arrow

निजी विद्यालयको ब्रह्मलूट रोक्न औचित्यहीन अनुगमन !

कितावको सिफरिस अभिभावकको चाहानामाः प्याव्सन

logo
प्रकाशित २०७२ चैत २९ सोमबार
Ministry-Education-hamrakura.jpg.jpeg
काठमाडौ। नयाँ शैक्षिकशत्रको सुरूवात भएसँगै निजी तथा आवाशीय विद्यालयहरूले विभिन्न शीर्षकमा आफूहरूमाथि बढी शुल्क लिने काम गर्न थालेको गुनासो अभिभावकहरूले गर्न थालेका छन्। काठमाडौंमा रहेका व्याव्सन एन व्याव्सन लगायतसँग आवद्ध रहेका र आवद्ध नरहेकोसमेत गरेर काठमाडौमा खुलेका विभिन्न विद्यालयहरू अनुगमनको दायरामा आउन सकिरहेका छैनन्।
 
निजी तथा आवाशीय विद्यालयहरूले आफ्रनै विद्यालयहाता भित्र पाठ्यपुस्तक विक्री गर्न नपाउने, अनिवार्य रूपमा पाठ्यपुस्तकको नामावली विद्यालयलाई दिनुपर्ने लगायतका निर्देशन पाएका निजी विद्यालयहरू उचित अनुगमनको अभावमा मनपरी गर्दै हिँडेका छन्। यसरी विद्यदालयबाट अभिभावक नठगिउन् भन्नको लागि शिक्ष्ष विभागले अनुगमनमा कर्मचारी नपठाउने गरेको पनि होईन। तर, यो अनुगमनटोलीले कुनै दूरगामी महत्वराख्ने गरी न त अहिलेसम्म कुनै विद्यालयलाई कारबाही गर्न सकेको छ। न त कुनै त्यस्ता विद्यालय पहिचान गरेर सार्वजनिक मात्रै गरेको छ।
 
विद्यालयले तोकिएको भन्दा बढी शुल्क लिने गरेको भन्दै शिक्षा विभागले विभिन्न मापदण्डहरू तोकेर मापदण्ड अनुसार मात्रै शहुल्क लिनको लागि तथा पाठ्य पुस्तक तथा अन्य विषयमा नियन्त्रण गर्नको लागि भन्दै संस्थागत विद्यालय शुल्क मापदण्ड २०७२ जारी पनि गरिसकेको छ। तर, विद्यालयले यसलाई पालना नगरेको गुनासो अभिभावकहरू गर्दछन्। 
 
आईतबार शिक्षा विभागमा बसेको विद्यालय अनुगमन समितिको बैठकले निजी तथा आवाशीय विद्यालयले अभिभावक माथि गर्नसक्ने सम्भावित ठगिको विषयमा अनुगमन गर्नको लागि जिल्ला स्थित शिक्षा कार्यालयका अधिकारीहरूलाई निर्देशन दिने निर्णय गरेको विभागका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिए। उनले अनुगमन यो भन्दा पहिलेका वर्षमा पनि हुने गरेको भएपनि अहिलेसम्म स्पष्टिकरण सोध्नेबाहेकका कुनै पनि कारबाही नगरेको प्रवक्ता अर्यालले जानकारी दिए। उनले त्यस्ता विललयको हाता भित्र पाठ्यपुस्तक राखिएको र कसैलाई सिफरिस गरिएको भेटिए पुस्तक पसल खारेजी गर्ने तथा विद्यालयलाई पनि कारबाही गर्नसक्ने व्यावस्था रहेको भएपनि अधिकांश विद्यालयहरूलाई स्पष्टिकरण मात्रै सोध्ने गरेको स्वीकार गरे।
 
उता, निजी तथा आबाशीय विद्याल महासंघ व्याव्सनले भने निजी विद्यालयले पछिल्लो समय त्यस्तो ठगी नगरेको दाबी गरेको छ। उसले विद्यालयले अभिभावकको सुविधाको लागि एउटै पुस्तक पसलमा पुस्तक बेच्ने गरेको स्वीकार गर्दै यो विद्यालयको नभई अभिभावकको चाहाना भएको बताएका छन्।
 
‘यो अभिभावकको पनि चाहाना हो’ उनले भने ‘तर जवर्जस्ती कसैले गर्छ भने हामी उसलार्ई कारबाही गर्दछौं।’ आफूले सदस्यता खारेजी बाहेक अरू केही कारबाही गर्न नसक्ने भन्दै उनले सखस्यता खारेजी गरेका धेरै उदाहरणहरू रहेको पनि बताए। प्याव्सनमा काठमाडौंका पाँच सय ६२ वटा भक्तपुरका दुई सय ५० र ललितपुरका तीन सय १७ गरी  कूल ६ हजार पाँच सय वटा विद्यालयले सदस्यता लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ