- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक रानी आफ्ना साथी संगिनीलाई लिएर एक सरोवरमा स्नान गर्न जान्छिन् । उनले आफ्नो गलाको मोतीको माला फुकालेर सरोवरमा स्नान गरिन् । जब सहेलीहरुसँग उनी राजमहल फर्किइन् तब उनलाई गलामा लगाएको मालाको याद आयो जुन उनले सरोवरको किनारामा भूलेर आएकी थिइन् ।
त्यो माला रानीलाई निकै प्रिय थियो । आफ्नो मोतीको माला गुमाएपछि उनी निकै चिन्तित भइन् । तब रानीले दास-दासिहरुलाई बोलाएर त्यो माला नपाए आफ्नो प्राण त्याग गर्ने घोषणा गरिन् । अतः सबै दास-दासी त्यस माला खोज्न निस्किए । रानीको पीर हटाउन रानीसँग उनका दास-दासी त्यस मालाको खोजीको लागि त्यहि सरोवरको किनारा पुगे। मोतीको मालालाई कुनै पंक्षीले देखेर आफ्नो चुच्चोले उठाएर त्यसै सरोवरको किनारामा एक रुखको हाँगामा छोड्दिएको थियो ।
त्यसपछि पक्षी उड्यो, तर माला हाँगामा नै अड्किरह्यो । धेरै समय खोजी गरेपछि कुनै सेवकले त्यस मालाको छाया सरोवरको पानीमा देखे । उनले त्यहि छायालाई नै माला सम्झिएर ती विवेकहीन सेवक सरोवरको जलमा छलाँग मार्ने थाले । तर छलाँग मार्नाले जल हल्लियो तथा मालाको छाया पनि देखिएन । सबैले सोचे शायद कुनै भूत-प्रेत यस मालालाई पानीमा डुबाउदैछ। सबै थाकेर उदास हुदै सोच्न थाले यो मालालाई कसरी प्राप्त गर्ने ?
त्यसै समय महात्मा कबीर सरोवरको बाटो हुदै जादै थिए । दास-दासीहरु सहित रानीलाई उदास र चिन्तित देखेर कबीरले उनीहरुबाट वस्तुस्थितिको जानकारी लिए । सबैले कबीरलाई भने -'महाराज। त्यहाँ हेर्नुहोस माला त पानीमा देखिन्छ, तर हातले समात्न सकिदैन ।' उनीहरुको मूर्खतामाथि महात्मा कबीरलाई हासो लाग्यो र सबैलाई सम्झाए हेर ! माथि रुखको हाँगामा त्यो माला झुन्डिरहेको छ, माथि चढेर त्यसलाई लिएर आउ। जसलाई तिमिहरु सबै माला सम्झिरहेका छौ त्यो माला होइन, मालाको छाया हो । कबीरको इशाराले सो माला उतारियो । मालालाई पाएर रानी धेरै खुशी भइन् तथा उनको अशान्ति हट्यो ।
दृष्टान्तको भाव यो हो कि यो जीव नै रानी हो, यो संसार नै सरोवर हो। जीवात्मा रूपी रानी भगवानको नाम रूपी मालालाई फुकालेर संसार रूपी सरोवरको विषय रूपी जलमा स्नान गर्न थालेकी छ । तर उ नाम रूपी मालालाई भुलेर चिन्तित र अशान्त भएकी छ । जीव रूपी रानीका दास-दासी इन्द्रियहरु र मन हुन् ।
जुन संसार रूपी सरोवरको विषय रूपी जलमा नामको मालालाई खोजिरहेको छ । जसलाई नपाएर उ थाकेर शिथिल हुन्छ । जब जीवले सद्गुरु महाराज भेटाउछ तब भगवानको नाम रूपी मालालाई बोध गराउछन् । जसलाई प्राप्त गरेर जीवात्मा रूपी रानी कृतार्थ हुन्छिन् । नाम रूपी मालालाई पाएर जीवात्मा रूपी रानीको सम्पूर्ण चिन्ता हट्छ र उ परम शान्तिलाई प्राप्त गर्छिन् ।
बिना भेदी सद्गुरुको कृपाले कसैले त्यो नामलाई प्राप्ति गर्न सक्दैन । कुनै बाह्य साधनहरुबाट पनि त्यो ज्ञान मिल्न सक्दैन । मात्र सद्गुरु नै त्यो बिर्सिएको नामलाई बोध गराएर जीवात्माको चिन्ता, दुख हटाउछन् । यसकारण भनिएको छ -
"वस्तु कही ढूँढे कही, केहि विधि आवे हाथ ।
कबीर वस्तु तब पाइये, जब भेदी लीन्हा साथ ।।
भेदी लीन्हा साथ में, दीन्हीं वस्तु लखाय ।
कोटि जन्म का पथ था, पल में पहुँचा जाए।"