पाएर साधन गर्नाले मनुष्यको हृदयको सबै विकारहरू स्वयं दूर हुन्छन्। जसरी प्रज्ज्वलित अग्निले काठहरूको ढेरलाई भस्म पार्छ, उस्तै ज्ञान रूपी अग्निमा कर्महरूका सबै पाप रूपी बीजहरू जलेर भस्म हुन्छ । जसरी बीजलाई भूट्यो भने त्यसमा उम्रने शक्ति रहँदैन, उस्तै ज्ञानाग्निमा कर्मरूपी बीज जलेपछि त्यसमा फल दिने सामर्थ्य रहँदैन । वास्तवमा हृदयलाई पवित्र पार्ने ज्ञान समान जप, तप, तीर्थ, व्रत आदि कुनै पनि अर्को साधन छैन।
भगवान कृष्ण भन्नुहुन्छ, 'यो ज्ञानलाई शुद्ध अन्त:करण भएको मनुष्यले मात्र आफ्नो हृदयमा अनुभव गर्दछ, यो ज्ञान इन्द्रियहरूको विषय होइन । इन्द्रियहरूद्वारा जानिने कुरालाई ज्ञान भन्नु ठूलो भूल हो। जुन मनुष्य परमात्माको ज्ञान प्राप्त गरेर भजन-साधनमा लाग्छ, उसले इन्द्रिय र मनलाई वशमा गरेर परमशान्ति प्राप्त गर्दछ। तर जसको ज्ञानमा श्रद्धा हुँदैन या जसको मनमा संशय हुन्छ, त्यस्ता संयशयुक्त अज्ञानी मनुष्य जन्म-मरणको चक्रमा घुमिरहन्छ, उसलाई न यो लोकमा सुख मिल्छ न त परलोकमा सुख मिल्छ । उसको लोक-परलोक दुवै भ्रष्ट हुन्छ।'