arrow

कोईला बनाएर बेच्ने दाउरेले थाहा पाए चन्दनको मोल

दाउरेले पाएको चन्दनको जंगल र मानिसको स्वास

logo
ज्ञान,
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
Chandan_Ka_Koyla.jpg

एउटा गाउँमा एकदमै गरीब दाउरे बस्थे। एक दिन राजा शिकार खेल्न जादा जंगलमा बाटो बिर्सीए अनि राति ती दाउरेको झुपडीमा पुगे। दाउरेले आफ्नो झुपडीमा राजालाई आश्रय दिए, खाना-पानी पनि दिए।

राजाले भने, 'आजदेखि तिमी मेरो मित्र भयौ, तिमीले संकटको बेलामा मेरो धेरै मद्दत गर्‍यौ। यदि कुनै चीज जरुरत पर्‍यो भने तिमी नि:संकोच मेरोमा आउनु।'

केहि दिनपछि दाउरे राजाको दरबारमा गए अनि प्रार्थना गरे, 'महाराज! म एकदमै गरीब छु तब राजाले मन्त्रीलाई भने, यिनी मेरा मित्र हुन्, मेरो मित्रलाई एउटा सवैभन्दा राम्रो जंगल भेटमा देऊ।'

मन्त्रीले दाउरेलाई एउटा एकदमै बहुमूल्य चन्दनको जंगल दिए। अब दाउरेले चन्दनको रूखहरू काटेर कोइला बनाउँदै बेच्न थाले अनि त्यसबाट आफ्नो जीवन गुजार्न थाले । एक दिन राजाले सोचे, 'अब त मेरो मित्र दाउरे ठूलो धनी भए होला, उनलाई भेटन्न जानुपर्यो ।'

राजा जब वहाँ पुगे, तब उनको मित्र गरीबको गरीबै देखेछन्। राजाले सोधे, 'मित्र तिमीले चन्दनको रुखको के गर्छौ?'

दाउरेले भन्छन्, 'म चन्दनको रुखहरु काटेर कोइला बनाउँदै बेच्ने गर्छू, यसरी नै मेरो गुजारा चलिरहेको छ।'

तब राजाले सोच्छन्, ' मित्र दाउरेले चन्दनको जंगलको महत्व जान्दैन रहेछ, यसकारण उनले साधारण दाउरा ठानेका छन्, चन्दन के हो उनलाई ज्ञान छैन ।' तब राजाले उसलाई चन्दनको एउटा सानो टुक्रा दिएर भन्छन्, 'यसलाइ बजारमा लगेर बेचेर आऊ।'

दाउरेले भन्छन्, ' महाराज! कोइला त बजारमा बिक्दैन, यो साना काठका टुक्रा के बिक्ला ?' राजाले भन्छन् ,'तिमी मेरो मित्र हौ, म जे भन्छु उसै गर, तब तिमीलाई यो काठको मोल थाहा लाग्नेछ ।'

दाउरे त्यो चन्दनको टुक्रा लगेर बजारमा गए, त्यसबाट चन्दनको सुगन्ध आइरहको थियो। बजारमा सबैले उनकोमा चन्दनको काठ छ भनेर थाहा पाए। जब उनले थैलीबाट चन्दन निकालेर देखाए, तब पसलेहरूले त्यसको म यति दिन्छु, म उति दिन्छु भनेर दाम लगाउन थाले । तब दाउरेको बुझे चन्दन कुनै साधारण काठ होईन रहेछ, नजान्नुको कारण मैले चन्दनको मूल्य बुझेको थिइन् ।'  

आज हाम्रो पनि उस्तै स्थिति छ हामीले आफ्नो अनमोल स्वासलाई कोइला बनाइरहेका छौ, यो स्वासहरुको महत्वलाई हामीले जानेका छैनौ।  पुष्कर, राजस्थानका एक सन्त ब्रह्मानन्दले आफ्नो मार्मिक भजनमा भनेका छन् ।

 निरन्जन माला घट में फिरे दिन रात ।।
 ऊपर आये नीचे जाये श्वास-श्वास चल जात।

यो स्वासको माला सबैभित्र दिन-रात निरन्तर चलिरहेको छ। खाना पाइएन भने पनि हामी जीवित रहने छौं, पानी मिलेन भने पनि जीवित रहने छौं, तर स्वास मिलेन भने हामी एकछिन पनि जीवित रहन सक्तैनौं । हाम्रो अस्तित्व समाप्त हुन्छ, तर निकै दुःखको कुरा हामी यो स्वासको मूल्यलाई सम्झदैनौ।

हिन्दू, मुसलमान, सिख, इसाई चाहे कोहि पनि होस । आस्तिक होस् या नास्तिक, हर व्यक्तिले स्वास लिन्छ । विना स्वास कोहि पनि जीवित रहन सक्तैन । मानवले यो स्वासको मूल्यलाई चिन्नुपर्छ । यो प्राण र अपानको क्रिया निरन्तर हामीभित्र चहिलरहेको छ, यहि प्राणलाई सम्झिन, जान्न भनेर हाम्रा महापुरुषहरुले भनेका छन् । बाईबलमा लेखेको छ- And the Lord God made man from the dust of the ground and he breathed into his nostrils the treath of life and the man became a living being (Genesis 2:7)

अर्थात भगवानले माटोको एउटा पुतला बनाउनुभयो सो अनि त्यसको नाकमा प्राणको एक फूक मार्नुभयो, तब यो पुतला एउटा जीउँदो-जाग्दो मनुष्य बन्यो । यो प्राणको जुन शक्ति छ, यसलाई हामीले जान्नु छ अनि यसको क्रियात्मक ज्ञान एक जिज्ञासु व्यक्तिलाई सद्गुरु महाराजले कृपा गरेर दिनुहुन्छ।

गुरु नानकदेवले भनेका छन्-
श्वास श्वास सुमरो गोबिंद, मन अंदर की उत्तरे चिंद ।

हामीभित्र स्वासको जुन माला छ, हाम्रो धर्मशास्त्रमा प्रत्येक व्यक्तिले चौबीस घण्टामा एक्काइस हजार छ सय (२१६००) पटक स्वास लिन्छौं भनेको छ। त्यसको आधा गर्दा दश हजार आठ सय  (१०८००) शेष रहन्छ, त्यसबाट पछाडिको दुईवटा शुन्य निकालिदियो भने केवल १०८ शेष रहन्छ; बाहिरको मालामा पनि १०८ दाना हुन्छन् । त्यो पनि भित्रको प्राणको मालाको प्रतीक हो। यो प्राण माला हामीलाई सौभाग्यले मिलेको छ, यसकारण यसको मूल्य हामीले बुझ्नुपर्छ। यो एकदमै सुनौला मौका हामीलाई मिलेको छ ।

 यहि कारण कबीरदासजीले भनेका छन्-

माला मुझसे लड़ पड़ी तु क्यों फेरे मोय।
 मन की माला फेरते घट उजियारा होय ।।

हे मानव! तिमीले मनको माला जप। पञ्च-पल्लव वृक्षको उल्लेख रामचरितमानसमा आउँछ। आश्रममा एक सेवकले आश्रमको खेतमा रुखहरू रोपिरहन्थे। आश्रममा एक विद्वान व्यक्ति आए, उनले भने, भाइ! तिमी त यहाँ आश्रममा मालीको काम गरिरहेका छौ, तिम्रो गुरु महाराजले के दिन्छन्? त्यो  सेवकले एउटै कुरा सोधे, कबीरदासजीले भनेका छन-

माला फेरत युग गया, गया न मन का फेर।
कर का मनका डार दे, मन का मनका फेर।।

यो दोहाको अर्थ एकदमै सरल छ कि हातको माला जप्दा-जप्दा धेरै समय बितेर गयो, तर मनको चञ्चलता दूर भएन, यसर्थ अब हातको माला छोडेर मनको माला जप । ती मानिसले भने, भाइ! तिमीले यो त एकदमै राम्रो कुरा बतायौ, तर यो बताऊ कि त्यो मनको माला के हो? के कुनै शब्दकोषमा मनको माला के हो लेखेको छ? तब सेवकले बताए, यसको रहस्य त कृपा गरेर सद्गुरु महाराजले मात्र बताउनु हुन्छ कि मनको माला के हो ।

यसैले भनेको छ- 'मन की माला फेरत। तुरत मिला दूं तोय।' जब तत्त्वज्ञानी गुरुबाट मनको मालालाई जानेर जप्नेछौ, तब प्रभुको दर्शन तत्काल हुनेछ। यो त्यो दरबार हो जहाँ एक जिज्ञासु व्यक्तिलाई उसैको हृदयभित्र प्रभुको रहस्यलाई सम्झाइन्छ अनि उसलाई काक वृत्तिबाट कोईली वृत्तिको बनाइन्छ ।

यहि कारण भनिएको छ सरस्वती ज्ञानको धारा हो। प्रयागराजमा तीन धाराको उल्लेख आउँछ-गंगा, यमुना र सरस्वती, या त्रिवणी प्रयागराजमा छ। यसको मतलब यो हो कि गंगा, यमुनाको किनारमा बसेर आत्मज्ञानी सन्तहरुले ज्ञानको चर्चा गरेका थिए । त्यो ज्ञान नै वास्तवमा सरस्वती हो। यसकारण रामचरितमानसमा  तुलसीदासले उल्लेख गरेका छन्-

मुद मंगलमय संत समाजू। जो जग जंगम तीरथराज।।
राम भक्ति जहँ सुरसरि धारा । सरसई ब्रह्म बिचार प्रचारा।।

रामको जुन भक्ति छ त्यहि सरस्वती हो, त्यसैलाई हाम्रा योगीहरूले इंगला, पिंगला र सुषुम्ना भने । त्यो ज्ञानको त्रिवेणी हामीभित्र छ, यसकारण जुन बाहिर छ, त्यो भित्र पनि छ। आत्मज्ञानी साधु-सन्तले त्यसको क्रियात्मक ज्ञान जिज्ञासु  भक्तहरूलाई गराउँदछन् । ज्ञानी सधै आत्मज्ञान जान्ने कुरा गर्दछन्। हामीलाई यो सुनौलो मौका मिलेको छ, हाम्रा महापुरुषहरुले समय-समयमा आएर जनमानसलाई ज्ञान दिए।

कबीरले आफ्नो गुरुले बताएको ज्ञानलाई आफ्नो जीवनमा पूर्ण रूपले उतारे, एक-एक स्वास प्रभुको सुमिरणमा लगाए । कबीरदासले जुन ज्ञानको कुराहरू भनेका छन्, त्यो आध्यात्मिक रहस्यहरूको अनुभव गरेर त्यसलाई आफ्नो  सीधा-सादा सरल भाषामा जनमानसको कल्याणको निम्ति बताए।

महात्मा कबीरदासले भनेका छन्, ' भगवानको भक्ति गर, भगवानको नाम जप ।'  प्रभुको त्यो आदि नाम सर्व-व्यापक छ, त्यसबाट शिव- शक्तिको ज्ञान हुन्छ, त्यो तत्त्वको ज्ञान हुन्छ जुन हाम्रो स्वासमा रमिरहेको छ । कबीरदासजीले पनि यहि सम्झाउने प्रयास गरे कि त्यो ज्ञानलाई जान। त्यो ज्ञानलाई, प्रभुको त्यो नामलाई खोज। कहिं मिलेन भने मेरोमा आऊ, म त्यसको क्रियात्मक ज्ञान गराउने छु।

हम वासी वा देश के जहाँ आदि अन्त का खेल।
दीपक देखा गैब का बिन बाती बिन तेल ।।

कबीरदासजीको जुन वाणी छ, ठूलाठूला विद्वानहरू जसले शास्त्रहरुको विश्लेषण गर्दछन्, उनीहरू पनि कबीरदासजीको वाणीमा अलमल्ल पर्दछन्, सही अर्थ लगाउन अलमलिन्छन्। कबीरदासजीले अध्यात्मको क्षेत्रमा एकदमै मर्मको कुरा भनेका छन् 'अढाई अक्षर प्रेमका पढे सो पण्डित होय।' प्रेमको त्यो ढाइ अक्षर के हो जसलाई पढनाले मानिस विद्वान् अर्थात् ज्ञानी बन्छ। उसले यस्तो अविनाशी विद्या प्राप्त गर्दछ जुन विद‍्या सबै विद्याहरुको राजा हो अनि त्यो प्राणको विद्या हामी भित्र छ । हामी स्वाध्याय गरिरहेका छौं, हामीभित्र प्राण छ, यसैकारण हामी पढिरहेका छौं, हाम्रो परिवार, सम्बन्धिहरू बनेका छन् यदि यो प्राण रहेन भने हामी मूर्दा कहलाईनेछौं अनि हामी कुनै काम गर्न सक्ने छैनौं। यसकारण त्या ढाई अक्षर प्रणव शक्ति प्राणसंग जोडिएको छ, जसलाई पढनाले (जान्नाले) मानिस परम विद्वान बन्छ।

यद्यपि कबीरदासले मानिसहरुको भलाईको लागि भन्थे अनि साँचो भक्तिको प्रचार गर्थे, तर मानिसहरुले उनको विरोध गर्थे । हिन्दू र मुसलमान दुवै उनको विरोधी थिए । तर उनको मनमा हिन्दू र मुसलमानको भेद-भाव थिएन । जो पनि उनकोमा आउँथे, उनले भगवानको साँचो नामको ज्ञान गराउँथे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ