arrow

दाउरा बेचेर पेट पाल्ने बालक यसरी बने महान् दार्शनिक

logo
जीवन दर्शन,
प्रकाशित २०७६ मंसिर २४ मंगलबार
Pythagoras1.jpg

काठमाडौं ।  यूनान देशको थ्रेस प्रान्तको अब्डेरा नगरमा एक अनाथ बालकले दाउरा काटेर बजारमा लैजान्थे । अनि बेचेर आफ्नो पेट पाल्ने गर्थे । उनको सम्पुर्ण दिन त्यहि काममा बत्थ्यो । एक दिन एक सज्जन व्यक्तिले देखे, एक सानो बालकले आफ्नो अगाडि दाउराको सानो भारी राखेर बेच्ने प्रयास गरिरहेको । एउटा कुराले ती व्यक्तिलाई छक्क पार्‍यो । दाउराको भारी अरुको भन्दा एकदमै राम्रो मिलाएर कलापूर्ण दंगले बाँधिएको थियो ।
 
उनले बालकको बुद्धि परिक्षा लिने मनसायले सोधे, 'के यो भारी तिमी आफैले बाधेको हो?'
बालकले भने, 'हजुर ! मैलै नै दाउरा काट्छु, भारी बान्छु र प्रतिदिन बजारमा बेचेर जीविकोपार्जन गर्छु।'
व्यक्तिले भने, 'के तिमी यसलाई खोलेर फेरी यसरी नै कलापुर्वक दंगले बँध्न सक्छौ ?'
बालकले भने, 'हेर्नुहोस म अहलिले भारी फुकालेर बाँधिदिनेछु ।'

यति भनेर उनले दाउराको भारी खोले, दाउरा यता-उता छरीदिए। त्यसपछि फेरी सावधानीले एउटा दाउरालाई आधार बनाएर त्यसको चौतर्फि सानो दाउराहरु सजाए अन्त्यमा त्यस्तै कलापुर्वक ढंगले दाउराको भारी बाँधिदिए। त्यो काम उनले यति लगन र फुर्तिका साथ गरे कि उसलाई कसैले मेरो अगाडि बसेर मेरो क्रियाकलापलाई राम्ररी हेरिरहेको छ भनेर केही याद रहेन ।

 सज्जन व्यक्तिमा बालकको कलापूर्ण ढंगले धेरै प्रभाव पार्‍यो । 'यो बालक सानो काम पनि पूरा मन लगाएर कलापूर्ण ढंगले पूरा गर्ने दुर्लभ संस्कार छ । यस्तो संस्कार भएको मानिस नै ठूलो भएर संसारमा महान् बन्दछ ।' उनले सोचे, 'यो बालकको चरित्रमा जुन महान्ताको बीज छ त्यसलाई बिकसित हुने अवसर दिनु पर्छ । हुन सक्छ यो बालक पछि गएर संसारको केहि भलाई गर्न सक्ने छ ।'

उनले भने, 'हेर बाबु ! तिमी मसंग जान चाहान्छौ ? म तिमीलाई पढाउन चाहन्‍छु । तिम्रो पढाई, खानपिन, कपडा, बसाइ आदि सबैको जिम्मेवारी म उठाउने छू  ।' बालक केहिबेर सोचिरहे । उनि पढ्न लेख्न चाहन्थ्यो । उनले केहि पढेका पनि थिए । दाउरा काटेर आफ्नो जीविकोपार्जनपछि बचेको समय उनको पढाइमै बित्थ्यो । उनले सो कुरालाई स्विकार दिए ।

सज्जन व्यक्तिले बालकलाई आफ्नो साथमा लगेर गए अनि उनको सबै शिक्षा-दीक्षाकको प्रवन्ध स्वंय गरे । एक दिन ती बालक ठुलो विद्वान भए । ठुलोभएपछि ती बालक यूनानको महान् दार्शनिक पाईथागोरस कहलिए ।  अनि ती सज्जन व्यक्ति जसले एक दृष्टिमा बालकमा छुपेको महान्तालाई पहिचान गरेका थिए उनी थिए यूनानका विश्व विख्यात तत्वज्ञानी डेमोकीट्स ।

तपाई आफ्नो कार्यहरुलाई हेर्नुहोस विहानदेखि बेलुकासम्म गरेको कामहरुको जाच गर्नुहोस । अनि फेरि स्वंय निर्णय गर्नुहोस कि के त्यसमा तपाईले आफ्नो छुपेको महानताको परिचय दिनुभयो ? के त्यसबाट तपाईको चरित्रको कलात्मक, सुरुचि, सुव्यवस्था र सन्तुलन प्रकट हुन्छ ? के तपाईको कार्य तपाईको चरित्रको गौरवको अनुकुल छ ? के त्यसबाट तपाईको असाधारण योग्यता बुद्धि र सुझबुझ प्रकट हुन्छ ? के त्यसमा तपाईको व्यक्तित्वको बिशेषताहरु भरिएका छन् ?

महान्ता हाम्रो चरित्र र स्वभावमा प्रचुरताले भरिएको छ । हामीले यहि पक्षमा मनन चिन्तन गरेर यसलाई विकसित गर्नुपर्छ । तमोगुणले हाम्रो अन्त-करणमा मलीनता उत्पन्न गर्दछ जसबाट अशुभ विचारहरु आउदछन् । चित्तमा शान्त, पवित्र र उच्च विचारहरुलाई दृढपूर्वक स्थान दिनुपर्छ । आफ्नो सार्थकता, आफ्नो शक्ति, आफ्नो दैवी गुणहरुको चिन्तन गर्नाले मस्तिष्क बलवान बन्छ, अनि हृद्यबाट प्रफुल्लताको झर्ना प्रवाहित हुन थाल्छ । आफ्नो सतगुणमाथि ध्यान दिनाले आत्मबल बढ्छ ।

तपाईको सफलता यहि कुरामा निर्भर गर्दछ कि तपाईले कति अंश आफ्नो महत्वको अनुभव गर्नुहुन्छ । आफूप्रति तपाईको कति विश्वास छ तपाईले त्यसलाई कति प्रतक्ष्य व्यवहारमा ल्याउनुहुन्छ त्यसले तपाईको जीवनको दिशानिर्देश गर्नेछ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ